सहर र गाउँमा खानेपानी हाहाकार भएपछि साना–ठूला लगानीका आयोजनालाई बजेट विनियोजन गरेको त हामीले देखे–सुनेका छौं। इलाममा पन्छी बचाएर प्रकृति संरक्षण गर्न सरकारले चरालाई पानी खुवाउने कार्यक्रम ल्याएको छ।
कोसी प्रदेश सरकारको लगानीमा डिभिजन वन कार्यालय मार्फत् सञ्चालन हुने गरी चराका लागि छतमा पानी व्यवस्थापन कार्यक्रम ल्याइएको हो। यो कार्यक्रम सहरी क्षेत्रलाई लक्षित गरी ल्याइएको डिभिजनले जनाएको छ।
पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गर्न चालु वर्ष यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजित रहेको डिभिजनका सूचना अधिकारी गजेन्द्रकुमार श्रेष्ठले बताए।
त्यसबाहेक डिभिजनले बर्ड कन्जर्भेसन नेपाल (बिसिएन) सँगको समन्वयमा चरा संरक्षणमा अध्ययनरत इलामे विद्यार्थीमा समेत यो कार्यक्रम विस्तार गर्नेछ। विद्यार्थी र अन्य सरोकारवालासँग चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि उनले जनाए।
बिसिएनका आजीवन सदस्य तथा चरा संरक्षणकर्मी देवेन खरेलले कुनै पनि हिसाबले चरा संरक्षणमा लाग्नु नै महत्त्वपूर्ण प्रयास भएको बताए।
खरेलले डिभिजनले ल्याएको चरा संरक्षणको अवधारणामा आफू पनि व्यक्तिगत र संस्थागत हिसाबले सहभागी भई आवश्यक सहकार्य, सहयोग गर्न इच्छुक रहेको सुनाए।

‘सहरी क्षेत्रमा प्रतिकूल (गर्मी) मौसममा चराचुरुङ्गी पिउने पानी अभावमा लोप भएको देखिन्छ,’ उनले भने, ‘चरालाई स्वच्छ पिउने पानी व्यवस्था गर्न यो कार्यक्रम डिभिजनकै अवधारणा र प्रस्तावमा ल्याइएको हो।’जिल्ला सदरमुकाम रहेको इलाम बजार, फिक्कलगायत मुख्य सहरी क्षेत्रका सरकारी कार्यालयबाट यो कार्यक्रम सुरुआत गरिँदैछ। बजेटले पुगे अनुसार धेरैजसो सरकारी कार्यालय भवनको छतमा चराका लागि पानी पिउने विशेष खालको भाँडो राखिने छ। भाँडामा प्रत्येक दिन कर्मचारीले चराका लागि स्वच्छ पानी व्यवस्था गर्नुपर्नेछ। डिभिजनले चराका लागि भाँडो खरिदमा करिब साढे तीन लाख रुपैयाँ खर्चिने छ।
त्यसबाहेक डिभिजनले बर्ड कन्जर्भेसन नेपाल (बिसिएन) सँगको समन्वयमा चरा संरक्षणमा अध्ययनरत इलामे विद्यार्थीमा समेत यो कार्यक्रम विस्तार गर्नेछ। विद्यार्थी र अन्य सरोकारवालासँग चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि उनले जनाए।
‘इलाम बजारलगायत सहरी क्षेत्रमा चराका लागि स्वच्छ पानी पिउने ठाउँ हुँदैन,’ उनले भने, ‘कम्तीमा एउटा घरमा दिनमा एउटा मात्रै चराले पानी पियो भने पनि बिस्तारै यो संख्या बढ्छ, चरालाई पनि स्वच्छ पानीको पहुँच पुग्छ।’उनले चरा संरक्षणबारेको चेतना सर्वसाधारणसम्म पुर्याउन पनि यो कार्यक्रमले सघाउने बताए।
बिसिएनका आजीवन सदस्य तथा चरा संरक्षणकर्मी देवेन खरेलले कुनै पनि हिसाबले चरा संरक्षणमा लाग्नु नै महत्त्वपूर्ण प्रयास भएको बताए।
‘इलाम जिल्ला नै चराका लागि अत्यन्त सम्भावनायुक्त छ, यसलाई पर्यटनसँग जोड्न सके अझ ठूलो उपलब्धि हासिल गर्न सकिन्छ,’ उनले भने, ‘चरालाई पानी खुवाउने कार्यक्रम ल्याउँदा मात्रै पनि नयाँ पुस्तामा कम्तीमा चरा संरक्षणको चेतना अभिवृद्धि हुन्छ।’गर्मी मौसममा सहरी क्षेत्रमा चरालाई पिउने पानी अभाव हुने गरेको र चराले स्वच्छ पानी पिउन नपाएको बताए।
खरेलले डिभिजनले ल्याएको चरा संरक्षणको अवधारणामा आफू पनि व्यक्तिगत र संस्थागत हिसाबले सहभागी भई आवश्यक सहकार्य, सहयोग गर्न इच्छुक रहेको सुनाए।
‘चरा संरक्षणको महत्त्व बुझ्न सामान्यतया मानिसलाई समय लाग्छ,’ उनले भने, ‘तर, जसले महत्त्व बुझेर संरक्षणको प्रयास गरेको छ, त्यसको उपलब्धि दीर्घकालीन हुन्छ।’