भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण
०२ भदौ २०८०
•
२ मिनेट पाठ
भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण
धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन्। जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ।




सडक कुनापट्टि र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचना जोखिममा परेका छन्। सडक भाँसिएर चिराचिरा परेको छ। सिरानबजार क्षेत्रमा आवातजावत गर्नै डरमर्दो भएको छ। भासिएको ठाउँबाट पानीभित्र पसेर सडकमा परेको चिरा बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्। पैदल हिँड्न र गाडी हिँडाउन पनि निकै जोखिम रहेको स्थानीय देवी थापामगरले बताए।

हुन त यसअघि सडक मर्मत नभएको होइन। थोेपलखोला किनारबाटै बग्न सुरु गरेको जमिनमा देखावटी मर्मतले बर्सेनि जोखिम बढ्दै गएको हो। भासिन थालेको जमिन नै पत्ता लगाएर मर्मत थाल्नुपर्नेमा माटोले पुरेर तारजाली लगाउने र त्यही माथि कालोपत्र छापिदिने काम भइरहेकाले हरेक वर्ष समस्या दोहोरिएको स्थानीय गणेशकुमार श्रेष्ठको भनाइ छ।

‘यो बाटो विसं २०७२ मा भूकम्प गएको बेलादेखि भासिन थालेको हो। यसको मर्मतको नाममा दुहुनो गाई पालेजस्तो भएको छ’, श्रेष्ठले भने, ‘बजेट हाल्ने र सिध्याउने काममात्रै भएको छ यसको दीर्घकालीन मर्मत भएन भने ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था छ।’

सडक भासिएको क्षेत्रमा पुरूवा माटो भएका कारण जोखिम झनै बढेको पनि स्थानीयले बताएका छन्। माटोसमेत परीक्षण गरेर दीर्घकालीनरूपमै यसको मर्मत गरिदिन स्थानीयले माग गरेका छन्। साँघुरो स्थानलाई डाइभर्सन गरेर फराकिलो सडक बनाइएका कारण धादिङबेँसीको सिरानबजार चौतारोभन्दा माथिको भागमा पटक–पटक सडक चिरा पर्ने समस्या देखिने गरेको छ। 

मुख्यमन्त्रीद्वारा निरीक्षण

भासिएको सडकको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज निरीक्षण गरेका छन। सिरानबजारमै आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडकको निरीक्षण गराएका हुन्।

निरीक्षणपछि मुख्यमन्त्री जम्कट्टेलले विपद् कोषको बजेटबाट तत्काल मर्मत गरिदिने बताए। उनले सडक भासिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल मर्मतका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशनसमेत दिए।सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दीर्घकालीन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने बताए। 
अर्को समाचार
नगरपालिकाको ३१ करोड बेरुजु
१८ साउन २०७९
•
३ मिनेट पाठ
नगरपालिकाको ३१ करोड बेरुजु
सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकाको कार्यालय भवन।
स्वमूल्याङ्कन प्रणालीमा देशकै उत्कृष्ट बनेको धादिङको नीलकण्ठ नगरपालिका बेरुजु फछ्र्यौटमा भने पछि परेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा नीलकण्ठ नगरपालिकामा १६ दशमलन १ प्रतिशत बेरुजु देखिएको हो।




प्रतिवेदन अनुसार लेखा परीक्षण भएको १ अर्ब ९३ करोड ७० लाख ३६ हजारमा ३१ करोड ४४ हजार बेरुजु देखिएको छ। स्थानीय तह सुशासन स्वमूल्यांकनमा नीलकण्ठ नगरपालिकाले ९७ अंक पाएर देशकै उत्कृष्ट बनेको थियो। सामाजिक सुरक्षा भत्ता वितरणमा मात्रै २१ करोड बराबरको बेरुजु छ।

वडा नं. २ को वडा कार्यालय भवनमा ३६ लाख र आन्तरिक श्रोतबाट राखिएका करारका कर्मचारीले खाएको तलबमा १ करोड २० लाख बराबरको बेरुजु देखिएको छ। भैरबी मन्दिर निर्माणमा भएका खर्चको कागजात नै नभेटेर पनि बेरुजु रकम बढेको छ। नगरपालिकाले भने २५ करोड बराबरको बेरुजु फछ्र्यौटमा गइसकेको जनाएको छ।

