प्रदूषण पचाउने कीरा
१२ असोज २०८०
•
२ मिनेट पाठ
प्रदूषण पचाउने कीरा
पानीमा बस्ने सानो आकारको एक प्रकारको झिँगाले पानीबाट प्रदूषण छुट्याउन भूमिका खेल्न सक्ने देखिएपछि वैज्ञानिकहरु उत्साहित भएका छन्।




भ्याकुम क्लिनरले जसरी फोहोर सोस्छ, उसैगरी प्रदूषण र विषाक्त चिज पानीबाट सोस्ने विधि पत्ता लगाइएको ब्रिमिङ्घम विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक कार्ल डियर्नले बताएका छन्।

विषाक्त पानीलाई केही उपाय लगाएर सफा गरी पुनः खोलामै फर्काउने विधि नयाँ होइन। तर सफा भनिएको पानी पनि पूर्ण रुपमा सफा हुँदैन। तिनमा अझै पनि रासायनिक प्रदूषण भने कायमै रहन्छ। यस्तो पानी खोलाबाट अघि बढ्दै  जाँदा नहर, कुलो हुँदै खोलासम्म पुग्छन्। तिनै कुलोमार्फत खेतमा सिँचाइ हुन्छ र त्यस्ता पानी पटाएर उत्पादन गरिएका खाद्यवस्तु पनि विषाक्त हुन्छ।

यस्तो विषाक्तता घटाउन अहिले जुन प्रविधि पाइन्छ, त्यो ज्यादै महँगो छ। यति महँगो छ कि सबैतिर यसलाई प्रयोग गर्न सकिएको छैन।

त्यसैले वैज्ञानिकहरुले यसको प्राकृतिक उपचार खोजिरहेका छन्। प्राकृतिक उपचार जहिले पनि निकै सस्तो मात्र नभई यसलाई वृहद्स्तरमा फैलाउन पनि सकिन्छ। र, त्यो प्राकृतिक उपचार हो, वाटर फ्लिज (जल पिस्सु)। यो वाटर फ्लिजको वैज्ञानिक नाउँ डाफ्निया हो। यसका ४५० प्रजाति पाइन्छन्। यिनले आफ्नो वरपरका अल्गाई या सानासाना चिजबिजहरु सोस्ने गर्छन्। यिनले विषाक्त चिज पनि सोस्छन्।

साइन्स अफ टोटल इन्भायरोमेन्ट नामक जर्नलमा लुइसा ओर्सिनी लेख्छिन्, ‘हामीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने केही प्रदूषित चिज पानीमा घोल्यौं र पानीमा पाइने फ्लिजहरुलाई त्यसमा बढाउँदै लग्यौँ। तिनले दूषित चिजहरु पचाउँदै पानीलाई तुलनात्मक रुपमा कम प्रदूषित बनाउन भूमिका खेलेको पायौँ।’

यसका लागि उनीहरुले ल्याबमा १९००, १९६०, १९८० र २०१५ देखिका प्रदूक्षण पानीमा घोलेका थिए। कति वाटर फ्लिज भयो भने प्रदूषित पानीको मात्रा घट्छ भन्ने जाँच्नका लागि वैज्ञानिकहरुले ती कीराहरुको क्लोनिङ गर्दै संख्या बढाउँदै जान थाले।

प्रयोगशालामा एउटा ठूलो ट्याङ्कमा जम्मा भएका प्रदूषित पानीमा ९० प्रतिशत डिक्लोफेनाक, ६० प्रतिशत आर्सेनिक, ५९ प्रतिशत एस्ट्राजाइन र ५० प्रतिशत पिएफओएसको मात्रालाई वाटर फ्लिजले अवशोषित गरेको पाइएको थियो।

‘यदि यो प्रयोग सफल भएको हो भने यसले हाम्रो प्रयासमा निकै ठूलो परिवर्तन ल्याउन सक्छ,’ परीक्षणमा सहभागी नभएका इन्डियाना विश्वविद्यालयमा वातावरणीय विषाक्तताका अध्येता तथा वैज्ञानिक जोसेफ आर. सअको प्रतिक्रिया छ।

