सरकारी जग्गामा बस्ती बसेको ६८ वर्षपछि सुनसरी दुहवी बजार क्षेत्रका २१२ घर नगरपालिकाले भत्काएर आफ्नो जग्गा ‘क्लियर’ गरेको छ।
नगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि स्थानीयले अटेर गरेपछि श्रृखलाबद्ध रुपमा घर भत्काएर आफ्नो जग्गा ‘क्लियर’ गरेको हो। आइतबार नगरपालिकाले तेस्रो पटक ५० वटा घर भत्काएको नगरप्रमुख वेदनारायण गच्छदारले बताए। कोशी राजमार्ग अन्तर्गत दुहवीको बजार क्षेत्रको सडकसँग जोडिएका पूर्वतर्फका घर भत्काएको हो।
दुहवी नगरपालिकाले बजारभन्दा पूर्वतर्फका घर भत्काएर आफ्नो स्वामीत्वको जग्गा क्लियर गर्दै।अहिलेको दुहवी वडा नं. ६ (साविक दुहवी गाउँ विकास समिति हुँदा वडा नं. ९, कालिथान) मा ६८ वर्ष अघिसम्म बजार थियो। यो बजार त्यो बेला पूर्वकै अन्न खरिद विक्री गर्ने नामूद बजार थियो। जब २०११ सालमा भीषण आगलागी भयो, २०१२ सालमा गाउँ विकास समितिकै जग्गामा (पहिलेको बजारभन्दा पश्चिमतर्फ) तत्कालीन समयमा बस्ती बसाइएको थियो। त्यो बस्ती भूपालमान सिंह कार्कीले बसाएका थिए।
गाउँ विकास समिति हुँदादेखि नै आफ्नो स्वामीत्वको जग्गा फिर्ता लिन पटक–पटक पहल गर्दा पनि सम्भव भएको थिएन। बरु ठूल्ठूला भवन र घर बनेका थिए। दुहवीले नौं महिनाअघि पहिलो पटक घर खाली गर्न सूचना जारी गर्यो। पहिलोपल्ट कसैले पनि घर खाली गरेनन्। फेरि नगरपालिकाले सूचना दोहोर्याएर श्रृखलाबद्द रुपमा घर भत्काउन थालेको हो।
दुहवी नगरपालिकाले आफ्नो स्वामीत्वको जग्गा क्लियर गर्न पहिलोपल्ट घर भत्काएर खाली गराएको क्षेत्र।दुहवी नगरपालिकाले आफ्नो स्वामीत्वको जग्गा क्लियर गर्न दोस्रो चरणमा घर भत्काएर खाली गराएको क्षेत्र। पछिल्लो समय नगरपालिकाको स्वामीत्वको जग्गामा बनेका पञ्चायत आधारभूत विद्यालयबाहेक अरू सबै घर भत्काएको नगरप्रमुख गच्छदारले बताए। विद्यालयले भने आठ कट्ठा १५ धुर जग्गा ओगटेको छ।
नगरपालिकाले पहिलो चरणमा राजमार्गदेखि पश्चिमतर्फको १० कट्ठा ४ धुरमा निर्माण भएका ३५ वटा घर र अर्को प्लट नौ कट्ठा १९ धुरमा निर्माण भएका १२७ वटा घर दोस्रो चरणमा भत्काएको थियो। दुहवी बजार क्षेत्रमा निर्माण गरिएका सबै २१२ वटा घर तेस्रो चरणमा भत्काइ सकेको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख गच्छदारका अनुसार घर भत्काएर खाली भएका जग्गामा अब सपिङ् सेन्टर र वडा नं. ५ को वडा कार्यालयसँगै पार्किङ स्थल बनाइनेछ। सडक पश्चिमतर्फको दुई वटा प्लटमा भव्य सपिङ् सेन्टर पूर्वतर्फको प्लटमा वडा कार्यालय तथा पार्किङ स्थल निर्माण गरिने योजना रहेको जानकारी दिइयो।
त्यसो त व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको छ लेन सडक अन्तर्गत दुहवी बजार क्षेत्रमा सडक विस्तार हुन नसकेको अवस्थामा अब सहज हुने भएको छ। दुहवी बजार क्षेत्रको ४२७ मिटर क्षेत्रमा सडक विस्तार हुन सकेको छैन।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई ‘बिल्टअप’ क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यति बेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अनुसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायावाया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो।
पछिल्लो समय दुहवी बजार क्षेत्रको इनरुवा रोडभन्दा माथि र एभरेष्ट बैंकदेखि दक्षिणतर्फ सरदर दुई सय मिटर हाराहारी सडक ठेक्का लागेको छ। ठेक्का लाग्न बाँकी रहेको सडकमध्ये २०० मिटर क्षेत्र नगरपालिकाले घर भत्काएसँगै क्लियर हुन पुगेको छ। अब छ लेन सडक विस्तार गर्न सडकका लागि चाहिने २२७ मिटर मात्र क्लियर हुन बाँकी रहेकाले त्यसलाई सहज ढंगले समाधान गर्न सकिने नगरप्रमुख गच्छदारले बताए।
सडक विस्तार गर्ने योजनाविरुद्ध स्थानीयको एक समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले पनि त्यसलाई समझदारीमा टुग्याउने गरी काम भइरहेको जानकारी दिइयो।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...