सरकारले सुन तस्करीमा संलग्न देखिएका तर अनुसन्धानको दायरामा नल्याइएका नेकपा माओवादी केन्द्रका नेताहरूमाथि अनुसन्धान गर्ने बाटो खुलाएको छ। मन्त्रिपरिषद्ले आइतबार बनाएको उच्चस्तरीय छानबिन आयोगमार्फत सुन तस्करीमा नाम जोडिएका माओवादी नेताहरूमाथि अनुसन्धान गर्न बाटो खुलेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तोलासहित आइतबार बिहान भएको छलफलमा विद्युतीय सिगरेटमा राखेर ल्याइएको तस्करीको सुनसहित अन्य छुटेका विषयमा पनि आयोगले अनुसन्धान गर्न पाउने सहमति भएको थियो। सोही सहमतिअनुसार माओवादीका नेताहरू जोडिएको विषयमा पनि अनुसन्धान हुने छ।
छलफलमा ‘गत पुसमा विदेशबाट विद्युतीय सिगरेट (भेप) मा राखी ल्याइएको सुन, साउन २ गते ब्रेक–सुमा राखेर ल्याइएको सुनलगायत पटकपटक भएका तस्करीका विषयमा सरकारका विभिन्न निकायबाट भएका छानबिनसमेतको अध्ययन, तस्करीका प्रकृति, सुनको परिमाण, अपराधको दायरा र त्यस कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा आयोगले छानबिन गरी कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ भन्ने सहमति भएपछि मन्त्रिपरिषद्ले आयोग गठन गरेको हो। सुन तस्करीमा जोडिएका तर पक्राउ गरी अनुसन्धानको दायरामा न्ल्याइएका व्यक्तिमाथि पनि आयोगले छानबिन गर्न पाउने सहमति भएको बताइएको छ।
दलहरूबीच भएको सहमतिका आधारमा मन्त्रिपरिषद् बैठकले सुन तस्करी छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेशसहित उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बजार मूल्यअनुसार करिब ९ करोड रूपैयाँ पर्ने सुन तस्करीमा महरा बाबुछोरा संलग्न देखिएको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा बुझाएको छ। सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आफ्नो रायसहितको प्रतिवेदन अदालतमा पेस गरेको थियो।
प्रतिवेदनमा महरा बाबुछोराको नाम किटान गरिए पनि सरकारले उनीहरूलाई अनुसन्धान दायरामा ल्याउन आनाकानी गरेको थियो। चर्को दबाबपछि मात्रै राहुललाई सिआइबीले पक्राउ गरी हिरासतमा लिएको होे। गत पुसमा चिनियाँ नागरिक लीले भेपमा लुकाएर ल्याएको तस्करीको सुन विमानस्थल भन्सारले बरामद गरेपछि छुटाइदिन महरा बाबुछोराले भन्सार प्रशासनलाई दबाब दिएका थिए। लीले सुन छुटाउन दाओजिनलाई लगाएका थिए।
त्यस्तै पछिल्लो पटक साउनमा ब्रेक सुमा राखेर ल्याइएको तस्करीको करिब ६० किलो सुन बरामद भयो। ६० किलो सुन तस्करीमा ली, दाओजिनसहितको समूहको संलग्नता देखिएको छ। उनीहरू दुवै नेपाल छाडेर गइसकेका छन्। उनीहरूले नेपाल–चीन सीमा क्षेत्रमा बसेर सुन तस्करी गरिरहेको प्रहरीको आशंका छ। ६१ किलो सुन तस्करी प्रकरण्मा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग महराबाहेका माओवादीका अन्य नेताहरू पनि सम्पर्कमा रहेको खुलेको छ।
दावाकी पत्नी अमला रोका मगर माओवादी केन्द्रकी क्रियाशील कार्यकर्ता हुन्। उनैमार्फत दावाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा, वर्षमान पुन, उनको परिवारका सदस्यलगायतसँग सम्पर्क बढाएका हुन्। तर सिआइबीले पुन परिवारमाथि अनुसन्धान गरेन। उसले नन्दबहादुरका छोरा दिपेशलाई सामान्य सोधपुछ गरेर छाडिदियोे। दावासँग सम्पर्क देखिएका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव झलकराम अधिकारीलाई पनि मुद्दा नचलाईकन छाडिएको छ।
दावाले नेपालमा सुन प्रशोधन गर्न खोलेको एक कम्पनीमा अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङ जोङ र प्रनिस पुन साझेदार भएको पाइएको छ।

