सेवा छाडेर जताततै आन्दोलन
२१ असोज २०८०
•
२ मिनेट पाठ
सेवा छाडेर जताततै आन्दोलन
सरकारले जनहितमा काम गर्न नसकेको भन्दै आम जनतामा आक्रोश र निराशा बढ्दै गएका बेला जनसेवामा समर्पित हुनुपर्ने कर्मचारीहरू भने एकपछि अर्को गर्दै आन्दोलनमा उत्रिएका छन्।




राज्यका विभिन्न निकायका कर्मचारीहरू पछिल्लो समय पेसागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका हुन्। जनतामा बढ्दो निराशाले मुलुक नै अराजकतातिर जाने त होइन भन्ने आशंका उब्जिएका बेला सरकारका विभिन्न तह/निकायमा कार्यरत शिक्षक तथा कर्मचारीले यसैलाई नै आफ्नो माग पूरा गराउने अवसरका रूपमा उपयोग गर्न थालेका छन्।

संवैधानिक व्यवस्थाविपरीत शिक्षकहरूले स्थानीय तहको मातहतमा बस्न अस्वीकार गर्दै असोज पहिलो साता काठमाडौंमा आन्दोलन गरे।
विद्यालय शिक्षा विधेयकमा उल्लेख भएका व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई आन्दोलनबाट फिर्ता गराउन सरकारले ६ बुँदे सहमति गरेको छ।

शिक्षक महासंघसँग सात बुँदे सहमति भए पनि राहत शिक्षकको आन्दोलन रोकिएन। उनीहरूसँग पनि सरकारले पाँच बुँदे लिखित सम्झौता गर्‍यो। राहत शिक्षकहरूको सडक आन्दोलनमा रहेकै बेला मणिपाल अस्पतालमा चिकित्सक कुटिए। त्यसपछि देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिए। उनीहरूलाई पनि सरकार र चिकित्सकहरूबीच सहमति गरेर काममा फर्के। अहिले फेरि स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, ऐनमा संघ, प्रदेश र स्थानीय सेवाका पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहनुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागु गर्नुपर्ने लगायत माग उनीहरूले राखेका छन्।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भई पछि प्रदेश ऐन र स्थानीय सेवा सञ्चालन ऐन जारी हुँदा तह वृद्धि भएका कर्मचारीहरू संघमा फिर्ता हुँदा तह वृद्धि भएको पद नै कायम गर्नुपर्ने, समायोजन हुँदा थप भएको दुई ग्रेड समेत सेवा अवधिमा जोड्नुपर्ने पनि छन्।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति अध्यक्ष दीपक गौतमले आफ्ना मागहरू पूरा नभएको जनाउँदै शुक्रबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन्। ‘सरकारले हाम्रो आवाज सुनेन। हामीले देशभरि पेनडाउनसम्म सुरु गरेका छौं,’ उनले भने।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जायज माग पूरा गर्न सकारात्मक रहेको बताइन्। अहिले देशमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मात्र होइन, विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित विभिन्न माग अघि सारेर काठमाडाैंको माइतीघर मण्डलमा अहिले दिनहुँजसो आन्दोलन भइरहेको हुन्छ।
अर्को समाचार
वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द
१० असोज २०८०
•
१ मिनेट पाठ
वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द
वीपी प्रतिष्ठानका आन्दोलनरत आवासिय चिकित्सकहरु। तस्बिर रोहित राई
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्। चिकित्सहरुले आन्दोलन गरेपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ।




आवासिय चिकित्सकहरुले आकस्मिक सेवासमेत छोडेर आन्दोलनमा उत्रिएपछि विरामीहरुले उपचार सेवा नपाएर विचल्ली बनेका छन्। आवासिय चिकित्सकहरु विना ओपिडी सेवा पनि सञ्चालन नहुने भएपछि आज प्रतिष्ठानले ओपिडी विल काउन्टरसमेत बन्द गरेको छ।

उपचार गराउन टाढा टाढाका जिल्लाहरुबाट आएका विरामीहरु अलपत्र परेका छन्। चिकित्सकहरु आन्दोलित भएपछि गाइनो, बच्चाको इर्मजेन्सी,आइसियुमा प्रभाव परेको छ।  

त्यस्तै मंगलबार दिउँसोदेखि नै पुर्वनिर्धारित अप्रेशनहरु पनि रोकिएको अस्पताल प्रशासनले जनाएको छ। कन्सल्टेन्टहरुले मात्र धान्न सक्ने अवस्था नभएपछि ओपिडी सेवा पनि रोकिएको प्रशासनको भनाई छ।

पोखरास्थित मणिपाल अस्पताललगायत विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएर असुरक्षित बनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका सचिव डा.चन्दन चौधरीले जानकारी दिए। उपचार गर्ने डाक्टरहरु नै असुरक्षित भएपछि आफूहरु बाध्य भएर आकस्मिक सेवाको काम पनि छोड्नुपरेको उनले बताए।  

दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस