नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको हो।
आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले बताएका छन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको उनले बताए।
बुधवारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो।
कर्फ्यूका कारण सास्ती
जिल्ला प्रशासन कार्यालय बाँकेले तीन दिनदेखि कर्फ्यू लगाउँदा बाँकेको जनजीवन भने प्रभावित बनेको थियो।
दैलेखका महेन्द्र खत्री भारतको सिमलाबाट दसैं मनाउन घर फर्कंदै थिए। भारतको रूपैडिहा आइपुगेपछि उनले नेपालगन्जमा कफ्र्यु लागेको थाहा पाए। बसबाट ओर्लिए पनि उनी अगाडि बढ्नै सकेनन्, रूपैडिहामै बसे। ‘दिनभरि रातभरि रूपैडिहामै बसेर बितायौं । नेपालतिर प्रवेश गर्न खोज्दा नेपालगन्जतिर खतरा रहेको भन्दै पुलिसले रोक्यो,’ महेन्द्रले नागरिकसँग भने। करिब पाँच महिनाअघि स्याउ टिप्ने कामका लागि उनी भारत, हिमाञ्चल प्रदेशको सिमला भन्ने ठाउँमा पुगेका हुन्। दसैं मनाउन अहिले घर फर्किंदा बाटोमा धेरै दुःख पाएको उनले दुखेसो पोखे ।
उनको जस्तै पीडा छ, हिमाञ्चलबाट फर्केका जाजरकोट जुनीचाँदीका गोरख नेपालीको पनि। दसैं मनाउन घर फर्किंदै गर्दा उनले नेपालगन्जमा कफ्र्यु लागेको कुरा बीच बाटामा मात्र थाहा पाए। बसले रूपैडिहा पु¥याएपछि उनी अलमलमा परे। ‘नेपालगन्जतिर जाऊँ त कफ्र्यु लागेको छ, नजाऊँ त बीच बाटामा कहाँ बस्ने ?’ उनको मनमा यस्तै कुरा खेल्न थाले। आफूसँगै फर्केका अन्य नेपाली दाजुभाइसहित गोरख नेपाल–भारत सीमा नाकामा पुगे। उनीहरू घन्टौंसम्म नाकामै रोकिए। ‘नाकामा घन्टौंसम्म बसेर रोयौं, करायौं, त्यसपछि मात्र नेपाल प्रहरीले सीमा खोल्यो,’ उनले भने ।
भारतको हिमाञ्चलबाट फर्किंदा बीच बाटामा पाएको सास्ती दाङका हेमराजका लागि अविस्मरणीय क्षण बनेको छ। ठाउँ–ठाउँमा भारतीय प्रहरीबाट सास्ती पाएका उनले आफ्नै देशमा पनि सहज रूपमा प्रवेश हुन पाएनन्। नेपालगन्जमा लागेको कफ्र्युका कारण घन्टौंसम्म उनी सीमा क्षेत्रमा रोकिन बाध्य भए। ‘यसपटक घर फर्किंदा बाटामा धेरै सास्ती पाइयो,’ उनले भने, ‘यस्तो दुःख अब कहिल्यै पनि भोग्नुनपरोस्।’ उनीहरूजस्ता थुप्रै नेपालीले सास्ती पाए।
नेपालगन्जमा तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि अनिश्चितकालीन कफ्र्यु लगाएको थियो।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...