रुकुम (पश्चिम) बाट नेपालगन्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रो बस राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलास्थित सडकदेखि तल जंगलमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा रुकुम (पश्चिम) को सानोभेरी गाउँपालिका –११ बस्ने वर्ष ६० का कमारो कामी र सल्यान दार्मा गाउँपालिका –२ बस्ने वर्ष ३६ का खुम बहादुर खत्री रहेका छन्।
घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुर लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए। श्रेष्ठका अनुसार माइक्रो बसमा १६ जना यात्रु सवार थिए। बाँकी सामान्य घाइतेहरूको सल्यानमै उपचार भइरहेको छ।
घटनाको वास्तविक छानविनका लागि प्रहरी टोली घटनास्थलमा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।