भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा
१६ भदौ २०८०
•
६ मिनेट पाठ
भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्। फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्याइएको थियो। भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए। ‘ठुलै धनराशि खर्चेर सो सुन उनले हात पारेका रहेछन्। सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई ६५ लाख दिइएको रहेछ। त्यसमा अन्य खर्चसहित करिब २ करोड लागेको रहेछ,’ स्रोतले भन्यो।




वाङले हात पारेको करिब आठ किलो सुनमध्ये दुई किलोजति आफूसँग राखेर बाँकी ६ किलो बिक्रीका लागि सुरुदेखि नै आफूलाई सहयोग गर्दै आएका सिन्धुपाल्चोकका विश्व बस्नेत र दीप श्रेष्ठलाई दिएका थिए। उनीहरूसहित दीपेश बस्नेत सुन बिक्री गरेपछि वाङको सम्पर्कमा पुगेका थिए। भन्सार कार्यालयका कर्मचारी र बिचौलियामार्फत गायब गरिएको नौ किलोमध्ये करिब आठ किलोभन्दा बढी सुन वाङकै हातमा पुगेको थियो। यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई समेत जानकारी गराइएको छ। सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। वाङ भने नेपालबाट फरार भएका छन्। उनी यतिबेला चीनमा रहेको भनिएको छ। उनी नेपाल–चीन नाका केरुङआसपास रहेको प्रहरी स्रोतको दाबी छ। अहिले अमेरिका पुगेका दीप र विश्वलाई प्रहरीले सम्पर्कमा ल्याउने प्रयास गरिरहेको छ।

गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरीको अनुसन्धान विमानस्थल भन्सार प्रमुख अरूण पोखरेलको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थालेको थियो। यो विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ। ‘सिन्धुपाल्चोकका दुई व्यक्तिले सुन लगेको सुराक आएको छ। हामीले ती व्यक्ति र सिन्धुपाल्चोक प्रहरीको भूमिकाबारे पनि अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उच्च स्रोतले भन्यो।  

स्रोतका अनुसार सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले दीप श्रेष्ठ र विश्व बस्नेतलाई पक्राउ गरी एक रात थुनेर वाङले पठाएका एक चिनियाँ व्यक्तिसँग ३ करोड २० लाख तिर्नू भनी कागज गराएर छाडेका थिए। उनीहरूले सो कागज गरेपछि हाल वाङलाई दिनुपर्ने पैसा नदिई भागेर ६५ लाख तिरेर दलालमार्फत अमेरिका पुगेको स्रोतको दाबी छ।

‘यताको हिसाब दिनेश बस्नेतलाई मिलाउने गरी जिम्मा दिएर उनीहरू दुवैजना १ करोड ३० लाख तिरेर अमेरिका पुगेका छन्,’ स्रोतले भन्यो। दिनेश बस्नेतले प्रहरीसँगको बयानमा सुन बेचेर ६ करोड २१ लाख आएको स्वीकार गरेका छन्। उनले त्यसमध्ये ८३ लाखको हिसाब देखाउन सकेका छैनन्। सुन बिक्रीको रकम हिसाब गर्दा उनीहरूले ६ करोड २१ लाख भएको बताए पनि ६ करोड रूपैयाँ मात्र आफूसमेतलाई दिएको उनले बताए। ‘उल्लिखित सुन अवैध तवरबाट प्राप्त भएको भन्ने जानकारी निज खरिदकर्ताहरूलाई भएकाले चलनचल्तीको मूल्यभन्दा कम मूल्य तिरी मबाट खरिद गरेको हुँदा निजहरूले सुनको बिलबिजकसमेत मसँग मागेनन्। ठुलो परिमाणमा सुन बिक्री गरेकोमा वेदप्रकाश अग्रवालसमेतले केही रकम छुट गरिदिनुहोस् भनी अनुरोध गरेकाले निजहरूको अनुरोध स्वीकार गरी २१ लाख रूपैयाँ छुट गरी ६ करोड रूपैयाँ मात्र लिएको हुँ,’ भन्सार एजेन्ट दिनेश बस्नेतले भनेका छन्। स्रोतका अनुसार दीप श्रेष्ठ र विश्व बस्नेतले यो सबै रकम व्यवस्थापन गर्ने जिम्मेवारी दिनेश बस्नेतलाई दिएका थिए।