प्रस्तुतिः अच्युत कोइराला
अर्को समाचार
विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
२५ मंसिर २०८०
•
२ मिनेट पाठ
विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
सूर्यमुखी फूल त त्यसै पनि सूर्य जताजता जान्छ, उतैउतै आफ्नो अनुहार देखाउँछ भनेर प्रख्यात छ। सूर्यमुखी मात्र नभएर प्रकाश भएतिर आफूलाई लैजाने विरुवाहरूमा प्रायः सबैजसो पर्छन्। विरुवा हुर्कन सूर्यको किरण अति नै आवश्यक मानिन्छ। त्यसैले उनीहरू प्रकाश भएतिर उनीहरू सोझिन्छन्। सूर्यतर्फ तेर्सिने विरुवाहरूको यो प्रक्रियालाई फोटोट्रोपिज्म भनिन्छ।




प्रकाशलाई केन्द्रमा राखेर हुने यस्तो गतिशीलताबारे सबैभन्दा पहिले चार्ल्स डार्बिन र उनका छोराले पत्ता लगाएका थिए। १९ औं शताब्दी सकिनै लाग्दा उनीहरूको संकलनमा रहेको एउटा बिरुवा मैनबत्तीको उज्यालोतिर तेर्सिन खोजेको पत्ता लगाएका थिए। फोटोट्रोपिज्मका लागि बिरुवामा हुने फोटो रिसेप्टरले सहयोग गर्ने गरेको हालै प्रकाशित ’साइन्स म्यागेजिन’ले जनाएको छ।

अध्ययनमा संलग्न क्रिस्टियन फांकहाइजर भन्छन्, ’फोटोरिसेप्टरले प्रायः त्यस्तै काम गर्छ, जुन मानिस वा अन्य जनावरको आँखामा पाइने रिसेप्टरले गर्छन् तर मानिसका रिसेप्टर र बिरुवाका रिसेप्टरमा धेरै फरक हुन्छ।

लुजान विश्वविद्यालयका अनुसन्धाता फांकहाइजर भन्छन्, ’पहिलो अन्तर त मानिस र जनावरको आँखाको रिसेप्टर आँखैमा सीमित हुन्छ तर बिरुवाको रिसेप्टरचाहिँ टाउकोदेखि पुच्छरसम्मै ढाकिएको हुन्छ।

यसको अर्थ, बिरुवाले चारैतिरबाट देख्न सक्छन्। यस अर्थमा बिरुवाको आँखा शरीरभरि नै हुन्छन्। अर्को फरकचाहिं मानिस र अन्य जनावरले केही कुरा देख्दा प्रस्टै देख्छन् तर बिरुवाले भने प्रकाशको अस्तित्वका अतिरिक्त, प्रकाशको मात्रा, रङ, अवधि र दिशा पत्ता लगाउन सक्छन्।

फोटोरिसेप्टरको काम गर्ने तरिकालाई फोटोट्रोपिन्स भनिन्छ। यो सोलर प्यानलजस्तै हुन्छ। यसैमार्फत बिरुवाले देख्छ। अझै वैज्ञानिकहरूले फोटोट्रोपिन्सभित्र के हुन्छ र त्यसले आँखाको काम गरिहेको छ भन्ने पत्ता लगाउन सकेका छैनन्। कतै तपाईंले त्यो काम गर्ने हो कि?

-अच्युत कोइराला
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
बदनाम ‘एग फ्राई राइस’
अच्युत कोइराला अच्युत कोइराला • · १८ मंसिर २०८० · १ मिनेट पाठ
किताबी बढी विश्वासिला!
नागरिक नागरिक • · २६ असोज २०८० · १ मिनेट पाठ
चिलाउनुको कारण र उपचार
अच्युत कोइराला अच्युत कोइराला • · १० मंसिर २०८० · १ मिनेट पाठ
१०४ वर्षमा स्काईडाइभिङ
नागरिक नागरिक • · २४ असोज २०८० · १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस