जुम्लाका १० जना स्याउ उत्पादक महिला उद्यमीहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरमा भ्रमणको लागि गएका छन्।
१८ समुह मध्येबाट १० जना स्याउ उत्पादक महिला उद्यमीहरु भारतको काश्मिरतिर निस्किएका हुन्। हिमालयन बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले पातारासी गाउँपालिकाबाट ७ जना र गुठिचौर गाउँपालिकाबाट ३ जना स्याउ किसान महिला किसानलाई भारतको कश्मिरमा अवलोकनाका लागि पठाएको हो।
सस्थाको मापदण्डअनुसार छनोट गरिएको थियो बढी बचत गर्ने र सक्रियता हुने उद्यमी महिलालाई पठाइएको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष मायाप्रसाद आचार्यका अनुसार लामो समयदेखी स्याउ उत्पादन गरिरहेका महिला उद्यमीहरुलाई काश्मिर क्षेत्रमा स्याउको उत्पादन र बजारीकरणका बिषयमा अवलोकन गरि जुम्लामा प्रयोग गर्ने उद्देश्य रहेको छ।
भ्रमण टोलीमा पातारासी गाउँपालिका ( ६ का ५६ बर्षिय चुकी महतारा, मागी महतारा (५२ बर्ष) , मागी विष्ट (५२ बर्ष), पातारासी ( ४ का प्यारी बुढा, कनाङ तामाङ, जाली वोहोरा, पातारासीका सुवा खड्का रहेका छन् । त्यस्तै गुठिचौर ४ का धनलक्ष्मी देवकोटा, जयलक्ष्मी पाण्डे, धनलक्ष्मी पाण्डे रहेको सहकारी संस्थाले जनाएको छ।
हिमालयन सहकारीका जिल्ला कार्यक्रम व्यवस्थापक घनश्याम नगरकोटीले पातारासीका १८ वटा समुह तथा सहकारीबाट उद्यमी र सफल महिलाहरुले छनौट गरेर अवलोकन भ्रमण शुरु गरिएको बताए। उद्यमी महिलाहरुले आफ्नो उत्पादनलाई थप गुणस्तर र बजारीकरणका उपायका बिषयमा गहिरो अवलोकन गर्नेछन्।
स्याउ खेतीमा नयाँ प्रविधिको प्रयोग साथै स्याउबाट बन्ने जाम जेली जस्ता गुणस्तरीय उत्पादनको बारेमा पनि भ्रमण टोलीका महिलाहरुले अध्ययन र अवलोकन गर्ने छन्।
उनीहरु जुम्लाबाट जहाँजमा नेपालगंज, नेपालगंजबाट गाडिबाट भारतको लखनऊ, लखनऊबाट जहाँजमा दिल्ली दिल्लीबाट श्रीनगर हुदै काश्मिर जाने भ्रमण तालिका रहेको छ।