गत वर्ष यस समयमा जुम्लाका किसानहरू नयाँ बाली लगाउन व्यस्त थिए। भदौ महिनाको सुरुवातसँगै जुम्ली किसानहरुलाई बाली लगाउने चटारो पर्थ्यो। गहुँ, जौँ लगाउने, आलु निकाल्ने कार्यमा यहाँका किसानहरु व्यस्त हुन्थे। किसानहरुमा नयाँ बाली लगाउने उत्साह थियो। मुहारमा मुस्कान थियो।
तर यस वर्ष किसानका मुहारबाट मुस्कान खोसिएको छ। कारण हो लम्पी स्किन। असार ताका सिँचाइको समस्याका बीच मल–बीउ अभावले बेलामा रोपाइँ गर्न नसक्ने किसानलाई यसपालि लम्पी स्किनको पनि मारमा पर्यो। महामारीका रूपमा फैलिएको लम्पी स्किनले गोरु धमाधम मर्न थालेपछि सिँचाइ सुविधा भएकै कतिपय ठाउँमा मध्य असारसम्म रोपाइँ हुन सकेको थिएन।
अहिले भदौ महिनाको एक साता बित्न लागि सक्दा पनि यो समस्या जिउकातिउ छ। अझ रोगले थप आक्रामक रूप लिएको छ। गाई गोरु मृत्यु सङ्ख्या बढी नै रहेको छ। गाईबस्तुमा लाग्ने यस रोगका कारण देशैभरका हजारौं पशुचौपयाको मृत्यु भइसकेको छ भने लाखौंको संख्यामा बिरामी परेका छन्।
जिल्लाको अवस्था हेर्ने हो भने गोरु र गाईमा बढी मात्रामा लम्पी स्किन रोगको प्रकोप देखिएको छ। बाली लगाउने गोरु नै बिरामी र मृत्युको चपेटामा परेपछि यहाँका किसानहरुको बाली अझैसम्म पनि अनिश्चित बनेको छ।
सोही वडाका नैरबहादुर रावतको पनि उस्तै गुनासो छ। लम्पी स्किन रोग महामारीले धेरै नोक्सानी गर्यो, धेरैका गोठ नै रित्तो भए। एकै किसानका ६ देखि ७ गाईगोरु मरेपछि गोठ रित्तिएका छन्।
यो रोग लागेपछि गाईबस्तुमा अत्यधिक ज्वरो आउने, घाँटी, खुट्टा, पेट लगायतमा गिर्खा देखिने हुन्छ। पशु प्राविधिकको सल्लाह अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउने, गोठखोर वरिपरि सफा राख्ने आग्रह गरिएको छ।
सिंजा गाउँपालिका-६ वडा अध्यक्ष लालबहादुर बुढा भन्छन् 'किसानहरु रोगका कारण मारमा परेका छन्। अरू कमाई केही छैन, यहीँ कृषि कर्म गरेर जिविका चलाउने किसानलाई चुनौती भयो। एक वटा जोत्ने गोरु पनि न्यूनतम २० देखि २५ हजार पर्छन्। किसान पिडामा छन्।'
उनले रोगको समस्या समाधान गर्न गाउँ कार्यपालिकामा यो कुरा टेबल गर्ने प्रतिबद्धता समेत जाहेर गरे। यता पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जुम्लामा पनि यो रोग फैलिएको नियन्त्रणमा लिन धौधौ भएको सुनाउँछन्।
हाल सम्म यस रोगका कारण कर्णाली प्रदेशका १० जिल्लाका ९ हजार ६ सय २० पशुचौपाय मरेका छन्। भने जुम्लामा ३ सय ६५ वटा पशुचौपायको मरे। जुम्लाका १२ हजार ३ सय १५ वटा पशुचौपाय संक्रमित रहेको पशु सेवा अस्पताल कार्यालयको तथ्यांकमा छ।
जुम्लाका ८ वटै स्थानीय तहका खोप पुगेको छ। जुम्लामा झण्डै ३ लाख बराबरको खोप पुगेको प्रमुख बुढ्थापाले बताए।

किसानहरुको एउटै आशा छ गोरुमा लागेको रोग सन्चो होला, गोरु तङ्ग्रिएला र बाली लगाउँला। अझ गोरुको मृत्यु भइसकेका किसानहरुको आशाको दियो निभिसकेको छ।यिनै समस्यामा पिरोलिएका छन् जुम्लाको सिंजा गाउँपालिका-६ जोडु गाउँका हरिबहादुर बुढा। उनको दुई हलगोरु लम्पी स्किन रोगले मरे। खेतीपाती गर्ने सिजनमा लम्पी स्किनका रूपमा संकट आइपरेको उनी सुनाउँछन्।
'लम्पी स्किनले गोरु मरे, अब बाली कसरी लगाउनु ? बाली लगाऊ गोरु छैन, गोरु किनौँ सकिँदैन।' उनले गुनासो गरे।अर्को किसान मनजिते बुढाले भन्छन् 'गाउँका खेतका गह्राहरुमा अग्ला कान्ला भएका कारण आधुनिक ट्र्याकटर लैजान असम्भव छ। कतिपयले आफैंले गोरु पालेका कारण पनि ट्याक्टरको बन्दोबस्त गरेका छैनन् र ट्याक्टरलाई तिर्ने पैसा पनि छैन। लम्पी स्किन रोगले गाईगोरु धमाधम मर्न थाले पनि गडा-सडा (खेतवारी) कसरी जोत्न समस्यामा परेको छ।'
सोही वडाका नैरबहादुर रावतको पनि उस्तै गुनासो छ। लम्पी स्किन रोग महामारीले धेरै नोक्सानी गर्यो, धेरैका गोठ नै रित्तो भए। एकै किसानका ६ देखि ७ गाईगोरु मरेपछि गोठ रित्तिएका छन्।
'संक्रमण भएका गाईगोरु पनि घाँस खानै नसक्ने अवस्थामा छन्। कुनैको शरीरभरि खटिरा फोका र दाग छ, तीन हल गोरु मरिसके। स्थानीय रामबहादुर रोकायाले सुनाए। गाईगोरु छट्पटाउँदै मरे, चाहेर पनि उद्धार गर्न सकिएन।' उनले दुखेसो पोखे।रोगका कारण गाईगोरु धमाधम मर्न थालेपछि तिनीहरूको व्यवस्थापनमा पनि समस्या देखिएको छ। वन पाखा,नदी खोलानालासहित सार्वजनिक स्थलहरुमा गाईगोरु बेवारिसे रूपमा फालिएका छन्।