जुम्लामा चर्चित छन् ‘तरकारी भाइ’
२५ असोज २०८०
•
४ मिनेट पाठ
जुम्लामा चर्चित छन् ‘तरकारी भाइ’
जुम्लाको तातोपानी गाउँपालिका-१ का ३२ वर्षीय परान बहादुर धरालाको दैनिकी उनको तरकारी फर्मबाट सुरु हुन्छ। उनी बिहान सबेरै उठेर तरकारी फर्ममा पुग्छन्। र तरकारी टिपेर बिक्री वितरणमा लागि व्यापारीहरू फर्म अथवा खलंगा बजारसम्म पुग्छन्।




उनले आफ्नो फर्ममा टमाटर, तिते करेला, अकबरे खुर्सानी, भ्यान्टा लगायतका तरकारीहरू फलाएका छन्। उनी जुम्लामा ‘तरकारी भाइ’ को नामले परिचित छन्।

उनको तरकारी खेती जुम्लामा निकै चर्चित छ। उनले उत्पादन गरेका तरकारी जुम्लामा मात्रै नभई कालिकोटमा सम्म खपत हुने गरेको छ। कालिकोटको नाग्म बजार देखि जुम्ला सदरमुकाम खलंगा सम्मको बजार उनैले धानेका छन्।

उनको तरकारी उत्पादनले नै खलंगाका तरकारी मण्डीहरु नै धानेको छ भन्दा फरक पर्दैन। उनको तरकारी खेतीको चर्चा यती खेर जिल्लैभर चुलिएको छ।

उनको खेतीको यात्रा २०६९ सालदेखि सुरु भएता पनि व्यावसायिक तरकारी खेतीको यात्रा भने आज भन्दा करिब तीन वर्ष अघि सुरु हुन्छ।

एक दिन सदरमुकाम खलंगामा पुगेका उनलाई त्यहाँको तरकारी बजार देखेर व्यावसायिक खेती प्रारम्भ गर्ने सोच आउँछन्। तर व्यावसायिक खेतीबारे उनीसँग त्यति ज्ञान हुँदैन। तत्कालीन समयमा उनले तिते करेला उत्पादन हुन्छ की हुँदैन भनेर परीक्षण गर्ने सोच गर्छन्।

तिते करेला तराइमा मात्र उत्पादन हुन्छ भनेर सुनेका उनलाई जुम्लामा हुन्छ कि हुँदैन भन्ने अन्योल थियो। अन्योलका बाबजुद उनले बिउ छरेर हेरे। केही समयमै उनको अन्योलले सार्थकता पायो। उत्पादन मैलाउन थाल्यो र पहिलो वर्षमै तीस हजार बराबरको आमदानी गरे।

बिस्तारै उनको परीक्षणको खेती व्यावसायिक खेतीमा परिनत भयो। यो वर्ष मात्र उनले एक लाख बरबरको आम्दानी गर्न लक्ष राखेको छन्।

उनले तिला गाउँपालिका-३ पाडालुम्सेरा गाउँ नजिकै कर्णाली राजमार्गको छेउमै ८ वटा प्लास्टिकका टनेल बनाएर व्यावसायिक खेती सुरु गरेका छन्।

उनी तातोपानीका बासिन्दा भएपनि तिलाको पन्ध्र रोपनी जग्गा लिजमा लिएर व्यावसायिक खेती सुरु गरेका हुन्। जसको वार्षिक भाडा मात्र ९५ हजार हुन आउँछ।

‘तिला नदी नजिकै भएको र खेती गर्न पनि यो जमिन उपयुक्त हुने भएकाले यही जमिन छानेको हुँ। नदी साथैमा हुँदा सिचाइ गर्न सहज भएको छ।’ उनी भन्छन्।  
उनले तरकारी खेतीबाटै महिनाको ४० हजार र वार्षिक पाँच लाख बढी आमदानी हुने सुनाए। आम्दानी मात्र पाँच लाख हाराहारीमा हुने बताएका उनले वार्षिक कारोबार भने २० लाख भन्दा बढीको हुने गरेको सुनाए।

परानले तरकारी खेतीको यात्रा सुरु गर्नु अघि भेडाहरूसँगै पाटनमा रमाउँथे। भेडा पालनमा दु:ख गरे जति कमाइ नहुने भएपछि उनी तरकारी खेतीमा होमिएका हुन्।

तरकारी उत्पादन फर्म नै खोलेर तरकारी खेती सुरु गरेका उनले समय समयमा नयाँ प्रजातिका तरकारीका बिउ ल्याएर परीक्षण समेत गरिरहेका छन्। यो वर्ष उनले अकबरे खुर्सानीको परीक्षण सुरु गरेका छन्। उनको टनेलमा डल्ले खुर्सानी, भ्यान्टा लगायतका तरकारी टन्न फलेका छन्।

उनी तिते करेला र अकबरे खुर्सानीको परीक्षण गरेर बजारसम्म लैजाने पहिलो जुम्ली किसान हुन।

उनले आफ्नो तरकारी खेतीमा दुई जना कामदार समेत राखेका छन्।  उनीहरुलाई मासिक ११ हजार रुपैयाँ तलब दिने गरेका उनले सुनाए।

‘पढ्दै नपढेको मान्छेले दुई जनालाई जागिर दिएको छु। छोराहरू बोर्डिङ पढाएको छु। परिवार सुखसँग पालेको छु। यो सबै तरकारी खेतीबाट मात्र सम्भव भएको हो।’ उनी भन्छन्।
तरकारी बेचेरै उनले गाउँमा नौ कोठे घर समेत बनाएका छन्। ‘विपन्नताले धेरै मान्छेहरु खाडी मुलुकमा चर्को घाम खेपिरहेका छन्। कतिपय कालापहाडका गल्लीहरुमा कुल्ली र भरियाको काम गर्छन्। मैलै तरकारी खेतीमै दस नङ्ग्रा खियाएर परिवार पाल्न सकेको छु। यसैमा गर्व गर्छु।’ उनले भने।

‘व्यावसायिक रुपमा तरकारी खेती गर्न सके काला पहाड जानुपर्दैन। ठुलो देशको तुलना त गर्न सकिन्न। यति दु:ख गर्ने हो भने कमसेकम खाडीमा पसिना बगाउनु पर्दैन।’  उनले थपे।

परानले सुरुवाती समयमा खेतीका लागि सरकारी अनुदान समेत नपाएको सुनाए। ‘अनुदानका लागि भनसुन गर्नुपर्छ, आफ्नो पहुँचमा कोही छैनन्।  सरकारी अनुदान हामी जस्ताका लागि आएको होइन रहेछ। पहुँचवाला र नेता मन्त्रीका आसेपासेकोहरुका लागि मात्र रहेछ। ’उनले गुनासो गरे।

परानबहादुर सबैका लागि पेरणाको स्रोत बेनका छन्। उनको बाटोमा यहाँका युवाहरु हिँड्न सके जुम्लालाई आर्थिक रुपमा अघि बढाउन टाढा जानु नपर्ने तातोपानी-३ का रामकृष्ण चौलागाइ बताउँछन्।

आर्थिक अभावका कारण आफ्नो पाढाईलाइ निरन्तरता दिन नसेकेका उनले भेडिगुवालो हुँदै व्यावसायिक तरकारी खेतीसम्म आइपुग्दा पढाइको महत्वबारे राम्ररी बुझेको बताए। आफूले पुरा गर्न नसकेको पढाई दुई छोरा मार्फत पुरा गर्न उनको सपना छ। जसमा तरकारी खेतीले नै साथ दिने उनको अपेक्षा छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस