पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित सुदर्शन प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीलाई दुर्व्यवहार गर्ने छवि साउँदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र व्यवहारमा मुद्दा चलाएको छ। आफैले पढाएकी शिक्षिकामाथि साउँदले हँसिया हान्न खोजेका थिए।
भदौ ३१ गते शिक्षा दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मदिरा सेवन गरेका साउँदले प्रधानाध्यापकमाथि हँसिया प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ। प्रधानाध्यापकमाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले साउँदलाई बुधबार पक्राउ गरेको थियो।
भिडियोमा साउँदले प्रधानाध्यापक भण्डारीलाई धम्क्याउँदै गरेको देखिन्छ। शिक्षिकाले रुँदै साउँदको हातको हँसिया खोस्ने प्रयास गरिरहेकी छन्। साउँदले प्रधानाध्यापक भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मार्ने भन्दै हँसियासहित कार्यक्रम स्थल प्रवेश गरेका थिए।
प्रधानाध्यापक भण्डारीले शिक्षा दिवसको अवसरमा विद्यालयमा कार्यक्रम भइरहेको बेला पूर्व विद्यार्थी साउँद हतियारसहित कार्यक्रम स्थलमा प्रवेश गरेर आफूमाथि आक्रमण प्रयास गरेको बताइन्। बिहीबार जिल्ला प्रहरी कार्यालयमा उनले दिएको अभद्र व्यवहार सम्बन्धी मुद्दामा आफूमाथि हातपात भएको उल्लेख छ।
‘अफिसभित्र बसिरहेका बेला निज साउँद ढोकामा लात्तिने हानी भित्र पसी साथमा बोकेको हँसियाले हान्न खोजेको बेला मैले उसको साथमा भएको हँसिया समात्न सफल भएँ,’ जाहेरीमा लेखिएको छ, ‘हतियार समातेर बाहिर फिल्डमा आउँदा पनि ममाथि दुर्व्यवहार भयो।’
प्रधानाध्यापक भण्डारीले मदिरा सेवन गरेर यसअघि पनि गालीगलौज गर्ने, दुर्व्यवहार गर्ने लगायतका गतिविधिहरु गर्ने गरेको बताइन्। चौकुने गाउँपालिकाले पनि प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ।
गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) ले विद्यालय सञ्चालन भइरहेको समयमा मदिरा सेवन गरेर विद्यालयको नियमित कामकाजमा रहेका प्रअमाथि कार्यकक्षमै प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै घरेलु हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरेको देखिन्छ,’ अध्यक्ष विकले भने, ‘यस्तालाई कानुन अनुसार कारबाही गर्न गाउँपालिका जोडदार माग गर्दछ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्ने साउँदलाई पक्राउ गरिएको बताए। ‘हामीले बुधबार नै पक्राउ गरेका थियौं, बिहीबार शिक्षिका आफै आएर अभद्र व्यवहारमा जाहेरी दिनु भएको छ,’ उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’