शिशु बेचेको आरोप लागेका डाक्टरको सम्पत्ति करोडौं
०९ भदौ २०८०
•
४ मिनेट पाठ
शिशु बेचेको आरोप लागेका डाक्टरको सम्पत्ति करोडौं
शिशु बेचेको आरोपमा पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको पाइएको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान क्रममा डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएको हो।




डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागमार्फत अनुसन्धानको प्रक्रिया थाल्न लागेको प्रहरीले जनाएको छ। बच्चा बेपत्ता बनाएको कसुरमा डाक्टरसहित ६ जना पक्राउ परेका छन्। डाक्टर कर्ण भदौ १ गते पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा डाक्टरको समूहले नवजात शिशु सन्तान नभएका दम्पतीलाई ५ लाख रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि यो रकम अझ बढी हुनसक्ने प्रहरीले बताएको छ।

बच्चा बेचेको आरोपमा पक्राउ परेका डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको देखिएको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘उनको श्रीमती र परिवारका सदस्यका नाममा विराटनगर, काठमाण्डौं र राजविराजमा घर, जग्गाजमिन फेला परे पनि बैंकमा कति रकम छ यकिन भइसकेको छैन।डाक्टर कर्णको परिवारका सदस्य तथा नजिकका नातागोताका नाममा रहेको चलअचल सम्पत्ति खोज्ने काम भइरहेको छ। उनले अवैध गर्भपतन र शिशु बेचेर नै सम्पत्ति आर्जन गरेको हुनुपर्छ।’ 
सम्पत्ति शुद्धीकरणमा मुद्दाको प्रक्रिया अघि बढेको र केही प्रमाण प्राप्त हुनसाथ मुद्दा दर्ता हुने स्रोत बतायो।

डाक्टर कर्णले आफ्नो निजी क्लिनिकमा एक दशकदेखि अवैध गर्भपतन गराउँदै आएको र नवजात शिशु बेच्ने गरेको आरोप लागेको छ।

आफ्नै घरमा क्लिनिक खोलेर त्यहाँ अवैध गर्भपतन गर्ने र अवैध सम्बन्धबाट रहेको गर्भको बच्चा जन्माउनु परे क्लिनिक नजिकै रहेको ग्रीनक्रस अस्पतालमा लग्ने गरेको खुलेको छ। अवैध गर्भपतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर अन्यत्र व्यवस्थापन गर्ने गरेको बुझिएको छ।

उनले विराटनगरमा ४ वटा, काठमाडाैँमा एउटा घर र करोडौं रुपैयाँको अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। डाक्टर कर्णकी श्रीमती सरिता कर्णका नाममा विराटनगर–७ स्थित कोशी अस्पताल अगाडि १६ धुर जग्गामा साढे ४ तले घर छ। उनका परिवार विराटनगर–२ सोमबारे हाट (तीनपैनी चोक) मा रहेको घरमा बस्दै आएका छन्। उनको ३ तले घर रहेको छ।

विराटनगर– ७ वीरेन्द्रसभा गृह अगाडि एउटा घर छ भने ७ नम्बर वडा अस्पताल चोक नजिक डाक्टर कर्णको निजी क्लिनिक दीपेश मेडिकल हल रहेको घर जग्गा पनि उनैको हो। त्यहाँ १७ धुर जग्गामा रहेको एक तले घर छ। उनले मान्छे हेरेर अवैध गर्भपतन गराए बापत रकम लिने मात्र नभई शिशु सम्बन्धी कारोबार यहाँबाट गर्दै आएको खुल्न आएको छ।

काठमाडौँस्थित बुढानीलकण्ठमा १० आना जग्गामा घर निर्माणाधीन अवस्थामा छ। मोरङको बुढीगंगा गाउँपालिस्थित हात्तिमुढामा अडाई बिघा सरिताको नाममा छ भने राजविराजमा समेत जग्गा रहेको बताइएको छ। डाक्टर कर्णका परिवार तथा नातागोताको सम्पत्ति खोज्ने काम गरिरहेको प्रहरीले जनाएको छ।

२०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पद समालेका थिए। छोटो समयमै अस्वाभाविक गतिमा चलअचल सम्पत्ति आर्जन गरेको हुनसक्ने आशंकामा डाक्टर कर्णमाथि अनुसन्धान अघि बढाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले डाक्टरसहित पक्राउ परेका ६ जनाको अनुसन्धान भई सरकारी वकिललाई अभियोग पत्र बुझाएपछि डाक्टरको सम्पत्तिको पनि छानबिन सुरु हुने बताए।

सम्पत्ति शुद्धीकरण विभागमार्फत डाक्टर र उनका परिवार तथा नातागोताको सम्पत्ति छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइने छ। भूमि सुधार मन्त्रालय (मालपोत) र राष्ट्र बैंकमा पत्र पठाएको बताउँदै, डिएसपी दाहालले भने, ‘यो घटनाको मुद्दा सरकारी वकिललाई बुझाएपछि मात्रै सम्पत्तिबारे अनुसन्धान थाल्ने छौं। दुई वटा कार्यालयमा पत्र पठाएर डाक्टरसहित उनका परिवार तथा आफन्तको सम्पत्तिको विवरण खोज्ने कार्य भएको छ।’ 

साउन ३२ गते भोजपुरकी २६ वर्षीय एक युवतीले आफ्नो प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डाक्टर कर्णका विरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि घटना बाहिरिएको थियो।

अविवाहित जोडीबाट असार १४ गते डाक्टर कर्णमार्फत ग्रीनक्रस अस्पतालमा नर्मल डेलिभरीबाट बच्चा जन्मिएको थियो। जन्मिएको बच्चा (छोरी) लाई बच्चाका बुवा गोविन्द र डाक्टर मिलेर बेपत्ता बनाएको भनेर जाहेरी दिएकी थिइन्।

प्रहरीले अनुसन्धान थालेपछि बेपत्ता बनाएकी एक दिने शिशुलाई ५ लाख रुपैयाँमा खरिदबिक्री गरेको खुलेको हो। मोरङको कटहरी गाउँपालिका–२ की दीलमाया राजवंशीलाई कर्णसहितको टोलीले बेचेको प्रहरीले बताएको छ।

घटनामा संलग्न भएको आरोपमा बच्चाका बुवा गोविन्द, डाक्टर कर्ण, ग्रीनक्रस अस्पतालकी सुधा राजवंशी, कटहरीकी ४६ वर्षीया दिलमाया राजजंशी उनका छोरा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया निर्मला यादवलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस