‘आठ वर्ष अघि टोपे भन्ने अजिब बहादुर बुढाक्षेत्रिको नामले ठाकुरद्वारा सुतकैया गाउँ त्राहिमान भयो’ गुलरिया बैङ्कमा कार्यरत महिला कर्मचारीले स्मरण गर्दे भनिन्, ‘त्यतिबेला म नौ कक्षामा पढ्थे, हामीलाई स्कुल जान डर लाग्थ्यो।’
उनका अनुसार गाउँले नातामा मामा पर्नेलाई घाटी छिनालेका दृश्यले अजिबकाे नामले गाउँले त्रसित थिए। प्रहरीले अजिबलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाएको २५ औँ दिनमा अदालतको शौचालयको भेन्टिलेसन तोडेर भागेपछि गाउँलेमा सन्त्रास फैलिरह्यो।
गाउँलेको त्रास देखेर अदालतबाट फरार भएका अजिबले अर्को घटना दोहराउँला कि भन्ने आंशकाले प्रहरीले त्यतिबेला गस्ती बढाएको उनले सुनाइन। समय अन्तरालमा भारत फरार भएका अजिब गाउँमा झल्याक्क झुलुक्क देखिन थालेपछि सबेरै पसल बन्द हुने गरेको पनि उनले स्मरण गरिन।
‘बेलाबेलामा देखिने उनी दुस्मनी साध्ने हो कि भन्ने सबैमा त्रास थियो,’ उनले भनिन्। सात वर्षको अन्तरालमा फरार कैदीलाई एक वर्ष अघि प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र बहादुर शाहीको सूचना संयन्त्रले घरबाट पक्राउ गर्न सफल भएर कारागार पठाएपछि चयनको सास फेरेका गाउँलेमा पुनः त्रासमा बाच्न पर्ने अवस्था सिर्जना भएको उनले दोहोराइन।
फरार अजिबले ०७१ सालमा राती घरमा सुतिरहेका ६९ वर्षीय जोरे थापालाई गड्सा प्रहार गरी निर्मम हत्या गरेका थिए।
प्रहरी प्रशासन तनावमा
निर्मम हत्या संलग्न अजिब फरारको खोजी कार्य तीव्र पारिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल, प्रहरी उपरीक्षक सुधिरराज शाही, सशस्त्र प्रहरी उपरीक्षक सीमावर्ती क्षेत्रमा आइतबार बिहान देखि स्वयम खटिएर खोजी तीव्र पारेका छन्।
भारतीय सुरक्षाकर्मीको समन्वयमा खोजी तीव्र पारेपछि अजिब भारत पस्न अझै नसकेको आकलन गरिएको छ। साधा पोशाकमा र विभिन्न रणनीतिक योजना अनुरूप फरार कैदीबन्दी अजिबको खोजी भइरहेको प्रशासनले बताएको छ। फरार कैदी फेला नपरेको प्रमुख जिल्ला अधिकारी रिसाले जानकारी दिए।
हत्या गरेको आरोपमा प्रहरीले बुढा क्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो। कारागार कार्यालयको छतबाट हाम फालेर पर्खालबाट बुढा क्षेत्री भागेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।
बुढा क्षेत्री कारागारबाट भागेपछि आइतबार बोर्डर सिल गरी खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले बताए। ‘खोजतलासको लागि व्यापक प्रहरी परिचालन गरिएको छ’ डिएसपी बोहराले भने, ‘फरार कैदीलाई समात्न तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेका छौं।’
कारागार प्रशासनको कमजोरी
कारागार प्रशासनको कमजोरी देखिएको छ। एक वर्ष अघि र लामो समय कैद भएकालाई कारागार नाइके भित्रको जिम्मेवारी कारागार प्रशासनले दिने गरेको खुलेको छ।
प्रत्यक्षदर्शी कारागार स्रोतका अनुसार पानीको बहानाले अजिब छत माथि चढेका थिए। पानी हेर्न माथि चढेका अजिब सजिलै सुरक्षा घेरा ताडेर भाग्न सफल भएको खुलासा भएको छ। दश महिना सजाय भोगेका बुढा क्षेत्रीलाई किन पानी नाइके बनाइएको भन्ने प्रश्न तेर्सिएको छ।
नाइके र सहायक नाइके कारागार प्रशासनले तोक्ने गरेको कारागार कार्यालयका प्रमुख सन्तोष विकले बताए।
‘फरार बुढा क्षेत्री पानी नाइके हुन्’ प्रमुख विकले भने, ‘चौकीदार र कैदी बन्दीले बुढा क्षेत्रीलाई पानी नाइके तोकेका थिए।’ पानी नाइके राति अन्य कैदी बन्दी भन्दा अलग ताल्चा नलागेको कोठा बस्छन्। अन्य कैदी बन्दी ताल्चा लागेको कोठामा बस्छन्। पानी नाइकेले राति डिउटी गर्ने, कैदी बन्दीलाई पानी दिने र कैदी बन्दी बिरामी भएमा रिपोर्ट गर्ने कामको जिम्मेवारीमा तोकिएको हुन्छ। सोही जिम्मेवारीमा रहेका पानी नाइके अजिब फरार भएका विकले पुष्टि गरे। कसको लापरबाहीले बुढा क्षेत्री फरार भएको अनुसन्धान प्रतिवेदनले जनाउने कारागार प्रमुख विकले जानकारी दिए।

‘दुर्भाग्य पूर्ण घटना हो,’ उनले भने, ‘के कस्ता कमजोरी कारण घटना भएको हो भन्ने पछिको कुरा हो, पहिलो प्राथमिकता कैदीलाई पक्राउ गर्ने रहेको छ।’कैद सजाय भोगिरहेका कर्तव्य ज्यानका कैदी कारागारबाट फरार भएपछि प्रहरी र प्रशासनलाई तनाव भएको छ। ठाकुरबाबा नगरपालिका–८ का ३२ वर्षीय अजिब बुढा क्षेत्री आइतबार बिहान तीन बजेर १५ मिनेटमा कारागारबाट फरार भएका हुन्। अदालतबाट ३० वर्ष कैद सजाय पाएका बुढा क्षेत्री पुनः दोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएपछि सुरक्षाकर्मी र कारागार प्रशासन माथि प्रश्नसमेत उठिरहेको छ।