भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा
३१ भदौ २०८०
•
३ मिनेट पाठ
भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा
भेरीगंगा नगरपालिका ८ का करवीर शाहीको भेरी किनारमा २४ रोपनी जमिन छ । वर्षौंदेखि जोतभोग गर्दै आएको उक्त जमिनको स्थायी पुर्जा उनीसँग छैन । भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।




भेरी नदीमा बाँध बाँधेर चिप्लेबाट बाह्र दशमलव दुई किलोमिटर लामो टनेलमार्फत बबईमा खसाल्ने यो योजनाबाट करवीरले खेती गरिरहेको जमिन पानीभित्र डुब्ने अवस्था छ । संघीय मन्त्रिपरिषद्ले तीन वर्षअघि नै प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिने निर्णय गरे पनि आयोजनाले पुर्जा नभएका जमिनको मुआब्जा दिएको छैन । ‘मन्त्रिपरिषद्ले स्थायी पुर्जा भएका, सुकुम्वासी आयोगले तत्कालीन समयमा लगत राखेका र दुवै पुर्जा नभएकालाई पनि मूल्य निर्धारण गरेर मुआब्जा दिन भनेको छ’, उनले भने, ‘अहिलेसम्म आयोजनाले मुआब्जा दिने विषयमा चासो देखाएको छैन ।’

कमला सुनारको घरजग्गा पनि आयोजनाको प्रभावित क्षेत्रभित्र पर्दछ । उनले पनि मुआब्जा पाएकी छैनन् । कमलाको परिवार भेरी किनारको जमिनमा पाँच दशकदेखि बस्दै आएको छ । मुआब्जा पाए अर्को ठाउँमा सर्ने उनको तयारी छ । ‘यसरी तनावमा बस्नुभन्दा मुआब्जा दिएको भए सरिसक्थ्यौं’, उनले भनिन्, ‘जग्गाको मूल्यांकन भएर पनि मुआब्जा पाएका छैनौं ।’

आयोजनाबाट भेरीगंगासहित लेकबेंसी र गुर्भाकोट नगरपालिकाका स्थानीय प्रभावित हुन्छन् । आयोजनाले करवीर कमलाजस्तै एक सय ६१ परिवारलाई मुआब्जा दिन बाँकी रहेको संघर्ष समितिका जयबहादुर सुनारले बताए । सुनारले पनि दुई रोपनी जमिनको मुआब्जा पाएका छैनन् । सुनारका अनुसार भेरीगंगा ८ र ९ का ९९ परिवार गुर्भाकोट नगरपालिका १४ का तेह्र परिवार र लेकबेंसी नगरपालिका १ का ४९ परिवारले मुआब्जा पाएका छैनन् । स्थायी जग्गाधनी पुर्जा नहुँदा आफूहरूलाई मुआब्जा नदिएको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलन सुरू गरेका छन् ।

‘पहिलो चरणमा सरोकारवालासँग भेटेर आफूहरूका समस्याका बारेमा लिखित जानकारी गराएका छौं’, संघर्ष समितिका संयोजक सुनारले भने, ‘असोज दोस्रो सातादेखि आन्दोलनलाई थप तीव्र बनाउँछौं ।’ उनले राष्ट्रिय गौरवको आयोजना भएकाले हालसम्म काम रोक्ने गरेर कुनै आन्दोलन नगरिएको बताउँदै अब आयोजनाका काम रोक्ने गरेर आन्दोलन गरिने बताए ।

उनले मुआब्जा दिनुपर्ने जमिनको स्थायी पुर्जा नदिनका लागि भूमि आयोगलाई आयोजनाले पत्राचार गरेको दाबी गरे । ‘जग्गा दर्ता पनि हुन नदिने अनि मुआब्जा पनि नदिँदा हामी दोहोरो मारमा परेका छौं’, उनले भने, ‘यसविरुद्ध हामी पीडित एक भएका छौं ।’

केही दिनअघि संघर्ष समितिले आयोजना प्रमुख, तीनवटै पालिकाका प्रमुख, प्रभावित क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भनेर चाँडोभन्दा चाँडो मुआब्जा दिने वातावरण बनाइदिन आग्रह गरेको थियो ।

आयोजनाबाट प्रभावित हुने अधिकांश परिवारसँग जग्गाको लालपुर्जा छैन । स्थानीयले नापी भएको तर लालपुर्जा नभएको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् भने आयोजनाले लालपुर्जा नभएका परिवारलाई मुआब्जा दिएको छैन । ‘हामी आयोजनाविरोधी होइनौं तर वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा खोसेर राज्यले हामीलाई उठिबास गर्न मिल्दैन’, सुनारले भने, ‘लालपुर्जा भएका र नभएका सबैलाई मुआब्जा दिइनुपर्छ ।’

आयोजनाका अनुसार प्रभावितमध्ये २२.८१ हेक्टरको लालपुर्जा नहुँदा मुआब्जा दिइएको छैन । आयोजना प्रभावित क्षेत्रमा स्थानीयका तीनथरी जमिन छ । लालपुर्जा भएका, जग्गाको कित्ताकाट भएको तर लालपुर्जा नभएका र ऐलानी गरेर तीनथरी जमिन छ । तीमध्ये लालपुर्जा भएका र जग्गाको कित्ताकाट भइसकेको मुआब्जा आयोजनाले वितरण गरिसकेको छ ।

आयोजना प्रमुख रणबहादुर बमले तत्काल दिन बाँकी मुआब्जाका बारेमा निर्णय लिइने बताए । ‘ऐलानी जग्गामा बसोवास गरेकालाई कुन आधारमा मुआब्जा दिने भन्ने विषयमा सल्लाह गर्दै छु’, उनले भने, ‘प्रभावित क्षेत्रका वासिन्दालाई दुःखी बनाउँदैनौं ।’

अहिलेसम्म प्रभावित क्षेत्रका लालपुर्जा भएका ५५ घरधुरीलाई मुआब्जा वितरण गरिएको छ । बाह्र करोड ८६ लाख रूपैयाँबराबरको मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । लालपुर्जा भएको १०.१९ हेक्टर क्षेत्रफल जमिन अधिग्रहण गरिएकोमा ८.११४ हेक्टर क्षेत्रफलको मुआब्जा वितरण गरिसकिएको छ ।
अर्को समाचार
वीरेन्द्रनगरमा अवैध सामान बरामद
०७ चैत्र २०८०
•
१ मिनेट पाठ
वीरेन्द्रनगरमा अवैध सामान बरामद
फाइल तस्बिर
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातवटा गाडीमा ल्याउदै गरेको विभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ। भेरीगंगा नगरपालिका–५ बबई चेक प्वाईन्टले चेकजाँचका क्रमा सातवटा सवारीमा ल्याईएको अवैध सामानहरु बरामद गरेको हो।  




सामान चेक गर्ने क्रममा भन्सार छलि गरी ल्याईएको चिनी ३ सय ७५ केजी, प्याज १ सय ३० केजी, केराउ ३० केजी, सुपर पावर सुर्ती १ सय पोका र कुर्ता सुरुवाल १ सय १५ पिस बरमद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै,अवैध रुपमा ल्याईएका लेश जातको कुखुराको चल्ला पनि प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको छ । जसमा १४ काटुन चल्ला रहेका छन्। चल्ला पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस