संघिय राजधानी काठमाडौंमै शुक्रबार राती चार जनाको हत्या भयो। तीनकुनेस्थित दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो। यसले देशको सुरक्षा अवस्था कति कमजोर छ भन्ने पुष्टि गर्छ।
झट्ट हेर्दा पछिल्ला महिनामा देशभर व्यक्ति हत्याका घट्ना बढेको देखिएपनि उपत्यकाको सुरक्षा अवस्था निकै कमजोर देखिएको छ। अघिल्लो बर्षको तुलनामा देशभर हत्याका घटना केही कम देखिन्छ। तर हत्याका प्रयासहरु पनि बढिरहेको देखिन्छ।
नेपाल प्रहरीका विभिन्न इकाईबाट प्राप्त तथ्याङ र विवरण अनुसार उपत्यकामा हत्याको घटना र हत्याका प्रयास बढेको देखिन्छ। देशभर हत्याको घटना केही कम भएको देखिन्छ।
देशभरिको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको छ । यसको अघिल्लो वर्ष आव २०७८/७९ मा ५९० वटा व्यक्ति हत्याका घटना भएका थिए।
यस आर्थिक वर्षमा देशभर कुल ९८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएका छन्। त्यसैले ज्यान मार्ने उद्योगको मुद्दा भने १ हजार ६९ बाट घटेर ९८२ मात्र देखिन्छ। हत्या प्रयासमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर पाइएको छ।
यसैगरी काठमाडाैँ उपत्यकामा व्यक्ति हत्याको घटना बढिरहेको छ। माघ १ देखि साउन ३२ सम्मको तथ्यांक हेर्दा १३ जना व्यक्तिको हत्या भएको छ। यस वर्ष मात्रै काठमाडौं उपत्यकामा ३८ वटा व्यक्ति हत्याका प्रयासहरु भएका छन्। यी घटनाका मुद्दा दर्तामा १७ जना पक्राउ परेका छन्। तर काठमाडौंमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ।
गत वैशाख ७ गते काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडापसल चलाउँदै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो । उनको हत्या विनोद विक एक्लैले गरेका थिए । गत पुसमा काठमाडौंको तारकेश्वर नगरपालिकाका ९० वर्षका व्यक्तिको हत्या भएको थियो । त्यस्तै गत मंसिर २० गते सोही नगरपालिका–६ मा ९० वर्षका डिल्ली पुतुवारको हत्या भयो । उनको हत्यामा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न थिए ।