चौधरी ग्रुपले आफ्नो घरै भत्किने गरी छिमेकमा रहेको जग्गामा डोजर आतंक मच्चाएको भन्दै दायर भएको रिट निवेदनमा काठमाण्डौंजिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न चौधरी ग्रुपको नाममा अन्तरिम आदेश दिएको छ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सोमबार चौधरी ग्रुपको नाममा सो आदेश दिएको हो।
नेपाली कांग्रेसका पूर्व नेता तथा पूर्व मन्त्री डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका रेग्मीको निवेदनका आधारमा निर्माण कार्य तत्काल रोकी भदौ २२ गते अन्तरिम आदेश निरन्तर गर्नुनपर्ने कारण भए लिएर आउन समेत चौधरी ग्रुपको नाममा आदेश जारी भएको हो।
अधिवक्ताद्धय अनन्तराज लुइँटेल र विशाल थापाले रेग्मीको तर्फबाट अन्तरिम आदेश जारी नभएमा विपक्षीको ज्यादती बढ्दै जाने भएकोले अन्तरिम आदेश जारी गरी निर्माण कार्य रोक्न माग गरेका थिए।
आफ्नो शेषपछि मात्रै नेपाल सरकारको नाममा जाने जग्गा सरकारले हडपेको विरुद्ध सरकारसँग मुद्दा लडिरहेकी रेग्मीले पुनः छिमेकी अरुण चौधरीले सुरु गरेको निर्माण कार्यका विरुद्ध समेत अर्को मुद्दा दायर गरेकी हुन्।
स्वर्गीय नेता डिल्लीरमण रेग्मीको नाममा दर्ता कायम रहेको लाजिम्पाटको साविक कि.नं. १३६ को ३–४–० जग्गा मालपोत कार्यालयको मिति २०७७/०९/१७ को निर्णयले कित्ताकाट गरी गैर कानुनी रुपमा आफू जिवित छँदै नामसारी गरिलगेविरुद्धका मुद्दा अदालतमा विचाराधीन छन्।
सरकारले कित्ताकाट गरी कि.नं. ६१ विपक्षी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नाममा गए उपर दायर मुद्दामा समेत सरकारका नाममा जग्गा रोक्का राख्ने आदेश भई मुद्दा विचाराधीन अवस्थामा छ भने कि.नं. ६२ मा बनेको घरमा रेग्मी आफैं बसोबास गरिरहेकी छिन्।
आफ्नो उत्तरतर्फका सधियार चौधरी ग्रुपको स्वामित्वको चौधरी प्रोपर्टीजको रुपमा रहेको अरुण चौधरीको परिवार बसिआएको घर कम्पाउण्डवाल भत्काउने, ठूला ठूला एक्स्काभेटर चलाएर आफ्नो घर हल्लाउने, ठूलो ठूलो आवाज उत्पन्न गराई रात भरी हल्लाखल्ला गर्ने गरी आफ्नो जीउज्यानमाथि नै आक्रमण गरेको दाबी सहित रेग्मीले निषेधाज्ञाको निवेदन दायर गरेकी हुन।
सधिंयार अरुण चौधरीको श्रीमती शीला चौधरी तथा निजका कामदारहरुलाई आफ्नो घर हल्लाउने कार्य रोकिदिनुहोस्, मलाई असुरक्षित गर्ने काम नगर्नुहोस्, कम्पाउण्ड वाल विगत ३०,४० बर्षदेखि हामीहरुको सांधको रुपमा रहेको अवस्था छ, त्यसलाई तपाईंहरुले भत्काउँदा एक त सांधमा समस्या आउंछ र मेरो माटोको घर भत्किन सेक्ने भएकोले रोकीदिनुहोस् भनी पटक पटक दिनैपिच्छेजस्तो अनुरोध गरेकोमा आफ्नो अनुरोध अटेरी गरेकोले बाध्य भएर अदालतमा मुद्दा हाल्नुपरेको पनि रेग्मीको निवेदनमा उल्लेख छ।