चार लाखको डेन्टल चियर प्रयोग विहीन
गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा चार लाख रुपैयाँमा खरिद गरिएको डेन्टल चियर दन्त चिकित्सक नहुँदा प्रयोग विहीन भएको छ। बिरामी महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य छन्।
प्रहरीद्वारा ‘क्यूआर कोड’बाट सेवा सुरू
सेवासम्बन्धी गुनासो र सुझाव संकलनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘क्यूआर कोड’बाट सेवा सुरू गरेको छ। सार्वजनिक स्थल सँगै भिडभाड हुने ठाउँमा राखिने क्यूआर कोड बाट गुनासो व्यवस्थापनलाई छिटो छरितो र व्यवस्थित बनाइने छ। नागरिकका गुनासोहरूको अभिलेख व्यवस्थापनको कार्यमा सहज हुने विश्वास छ।
मन्दिरको भेटी भूकम्प पीडितलाई
अर्घाखाँचीको प्रसिद्ध ‘सुपा देउराली’ मन्दिरमा संकलन भएको भेटीबाट १ लाख ५१ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने मन्दिर संरक्षण समितिले निर्णय गरेको छ। २०७२ सालको भूकम्पमा पनि १ लाख रुपैयाँ सहयोग गरेको मन्दिरबाट जिल्लाका चार विद्यालयका निजी शिक्षकको व्यवस्था गरिँदै छ।
मध्यरातमा जुवाखालमा प्रहरीको छापा, १६ जना पक्राउ
मध्यरातमा पोखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा प्रहरीले छापा हान्दा १६ थान कौडा सहित १६ जना पक्राउ परेका छन्। ५ लाख ५ हजार रुपैयाँसहित पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धि मुद्धामा अनुसन्धान हुँदै छ।
यसै वर्ष राक्सिराङको सबै वडामा विद्युत पु¥याइने
चालु आर्थिक वर्षको बैशाखसम्म मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युत सेवा पु¥याउने गरी काम हुँदै छ। ‘चेपाङलाई बिजुली कार्यक्रम’ अन्तर्गत सबै वडामा विद्युत विस्तार गर्ने क्रममा वडा नम्बर ९ को खैराङ र ७ को धिराङ, दाम्राङका क्षेत्रमा यसै वर्षभित्र बत्ति बाल्ने गरी धमाधम काम भैरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ छ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरी जारी
सोमबारबाट सुरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी छ। बैठकमा सभापति रबि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिसम्बन्धी प्रतिवेदन पेस गरेका छन्।
खबरदारी बढाउँदै ताप्लेजुङका जनप्रतिनिधि
काम जिम्मा लिने र समयमा निर्माण पूरा नगर्ने प्रवृत्तिविरुद्ध ताप्लेजुङका जनप्रतिनिधिले खबरदारी बढाउँदै छन्। सुकेटार–काफ्लेपाटी सडक, तमोर करिडोरअन्तर्गत लिम्बुनी पुलदेखि दगुर्नेसम्मको सडक, सुकेपोखरी हुँदै ताप्लेजुङको हाङपाङसम्म आउने सडकसहितका योजनामा जनप्रतिनिधिले दबाब बढाएका छन्।