जुम्लामा मष्टो परम्पराका ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरु सुरु भएसँगै मानिसहरुको चहलपहल बढ्न थालेको छ।
जानकारहरुका अनुसार जनै पूर्णिमा अर्थात् रक्षा बन्धनका दिनबाट औपचारिक रुपमा कर्णालीमा धार्मिक परम्परा अनुसारका मेलाहरु सुरु हुने गर्छ। मेलामा देउडा खेलेर रमाइलो गर्ने गरिन्छ।
धार्मिक अगुवा तथा हिमा गाउँपालिका- १ कालासिल्लाका धामी भक्तबहादुर शाहीले यस समयमा मष्टो सहितका देवताहरुको पूजाआजा हुने गरेकाे बताए।
उनका अनुसार जुम्ला मात्रै नभई कर्णालीका विभिन्न जिल्लामा यी धार्मिक मेला लाग्ने गर्छ। यस क्षेत्रमा बाह्रभाई मष्टो, वाविरा, महादेव, भैरवनाथ, कैलास, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव सहितका दर्जनौ देउताहरुको पूजाआजा हुने गर्दछ। यी मेलाहरुले आन्तरिक पर्यटकहरुको जमघट र आर्थिक चहलपहल बढाउन मद्दत पुर्याउँछ।
शुक्रबार हिमा गाउँपालिकाको बड्की, सिंजाको बिष्टबाडामा बृहत् कालासिल्ला देवताको पैठ (जात्रा) सम्पन्न भएका छन्। हिमा गाउँपालिकाको बड्कीमा-५ हजार बढी धार्मिक अगुवा तथा भक्तजनहरुको उपस्थिति थियो।
जुम्ला, कालिकोट, मुगु लगायतका ठाँउहरुबाट भक्तजन तथा देउडा खेलाडीको उपस्थिति थियो। भक्तजनहरु देवताले दुख सुखमा साथ दिने विश्वासका साथ हरेक गाउँमा कुल पूजा गर्ने गर्छन्। यस अन्तरगत अहिले जिल्लाका धेरै स्थानमा कुल पूजा चलेकाे छ।
वर्षभरि गरिने कामको थकान मेटाउने र रमाइलो गर्ने हिसाबले पूजाआजा गरिने गरिन्छ, यस समयमा हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापतकाले रङ्गाउने कार्य हुन्छ।
पूजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलन पनि रहेको हिमा गाउँपालिका-१ निवासी तथा कालासिल्लाका देवताका पुजारी वीर बहादुर शाहीले बताए। उनका अनुसार कात्तिक पूर्णिमा सम्म विभिन्न पूजाआजाहरु हुने गर्दछन्।
‘धार्मिक पर्यटकीय महत्त्व बढाउन जरुरी’
कर्णालीको मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो। यसको प्रवर्धन गर्न आवश्यक रहेको सरोकारवाला निकायहरु बताउँछन्।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले धार्मिक पर्यटन पनि कर्णालीमा महत्त्वपूर्ण रहेको भन्दै यसको प्रवर्धन गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न अझै सकिएको छैन। अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन्। तर बाह्य पर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिँदैनन्।’
तस्बिरमा हेर्नुहोस् जुम्लाको मेला। सबै तस्बिर: गोल्डन बुढा/नागरिक
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...