सुन तस्करहरुले सम्भवतः दैनिक प्रयोग हुने अधिकांश सामग्रीहरूलाई सुन तस्करी गर्ने माध्यम बनाइरहेका छन्। कहिले ब्रेक सु, कहिले पानी तान्ने पम्प, कहिले के कहिले के.... ?
पछिल्लो समय घडीका पुर्जामा समेत सुन राखेर तस्करी गरिएको पाइएको छ। सुन प्रकरणको अनुसन्धानरत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसन्धान अधिकृतहरूले यस्तो तथ्य फेला पारेका हुन।
राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा सिआइबीले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ। ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो। विभिन्न मितिमा दर्ता भएका फरक फरक ती कम्पनीका मालिक पनि फरक फरक देखाइएको छ।
सिआइबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ।
कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै सुन तस्करी गरेको स्रोतको दाबी छ। प्रहरी स्रोतका अनुसार उक्त कम्पनीको ठेगाना काठमाडौँको बौद्ध राखिएको भए पनि त्यहाँ कार्यालय फेला परेको छैन। भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिको ठेगाना सुकेधारा राखिएको छ तर त्यहाँ कार्यालय छैन। ह्वादा इलेक्ट्रिक सप्लायर्स कम्पनी सामाखुसीमा र पवाटी इलेक्ट्रिक सप्लायर्सको कार्यालय बाँसबारीमा देखाइएको छ। दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिले विद्युतीय सामान, ब्रेक प्याड र घडीमा तस्करीको सुन राखेर ल्याउने गरेको पाइएको छ।
त्यस्तै दिलीप भुजेलका नाममा खोलिएको रेडी ट्रेड प्रालिमार्फत् ब्रेक प्याडमा राखेर सुन ल्याइएको खुलेको छ। तस्करले सरिता तामाङका नाममा पनि सरिता सप्लायर्स नामक कम्पनी दर्ता गराएको खुलेको छ। भुजेल दाजुभाइका नाममा पाँच वटा कम्पनी छन्।

‘घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको पाइएको छ, पानी पम्प र घडीभित्र सुन राखेर ल्याइएको एक चिनियाँले बयानमा स्वीकार गरेका छन्’, सिआइबी स्रोतले भन्यो।