२२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै काठेखोला गाउँपालिका
१६ भदौ २०८०
•
४ मिनेट पाठ
२२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै काठेखोला गाउँपालिका
जिल्लाको काठेखोला गाउँपालिका—३ धम्जाकी सबिना बोहोरा निःशुल्क रुपमा प्राविधिक शिक्षा (होटेल म्यानेजमेन्ट) पढ्न पाएकोमा दङ्ग छिन्। उनी एसईईपछि के पढ्ने भन्ने अन्यौलमा थिईन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले रोजे जस्तो विषय पढ्ने अवस्था थिएन। परिवारको आर्थिक अवस्थाले तत्कालै काम पाउने शिक्षाको माग गर्छ। तर, अहिलेको कक्षा ११/१२ को पढाईले कुनै सीप सिकाउँदैन। यही अन्यौलतामा घेरिएको बखत काठेखोला गाउँपालिकाले छात्रवृत्तिमा प्राविधिक शिक्षा पढ्न चाहनेहरूबाट आवेदन माग गर्यो।  




अन्यौलतमा रुमलिएको उनको जिन्दगीले अब गन्तव्य भेट्छ भन्ने सबिनालाई लाग्यो उनले आवेदन दिईन्। आवेदन दिएर छात्रवृत्तिमा तीनवर्षे होटेल म्यानेजमेन्टको डिप्लोमा कोर्स अध्ययनका लागि छनोट भएपछि शनिवार उनी धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङतर्फ लागेकी छिन्। मुस्ताङ प्रस्थानपूर्व उनले खुशी साट्दै भनिन्, ‘मेरो त परिवारको आर्थिक अवस्था कमजोर भएका कारण के गर्ने भन्ने निकै समस्यामा थिएँ। गाउँपालिको पढ्ने अवसर जुराईदियो निकै खुसी छु। पढेर फर्केपछि यही ठाउँमा इलम गर्नेछु भन्ने विश्वास जागेको छ।’

सबिना जस्तै प्राविधिक शिक्षा अध्ययनका लागि छनोट भएका काठेखोला—४ तङ्ग्रामका अनिल विश्वकर्मा गाउँपालिकाले ठूलो गुण लगाएको सम्झन्छन्। ‘मेरो परिवारको आर्थिक अवस्था साह्रै नै कमजोर भएकोले गर्दा गाउँपालिकाले विगतमा पनि सहयोग गर्दै आएको थियो,’ विश्वकर्मा भन्छन्, ‘अहिले पढ्ने अबसर जुराईदिएको छ। गाउँपालिकालाई धन्यवाद भन्छु।’ आफ्नो छोराको प्राविधिक शिक्षा पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा काठेखोला—८ लेखानीकी गिता विश्वकर्मा निकै खुसी छिन्।

‘मेरो छोराले पहिलेदेखि नै होटल म्यानेजमेन्ट पढ्ने धोको थियो, तर कहाँ पढाउने कसरी पढाउने भन्ने केही थापा पनि थिएन,’ उनी भन्छिन्, ‘आर्थिक अभावले पनि बाहिर पठाएर पढाउन सकिने अवस्था थिएन। बागलुङमा त्यो खालको व्यवस्था नहुँदा अन्यौलमा थिएँ। गाउँपालिकाले ठूलो उपकार गर्यो खुसी छु ।’ काठेखोला गाउँपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेको उनी बताउँछिन् । ‘गाउँपालिको पढाई खर्च मात्र नभएर सम्पूर्ण खाने बस्ने खर्च समेत व्यहोरेको छ, जसरी हामीले भूमिका खेल्नुपथ्र्यो, त्यो अविभाकीय भूमिका गाउँपालिकाले खेलेको छ,’उनले भनिन् ।  

लेखानीकै दिलबहादुर दर्जी पनि छोराको पढाईका लागि खर्च जोहो गर्नु नपरेकोमा दङ्ग छन्। ‘मेरो घरको अवस्थाले त छोरालाई पढाउने अवस्था नै थिएन, गाउँपालिकाले सबै खर्च दिएर पढाईदिने भयो साह्रै खुसी लागेको छ,’ दर्जीले भने ।  

