तपाईंले कसैलाई सन्देश वा चिठ्ठी पठाउनुभयो, त्यो सन्देश ढिलोमा कति वर्ष भयो भने साह्रै ढिलो प्राप्त भएको ठान्नु हुन्छ?
अहिलेको ‘इन्स्टान्ट मेसेजिङ’को युगमा एक वा दुई दिन वा एक वा दुई साता निकै बढी समय अवश्य लाग्छ। किनभने, समय नै यस्तो छ।
सम्भवतः सबैभन्दा ढिला प्राप्त भएका चिठ्ठीहरूको समूहमा यो चिठ्ठी पनि पंक्तिबद्ध हुनसक्छ।
सन् १९१६ मा प्रथम विश्वयुद्धको निकै चटारो थियो। चटारोका बीचमा पनि क्रिस्टाबेल मेनेलले केटी मार्सलाई आफूहरू बिदा मनाउन बाथ नामक ठाउँमा पुगेको र त्यहाँ पुगेपछि सञ्चो नभएको भन्दै जानकारी दिन पत्र लेखेकी थिइन्। मार्स र उनका पति ओसवाल्ड दक्षिणी लण्डनस्थित क्रिस्टल प्यालेसमा बस्ने गर्थे। ओसवाल्ड चिठ्ठीका पुराना टिकटहरू किनबेच गर्ने व्यापारी थिए। उनले हुलाक सेवाले जारी गर्ने नयाँ टिकटहरू पनि बिक्री गर्थे।
क्रिस्टाबेल बिदा मनाउन जाँदा सञ्चो नभएको जानकारी सय वर्षपछि बल्ल क्रिस्टल प्यालेस पुग्यो। त्यो पनि केटी मार्सले यो पत्र पाइनन्। पत्र पनि ठाउँमा त पुग्यो तर पुरानो होइन, अर्कै ठाउँमा।
सन् १९१६ को जुन अवधिमा जुन ठेगाना लेखिएको थियो, सय वर्षपछि त्यो ठाउँ कायापलट भइसकेको छ। क्रिस्टल प्यालेस भनिने ठाउँमा अहिले घर छैनन्, अपार्टमेन्टहरू ठडिएको पनि वर्षौं भइसक्यो तर बेलायती हुलाक सेवाले अनुमान गरेर जुन ठाउँमा चिठ्ठी छाडिदियो, त्यो ठाउँमा हाल ग्लेन र उनकी साथी बस्छन्।
ग्लेन भन्छन्, ‘शुरुमा त मलाई यो पत्र हामीकहाँ कसरी आइपुग्यो भन्ने लाग्यो किनभने हामी पत्रका हकदार थिएनौं। पत्र खोलौं कि नखोलौं भयो। मिति हेर्दा पनि १९१६ को ठाउँमा २०१६ पढ्यौं। पत्र पुरानै रहेछ, हेर्दा के फरक पर्ला भन्ने सोच्दै गर्दा भने हामी रोमाञ्चित भयौं किनभने यो पत्र सय वर्षभन्दा बढी उमेरको रहेछ।’
पत्रका भित्री केही भागको मसी लतपतिएका कारण पढ्न गाह्रो हुन्छ। धेरै कुरा बुझिँदैनन्।
आखिर यो चिठ्ठी यत्तिका वर्ष कहाँ अड्कियो त? उतिबेलै हकदारले किन पाएनन् त? ग्लेनको अनुमान छ, ‘यो पत्र त्यो बेला पत्रहरूको भिडमा कतै छोपिएको हुनाले साइडेनहामको हुलाक कार्यालयमा यत्तिका समय लुकिरह्यो होला।
सरसफाईका क्रममा यो पत्र पुनः झुल्किएपछि हुलाक सेवाले धर्मअनुसार ढिला वा छिटो नहेरी पुग्नुपर्ने स्थानमा पुर्याइदिएको हुनसक्छ।’ ग्लेन यो पत्रलाई यसको वास्तविक हकदार फेला नपरुञ्जेल आफैंसँग राख्ने बताउँछन्।
– द गार्डियन