मुलुकमा विभिन्न प्रकारमा आन्दोलन चलिरहेका बेला तीन वटा सुरक्षा अंगमा प्रमुखहरुसहित उच्च सुरक्षा अधिकारीहरु विदेश भ्रमणमा छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित उच्च अधिकारीहरु बेलायत अमेरिका पुगेका हुन्।
नेपाली सेनाका प्रधानसेनापति प्रभूराम शर्मा आइतबार बेलायत गएका छन्। बेलायतमा रहँदा प्रधानसेनापति शर्माले बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग र बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
साथै उनले त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।
वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्ने उनी २७ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेको पनि निर्देशनालय जनाएको छ। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथि सरोज प्रताप राणाले कार्यभार सम्हालिरहेका छन्। रथि राणा पनि १ वर्षे म्याद थप्नै नपाई अर्को हप्तादेखि बिदामा बस्दै छन्। उनी विदामा बस्ने बेला प्रधानसेनापति स्वदेश आइपुग्नेछन्।
प्रधानसेनापति बेलायत जानु एक दिन अघि नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर पनि बेलायत गएका छन्। शनिबार आइजिपी कुँवर बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको केन्द्रीय प्रहरी समाचार कक्षले पठाएको समाचारमा उल्लेख छ।
नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतिहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिका विरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ।
साथै सो अवधिमा बेलायत प्रहरी, प्रहरी ईकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको पनि समाचार कक्षले पठाएको समाचारमा उल्लेख गरिएको छ।
यतिबेला आइजिपी कुँवरसँगै डिआइजी विष्णुकुमार केसी र दुई एसएसपी पनि बेलायतमा रहेका छन्। यसैगरी यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि मंगलबार साँझ अमेरिका गएका छन्।
अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन गएका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी पनि छन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन्।
सशस्त्रका आइजिपी अर्यालसँग नेपाल प्रहरीका एआइजी टेकप्रसाद राई र डिआइजी केदार ढकाल र दुर्गा सिंह पनि अमेरिका गएका छन्।
दुई साता अघि संसदीय समितिमा सुरक्षा अंगका प्रमुखले मुलुकमा धार्मिक अतिवाद फैलिएको विश्लेषण गर्दे त्यसबाट सचेत हुनुपर्ने बताएका थिए। साथै मुलुकमा विभिन्न प्रकारका आन्दोलनहरु च्लिहरेको र चाडपर्व आएको चाडपर्वको सुरक्षालाई समेत ध्यान दिनुपर्ने अवस्थामा सुरक्षा अंगका प्रमुख र उच्च अधिकारीहरु विदेश पुगेका हुन्।