काठेखोला गाउँपालिकाले गाउँसभा मार्फत पालिका भित्रका २० जना विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयनको चरणमा आईपुग्दा २२ जना विद्यार्थी अध्ययनका लागि धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङ जाने अवसर पाएका छन्।

छात्रवृत्तिमा अध्ययनका लागि गाउँपालिकाले आह्वान गरेको सूचनामा २५ जनाको निवेदन परेका थियो। त्यसबाट छानिएका २२ जना छनोट गरिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताए। ‘हामीले पहिले २० जनाका लागि निर्णय गरेका थियौं, २५ जनाको आवेदन परेकोमा हामीले परीक्षा लिने दिन २२ जना उपस्थित भए,’ विकले भने, ‘उनीहरू २२ जनालाई गाउँपालिको प्राविधिक शिक्षा पढाउने निर्णय गरेका छौँ।’ भौतिक विकास मात्रै विकास हो भन्ने धारणा परिवर्तन गरी मानवीय विकास र नागरिकलाई आत्मनिर्भरताको बाटोमा अग्रसर बनाउन यो कदम चालिएको उनी बताउँछन्।

पछिल्लो समय शिक्षाले शैक्षिक बेरोजगार उत्पादन गर्ने काम गरेकाले गाउँपालिको प्राविधिक शिक्षामा जोड दिएको उपाध्यक्ष तेजबहादुर थापा बाउँछन्। ‘हाम्रै गाउँपालिकाका विद्यालयहरूको कक्षा ११, १२ मा विद्यार्थीको सङ्ख्या न्यून हुँदाहुँदै झण्डै एउटा सिङ्गो कक्षा ओगट्ने विद्यार्थीहरू प्राविधिक शिक्षाका लागि पठाउँदैछौं,’ उनले भने, ‘अहिले शैक्षिक बेरोजगारको सङ्ख्या बढेको छ। अब सीपमूलक शिक्षामा जोड दिनुपर्छ भनेर हामीले यो कदम चालेका हौं।’ प्राविधिक शिक्षा अध्ययनका लागि छानिएका विद्यार्थीलाई गाउँपालिका अध्यक्ष राजु थापा सहितको टोलीले शनिबार मुस्ताङ पु¥याएको छ।

होटल म्यानेजमेन्ट, कुक, बाली विज्ञान र पशु प्राविधिक अध्यनका लागि उनीहरू छानिएका थिए। नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो काम थालिएको गाउँपालिका अध्यक्ष थापाले बताए। ‘हाम्रो मुख्य नारा नै नागरिकलाई स्वरोजगारमूलक बनाउने भन्ने हो, यही कुरालाई आत्मसाथ गरेर झण्डै पाँच सयभन्दा बढीलाई हामीले विभिन्न सीपमूलक तालिम दिएका छौं,’ अध्यक्ष थापाले भने, ‘अहिले २२ जना विद्यार्थीलाई गाउँपालिकाले सम्पूर्ण खर्च व्यहोर्नेगरी प्राविधिक शिक्षा अध्ययनका लागि पठाएका छौं।’ १२ जनाले प्रि डिप्लोको १८ महिने र १० जनाले डिप्लोमा ३ वर्षे कोर्ष अध्ययन गर्नेछन्। उनीहरूको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेछ।  

एकजना विद्यार्थीका लागि सम्पूर्ण रुपमा वार्षिक झण्डै ७५ हजार रुपैयाँ खर्च लाग्ने गाउँपालिकाको अनुमान छ भने विद्यार्थीको अभिभावकले एक पैसा पनि खर्च गर्न नपर्नेगरी पालिकाले नै खर्च व्यहोर्ने बताएको छ।  
अर्को समाचार
काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै
०७ वैशाख २०८१
•
१ मिनेट पाठ
काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै
बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो। 




सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएलगत्तै यस वर्ष आधारभूत अस्पताल बनाउन थालेको हो। पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था छैनन्। स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। पालिकाका सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन्। साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी तत्कालीन गाविसमा एक–एकवटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन्।

टाढाका गाउँलेलाई लक्ष्यित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए। गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनले जानकारी दिए। आधारभूत अस्पताल २०८२ असोजमा सक्नेगरी निर्माण भइरहेको छ। 

पछिल्ला पाँच वर्षमा वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा छन्। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस