भरतपुर महानगरपालिका २६ स्थित ज्योतिनगरकी भगवती न्यौपानेका ८ वर्षीय मस्तिष्क पक्षाघात छोरा छन्। छोरालाई विद्यालय पठाउन निकै इच्छा भएपनि पढाउने स्कुल नहुँदा उनी निकै चिन्तित हुँदै आएकी थिइन्। तर, भरतपुर महानगरपालिकाले नजिकै मस्तिष्क पक्षाघात स्रोत कक्षा सञ्चालन गरेपछि उनी निकै खुसी छन्।
‘छोरा कहिल्यै एकै ठाउँमा बस्न कहिल्यै रुचाउँदैन्। विद्यालयमा गएपछि केही कुरा सिक्थेँ कि भन्ने भइरहन्थ्यो,’ उनले भनिन्, ‘अब मस्तिष्क पक्षघात बालबालिकाका लागि स्रोत कक्षा नै सञ्चालन भएपछि खुसी छु।’ यसअघि उनले ज्योति नगरमै रहेको दिवा सेवन केन्द्रमा लाने गरेकी थिइन्।
भरतपुर २७ मेघौलीकी पूजा गुरुङकी ६ वर्षीय भतिजको समस्या पनि उस्तै छ। उनीहरुलाई मस्तिष्क पक्षघात स्रोत केन्द्र नहुँदा निकै समस्या थियो। गुरुङ स्रोत केन्द्र खोज्दै काठमाण्डौँसम्म पुगिन्। तर, घर नजिकै स्रोत केन्द्र सञ्चालन भएपछि सहज भएको छ।
‘यसअघि घरमा राख्थ्यौँ। त्यतिखेर उसलाई केही थाहा थिएन। ज्योतिनगरमा डे केयर थियो, त्यहाँ राखेपछि केही सुधार भएको छ,’ उनले भनिन् ‘यस्ता स्रोत केन्द्रले उनीहरुको हेरचाहमा धेरै सहयोग पुगेको छ।’
यस्ता बालबालिकाहरुको लागि मध्यनजर गर्दै भरतपुर महानगरपालिकाले भरतपुर महानगरपालिका २६ स्थित दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयमा मस्तिष्क पक्षाघात स्रोत कक्ष स्थापना गरेको छ।
यहाँ अहिले १० जना भर्ना भएका छन्। महानगरपालिकाले एक जना तालिम प्राप्त थेरापी शिक्षक र दुई जना खाना पकाउने कर्मचारी समेत नियुक्त गरेको छ। बालबालिकालाई विभिन्न थेरापी मार्फत क्रियाकलापहरुको सिकाउने गरिएको शिक्षक हरिकला भुसालले जानकारी दिइन्।
स्रोत केन्द्रले मस्तिष्क पक्षाघात भएकाहरुलाई शारीरिक व्याम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ। ‘मस्तिष्क पक्षाघात भएका बालबालिकालाई पढाउन कठिन छ। उनीहरुलाई थेरापी मार्फत नै पढाउने हो। स्पर्शद्वारा नै उनीहरुलाई रङ्ग छुट्टाउन लगाउने, खेलौना मार्फत कलर चिनाउने हो,’ उनले भनिन् ‘बच्चाको क्षमता हेरेर पढाउन जोड् दिन्छौँ।’ यस्ता बालबालिकालाई दिसा पिसाब आएको समेत थाहा हुँदैन। त्यस कारण बालबालिकाको दैनिक क्रियाकलापमा जोड दिँदै आएको उनले बत्ताइन्।
भुसालकी आफ्नै छोरी पनि मस्तिष्क पक्षाघात छिन्। उनले २०७५ सालदेखि ज्योति नगरमै दिवा सेवा केन्द्र सञ्चालन समेत गरेकी थिइन्। सञ्चालन गर्न कठिन भएपछि अहिले महानगरपालिकाले आफै सञ्चालन गरेको छ।
मस्तिष्क पक्षाघातका लागि अभिभावक स्वावलम्ब समूह भरतपुरका अध्यक्ष लक्ष्मी कान्त घिमिरे यस्ता बालकालिको विद्यालय बाहिर बढी रहेको बताए। अभिभावकहरुले नै उनीहरुलाई विद्यालयमा पठाउन नचाहने गरेको उनले बताए। भरतपुर महानगरपालिकामा ६५ जना मस्तिष्क पक्षाघात बालबालिका रहेको उनले जानकारी दिए।
कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ। सोही अनुसार, महानगरपालिकाले कामको सुरुवात गरेको भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। यद्यपि पूर्ण पालना भने छैन। विद्यालयहरुले समावेशी शिक्षा दिन सक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालय बाहिर भएको अनुमान गरिन्छ।
अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ। नेत्रहिन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ। सोही अनुसार महानगरपालिका भित्र चार वटा विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाई हुन्छ।
त्यस्तै अटिजम, बहिरा, नेतृहीन, सुस्त मनस्थितीका बालकालिकालाई छुट्टा छुट्टै पढाई सञ्चालन गरेको पौड्यालले बताए। भरतपुर महानगरपालिका वडा नम्बर–१० पनि विगतमा बाल मन्दिर अटिजम विद्यालय सञ्चालनमा छ। महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्याउन अटिजम विद्यालय स्थापन गरेको थियो।
राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारको अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चितता गरी शिक्षाको माध्यमबाट मर्यादित जीवन यापन गर्न समक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ।
चितवनका १४ वटा विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ। यी विद्यालयमा २६० जना विद्यार्थी छन्। तर, जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन्। विद्यालय बाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार हेरेर पढाउने काम गरिरहेको पौड्यालले बताए।
‘हामीले अपाङ्गता भएका बालबालिकालाई खोजेर पढाउने काम गरेका छौं। अहिले ९९ दशमलव ६ प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन्। बाँकी विभिन्न प्रकृतिका बालबालिका विद्यालय बाहिर भएको पाएका छौँ’ उनले भने ‘उनीहरुलाई पनि अपाङ्गगताको प्रकृति हेरेर भर्ना गर्ने गरिरहेका छौँ।’
गत वर्ष समावेशी शिक्षा परियोजना मार्फत गरिएको तथ्यांकले भरतपुर महानगरमा ७८ जना बालबालिका अघिल्लो वर्ष विद्यालय बाहिर रहेको देखाएको थियो। यस वर्ष बालबालिकालाई समेट्ने काम भएको छ।
अपाङ्गता भएका बालबालिकाहरुका लागि सबैभन्दा समस्या यातायातको रहेको छ। नजिकै स्रोत कक्ष नहुँदा टाढा टाढाबाट आउनुपर्ने बाध्यता हुन्छ। अपाङ्गता भएका बालबालिकाहरुका लागि अवस्था हेरेर यातायातको व्यवस्था गर्ने तयारीमा रहेको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।
‘मस्तिष्क पक्षाघात स्रोत केन्द्र सम्भवतः स्थानीय तहले सञ्चालन गरेको नेपालकै पहिलो हुनुपर्छ। बालबालिका विद्यालय ल्याउन कठिन भएको छ। त्यसलाई ख्याल गछौँ,’ उनले भनिन्, ‘राम्रो भयो भने बस पनि सञ्चालन गछौँ।’
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...