‘सुन बिक्रीबाट प्राप्त रकममध्ये रेवन्त खड्काको निर्देशनमा प्रेरणा थापाको बैंक अफ काठमाडौं र कृषि विकास बैंक लिमिटेडको खातामा रु. ३० लाख, निजले भाउजू भन्ने ललिता थापा (राजभण्डारी) ले उपलब्ध गराएको निज ललिता थापा, समरबहादुर थापा र गंगाराम थापासमेतका नामका विभिन्न बैंक खातामा ३५ लाख गरी जम्मा ६५ लाख जम्मा गरिदिएको हुँ। निज रेवन्त खड्कालाई विभिन्न मितिमा १० लाख रूपैयाँ नगदै दिएको थिएँ, २ करोड ७५ लाख रूपैयाँमा मेरा ससुरा रामकेशव थापाका नाममा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–१७ दिव्येश्वरी प्लानिङभित्रको जग्गा खरिद गरी ८० लाख डक्सटर ट्राभल्स एन्ड टुरका नाममा ग्लोबल आइएमई बैंक लिमिटेड सुकेधारा शाखामा रहेको खातामा जम्मा गरेको थिएँ। ३० लाख रूपैयाँ त्रिवि भन्सार कार्यालयबाट लिलाम भएका कपडासमेत लिलाम सकार गर्दा खर्च भयो। २५ लाख रूपैयाँ मैले केही समयअघि बब्लु गुप्तालाई ऋणसापटी दिने क्रममा विभिन्न व्यक्तिको भन्सार बुझाउन दिएको रकम आफूले खर्च गरेकोमा अन्य ८३ लाख भने केमा खर्च भयो भन्न सक्ने अवस्था छैन,’ उनले सिआइबीलाई दिएको बयानमा भनेका छन्।

यसरी वाङले बेच्न दिएको सुन दीप श्रेष्ठ, विश्व बस्नेत, दीपेश बस्नेत, दिनेश बस्नेतले लिएर पैसा नदिएपछि वाङले दीप र विश्वविरुद्ध सिन्धुपाल्चोकका एसपी राणालाई राजनीतिक पहुँचका आधारमा मौखिक उजुरी गरेका थिए। मौखिक उजुरीपछि एसपी राणाले उनीहरूलाई ल्याएर एक रात थुनेको र वाङको प्रतिनिधि एक चिनियाँ नागरिकका नाममा ३ करोड २० लाखको कागज गराएर छाडेको स्रोतको दाबी छ। वाङका विश्वासिला पात्रका रूपमा दीप र विश्वले काम गर्दै आएका थिए। त्यसमा आफ्नो गाडी चालक लोकेन्द्र पौडेललाई पनि सहभागी गराएका वाङले दीप र विश्वबाट धोका पाएपछि अन्य भरियाहरूको समेत पैसा तिर्न नसकेर नेपालबाट भागेको हुन सक्ने स्रोतको दाबी छ।

तर सिन्धुपाल्चोकमा रहेका एसपी राणाले यो विषयलाई ठाडै अस्वीकार गरेका छन्। ‘भोलि अनुसन्धान हुन्छ, छानबिन गर्दा सबै थाहा हुन्छ। यहाँ मेरो मातहतलाई पनि यो विषयमा सोधें, जानकारी लिएँ। विश्व बस्नेत र दीप श्रेष्ठ नाम गरेका कोही पनि मानिसलाई हाम्रो प्रहरीले कागज गराएको पाइएको छैन,’ उनले भने। साथै उनले दाओजिन वाङ भनेको आफूले कहिल्यै नसुनेको नाम भएकाले यस्तो विषय आफूलाई थाहा नभएको पनि बताए। ‘मैले यस्ता प्रकारका कारोबार गर्ने कोही चिनियाँलाई चिनेको छैन। मेरो विरुद्ध कुप्रचार गरिएको हो,’ एसपी राणाले भने।  

हाल सो प्रकरणमा मुछिएका कृष्णबहादुर महराको छोरा राहुल महरालाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ। वाङसँग महरा बाबुछोराको पटकपटक टेलिफोन संवाद भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएरै अनुसन्धान प्रतिवेदनमा उनीहरूको कल चार्ट उल्लेख गरिएको थियो। वाङ फलफूल व्यापारी भएको र चिनजान भएकाले उनको सामानबारे कानुनले मिल्ने भए छाडदिनु वा लिलाम गराइदिनु भनेको हो भन्दै राहुल महराले नागरिकसँग भन्सारका कर्मचारीलाई फोन गरेको स्वीकार गरेका थिए। यद्यपि उनलाई प्रहरीले बुधबार थुनामा राखेर अनुसन्धान गरिरहेको छ। महरा बाबुछोराको वाङसँग मात्रै २५६ पटक कुराकानी भएको सिआइबीको दाबी छ। तर वाङलाई पनि पक्राउ गर्ने भने पनि उनी भागेर चीन पुगेकाले सिआइबीले बाध्य भएर राहुललाई मात्रै पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो।
अर्को समाचार
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३६ सेकेन्ड अघि
•
१ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस