क्रान्तिकारी कम्यूनिष्ट पाटी नेपालले प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई घुसको मागेको आरोप लगाएको सोमबार भिडियो सार्वजनिक भयो। पीडित कार्यालयकै करार महिला कर्मचारीलाई खडा गरेर प्रमुख प्रशाकिय अधिकृत पौडेलमाथी क्रान्तिकारी कम्यूनिष्ट पाटी नेपालको समूहले हुलहुज्जत गरेको भिडियोमा देखिन्छ।
क्रान्तिकारी कम्यूनिष्ट पाटी नेपालका कार्यकताले भष्ट्रचार गरेको आरोप लगाउँदै प्रमुख प्रशासकिय अधिकृत विरुद्ध कार्यालय भित्र नारावाजी गरेको देखिन्छ। भिडियोमा नेतृत्व गरेका कार्यकर्ताले घुस काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले दोषीलाई कानुनी कारबाहीमा ल्याउँन पर्ने माग बाँसगढी नगरपालिका कार्यालय परिसरबाट गरेका छन्। ‘मैले घुस मागेको भिडियो वा रेकर्ड हुन पर्यो,नत्र आरोप लगाउँन पाउँनु हुन्न।’ प्रमुख प्रशासकिय अधिकृत भनेको भिडियोमा सुनिन्छ। आरोप लगाएकी कार्यालयकै महिला कर्मचारीले भनेकि छन्,‘फर्जी बिल बनाएर ल्याउँन भनेर मलाई टर्चर गरेर १ लाख ३५ हजार मागे।’ उता, लामो समय देखि नगर प्रमुख खड्क बहादुर खड्का र कार्यालय प्रमुख पौडेल विच मनमुटाव उत्र्कषमा रहेको समेत खुलासा भएको छ।
प्रमुख र कार्यालय प्रमुख विवादका कारण निर्माण भइसकेका भौतिक निर्माणको कामको भुक्तानी हुन नसकेको समेत गुनासो व्याप्त छ। लामो समयदेखि नीतिगत निर्णय गर्न नसक्दा बाँसगढी नगरपालिकामा विकास निर्माण पछि परेको चौतर्फी आलोचना भइरहेको छ। नीति नियममा टेकेर निर्णय गर्न पर्ने अधिकृत पौडेलले अडान लिदै आएका पौडेलमाथी जनप्रतिनिधिसँगको मनमुटाव उत्र्कषमो पुगेको कर्मचारीको स्रोतका दाबी छ।
नगर प्रमुख खड्काले आफू अनुकुल हाकिम नचलेको सार्वजनिक रुपमा बताउँदै आएका थिए। एमालेका तर्फबाट नगर प्रमुखमा बिजयी बनेका खड्काले पौडेलको सरुवा गर्न काठमाडौं धाईरहेको समेत खुलेको छ। मन्त्रालयमा अर्को पाटीको सरकार भएका कारण सरुवा नहुँदा नगर प्रमुख र कार्यालय प्रमुख टसल हुदा हुदै फर्जी विल बनाउँन लगाएको आरोप कार्यालय प्रमुख पौडेल माथी लागेको हो। भिडियो सार्वजनिक गरे लगत्तै प्रमुख प्रशासकिय अधिकृत पौडेलसँग फोन सम्र्पकमा छैनन्। कार्यालयको फोनमा लगातार घन्टी गएपनि सम्र्पक हुन नसकेको हो।
नगर प्रमुख खड्काले प्रमुख प्रशासकिय अधिकृतसँग कुनै मनमुटाव नरहेको बताए। ‘जोले जे भनेपनि मेरो प्रमुख प्रशासकिय अधिकृत स्वाहार्द व्यवहार गरेको थिए,’ उनले भने।