शुक्रबार दिउँसो साढे १ बजे सायल गाउँपालिकाबाट सदरमुकाम सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन।गम्भीर घाइते एक जनालाई थप उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंह बताए।
०००
दसैं आयो, नुन आएन
देशभर दसैंको उल्लास छाइरहँदा डोल्पाका नागरिक भने नुन अभावको समस्या भोग्दछ । गत आर्थिक वर्षको संचिति नुन सकिएको र चालू आर्थिक वर्षको नुन जिल्लामा ढिलो पुगेकाले अभाव भएको प्रदेश साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख प्रकाश धामीले जानकारी दिए ।
०००
राजधानीका नाममा तीन वर्षदेखी रोक्का जग्गा फुकुवा
स्थायी राजधानी घोषणासँगै तीन वर्षदेखी रोक्का प्रदेश सरकारले राजधानी तोकिएको क्षेत्र दाङको राप्ती गाउँपालिकाका नौ वटै वडा, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडाको जग्गा रोक्का फिता गरेको छ । प्रदेश मन्त्रीपरिषदको बैठक फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
०००
गण्डकीमा ४ लाख १२ हजार कृषक
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार १ लाख ७३ हजार हेक्टर जमिनमा प्रदेशभर चारलाख बाह्र हजार कृषक परिवार रहेका छ । प्रदेशमा ६५.९ प्रतिशत जनसंख्याको आम्दानीको मूल श्रोत कृषि रहदाँ कृषिबाटै वर्षभरी खान पुग्ने कृषक परिवारको संख्या जम्मा ३५ प्रतिशत रहेको प्रदेश तथ्याङ्क कार्यालय संयोजक बद्री काकीले बताए ।
०००
सवारीमा टाइमकार्ड प्रणाली लागु
चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि हेटौंडा भरतपुर सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरद्वारा टाइमकार्ड प्रणाली लागु गरिएको छ । चुरियामाई–हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक सवारीमा अनिवार्य टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वसन्त आचार्यले बताए ।
कार्यालय नै स्थापना गरी बैंकका खाता ह्याक गर्ने गिरोहका ९ जना धनगढी प्रहरी नियन्त्रणमा, गिरोहका मुख्य नाइके विशाल सुनारको घरबाट झण्डै ४७ लाख नगद सहित १० ल्यापटप बरामद।
०००
कांग्रेस र एमालेले बनाए दुई सय ५० टहरा
नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताद्वारा भूकम्प प्रभावित जिल्ला जाजरकोटमा झण्डै तीन सय टहरा निर्माण, एमालेले डेढ सय अस्थायी टहरा निर्माण गर्दा कांग्रेसले गर्यो एक हजार घर निर्माणको घोषणा।
०००
हत्या आरोपमा आठ जना पक्राउ
गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयद्वारा आठ जना प्रहरी नियन्त्रणमा, पक्राउ गरिएकाहरूको नाम गोप्य, उक्त घटनामा संलग्न थप तीनजना अझै फरार।
०००
केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा क्रिकेट मैदानमा केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, १२ टिमबीच हुने प्रतिस्पर्धामा विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने।
०००
वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनभित्र होटल निर्माण गर्न दिएको आरोपमा १२ जना विरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर, निकुञ्जका संरक्षण अधिकृत, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध मुद्दा दायर गरेको अख्तियारको भनाइ।
०००
मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते
सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु एक गम्भीर घाइते, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको निधन हुँदा घाइते १५ वर्षीय युवराजकुमार यादवको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार हुँदै।
०००
आगलागीमा परी मृत्यु हुने संख्या तीन पुग्यो
उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये मृत्यु हुनेको संख्या ३ पुगो, ४ जना प्रहरीसहित २८ जना घाइतेको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...