मन्त्रिपरिषद्ले सुन तस्करी छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेशसहित उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन गरेको छ। आयोगमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य छन्।‘मन्त्रिपरिषद्बाट असोज ५ गते नै आयोग गठन गर्ने निर्णय भएको थियो। तर त्यसमा केही समस्या थिए। अहिले ती समस्यामा सहमति भएपछि आयोग गठनलाई पूर्णता दिइएको छ,’ सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्। उनका अनुसार आयोगको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा छन्। संयोजक आचार्य सरकारको नेतृत्व गरेको माओवादी केन्द्र निकट मानिन्छन्। माओवादी केन्द्रका नेताहरूकै सिफारिसमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आचार्यको नाम प्रस्ताव गरेका थिए।
भेपमार्फत सुन तस्करी गर्ने चिनियाँ नागरिक ली हानसोङ र दाओजिन वाङसँग प्रत्यक्ष सम्पर्कमा देखिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।ली र दाओजिनसँग पूर्वसभामुखसमेत रहेका कृष्णबहादुरको पनि सम्पर्क भएको देखिएको छ। उनलाई भने सिआइबीले सामान्य सोधपुछ गरी काठमाडौं बाहिर नजाने सर्तमा छाडेको छ। उनले स्वास्थ्य समस्या देखाएपछि काठमाडौं बाहिर नजाने सर्तमा छाडिएको स्रोतले बतायो।
बजार मूल्यअनुसार करिब ९ करोड रूपैयाँ पर्ने सुन तस्करीमा महरा बाबुछोरा संलग्न देखिएको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा बुझाएको छ। सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आफ्नो रायसहितको प्रतिवेदन अदालतमा पेस गरेको थियो।
प्रतिवेदनमा महरा बाबुछोराको नाम किटान गरिए पनि सरकारले उनीहरूलाई अनुसन्धान दायरामा ल्याउन आनाकानी गरेको थियो। चर्को दबाबपछि मात्रै राहुललाई सिआइबीले पक्राउ गरी हिरासतमा लिएको होे। गत पुसमा चिनियाँ नागरिक लीले भेपमा लुकाएर ल्याएको तस्करीको सुन विमानस्थल भन्सारले बरामद गरेपछि छुटाइदिन महरा बाबुछोराले भन्सार प्रशासनलाई दबाब दिएका थिए। लीले सुन छुटाउन दाओजिनलाई लगाएका थिए।
त्यस्तै पछिल्लो पटक साउनमा ब्रेक सुमा राखेर ल्याइएको तस्करीको करिब ६० किलो सुन बरामद भयो। ६० किलो सुन तस्करीमा ली, दाओजिनसहितको समूहको संलग्नता देखिएको छ। उनीहरू दुवै नेपाल छाडेर गइसकेका छन्। उनीहरूले नेपाल–चीन सीमा क्षेत्रमा बसेर सुन तस्करी गरिरहेको प्रहरीको आशंका छ। ६१ किलो सुन तस्करी प्रकरण्मा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग महराबाहेका माओवादीका अन्य नेताहरू पनि सम्पर्कमा रहेको खुलेको छ।
दावाकी पत्नी अमला रोका मगर माओवादी केन्द्रकी क्रियाशील कार्यकर्ता हुन्। उनैमार्फत दावाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा, वर्षमान पुन, उनको परिवारका सदस्यलगायतसँग सम्पर्क बढाएका हुन्। तर सिआइबीले पुन परिवारमाथि अनुसन्धान गरेन। उसले नन्दबहादुरका छोरा दिपेशलाई सामान्य सोधपुछ गरेर छाडिदियोे। दावासँग सम्पर्क देखिएका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव झलकराम अधिकारीलाई पनि मुद्दा नचलाईकन छाडिएको छ।
सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा दाओजिन र चिनियाँ मूलका बेल्जियन नागरिक दावालाई मुख्य प्रतिवादी बनाए पनि उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूका बारेमा केही उल्लेख गरिएको छैन।भेपभित्र राखेर ल्याइएको करिब ९ किलो सुन र ब्रेक सुमा राखेर तस्करकिो सुन ल्याउने समूह एउटै भएको र दाओजिनले नेपालमा बसेर तस्करीको सुन व्यवस्थापन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा ठमेलमा होटेल भियनासमेत सञ्चालन गर्दै आएका दावालाई मूल बिचौलिया रूपमा प्रतिवादी बनाइएको छ। प्रतिवादी बनाइएको दावाकी पत्नी अमलालाई फरार सूचीमा राखिएको छ।