‘सामाजिक सुरक्षा भत्ता फछ्र्यौट ढिला भएको, २ नं. वडा कार्यालयको विवाद र करारका कर्मचारीलाई खुवाइएको तलब हेरफेर नभइसकेकोले बेरुजुको भोलुम ठूलो देखिएको हो, उल्लेख्य बेरुजु भन्ने छैन’, नीलकण्ठ नगरपालिकाका लेखा अधिकृत भुमिराज श्रेष्ठ भन्छन्, ‘२५ करोड जति फछ्र्यौटमा गइसकेको छ।’ प्रमाण भेटिएपछि बेरुजु फछ्र्याैट समितिमा प्रमाणित गराएर फछ्र्याैटमा लगिने श्रेष्ठले बताए।

धादिङको १३ स्थानीय तह मध्ये सबैभन्दा धेरै बेरुजु देखिएको पनि नीलकण्ठमै हो। नेत्रावती डवजोङ गाउँपालिकाको भने ० दशमलव १२ प्रतिशत मात्रै बेरुजु देखिएको छ। यो जिल्लाको सबैभन्दा कम हो। त्यस्तै रुविभ्याली गाउँपालिकामा १० दशमलव ०२ प्रतिशत, गजुरीमा ८ दशमलव ७४, गल्छीमा ७ दशमलव ९४, धुनिबेसी नगरपालिकामा ६ दशमलव ७५ प्रतिशत बेरुजु छ।

त्रिपुरा सुन्दरी गाउँपालिकामा ५ दशमलव ४७, सिद्दलेकमा ४ दशमलव १, ज्वालामुखीमा ३ दशमलव ८०, खनिवासमा ३ दशमलव ३६, गंगाजमुनामा २ दशमलव ७८, थाक्रेमा २ दशमलव ६३ र वेनिघाट रोराङमा १ दशमलव ६९ प्रतिशत बेरुजु रहेको महालेखाले औल्याएको छ।

महालेखाका अनुसार आर्थिक कारोबार वा खर्च गर्दा विद्यमान ऐन, कानून, नियम, परिपत्र, निर्णय पालना नगरी वा रित नपुर्‍याइ गरिएको खर्च, प्रविधि स्टटमेट विपरीतको काम, भुक्तानी गर्न आवश्यक कागजात तथा तोकिएको प्रक्रिया पुरा नगरी गरिएको भुक्तानी, कानून बमोजिम बुझाउनुपर्ने दायित्व नबुझाएमा बेरुजु रहन्छ। सरकार हाँक्नेहरूकै लापरवाहीले प्रत्येक वर्ष घट्नुपर्ने बेरुजु बढ्दै गएको छ।

‘कुनै भुक्तानी लिने प्रकृयामा हुन्छ केही काम फछ्र्याैट नगरेको अवस्थामा हुन सक्छ’, लेखा परीक्षक गाेकुल रुवाली भन्छन्, ‘यसरी बेरुजु बस्नु प्रशासकीय कमजोरी नै हो।’ जानकारहरुका अनुसार १६ प्रतिशत बेरुजुलाई सामान्य मान्न मिल्दैन। ‘करोडको कारोबारबाट हजारमा बेरुजु देखिनुलाई त्यत्ति ठूलो मानिदैन। तर अर्बको हिसाबमा करोडको बेरुजु आउनुलाई असाध्यै ठूलो मानिन्छ’ रुवालीले भने।

बेलैमा कडाइ गरेर विल भर्पाइ लिन सकिन्थ्यो। भागबण्डा नमिलेर अथवा आर्थिक प्रलोभनमा परेर कडाइका साथ नियन्त्रण गर्न नसक्दा बेरुजु बस्ने गरेको रुवालीले बताए। ‘भाग छुट्याएकै छ, सबैकुरा मिल्छ भनेर समिति वा ठेकेदारहरु बस्छन्। पाइहाल्छु किन कडाइ गर्ने, सबै कागजात आएपछि मात्रै काम सकौला भनेर लेखा र प्रशासन ढुक्कले बस्छ। अन्तिममा कागजात (विल भरपाई) बुझाउन सक्दैन। बेरुजु बस्नुको मुख्य कारण यही हो,’ रुवाली भन्छन्, ‘भागवण्डामा हिसाब किताब नमिलेको बेला पनि बेरुजु बस्ने गरेको धेरै देखेको छु।’

महालेखाले बेरुजुलाई मुख्य रूपमा असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बेरुजु गरी तीन किसिमबाट वर्गीकरण गर्दै आएको छ। यी मध्ये असुल गर्नुपर्नेमा पर्ने बेरुजु सबैभन्दा बढी अनियमितता भएको बेरुजु हो। चरम भ्रष्टाचार र कुशासन मौलाएको ठाउँमा बेरुजु बढी देखिने लेखापरीक्षक नारायणप्रसाद पण्डित बताउँछन्।

सरकारमा पुग्ने सबै राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकता भने ठूलो मात्रामा बेरुजु देखिनुले मुलुकमा सुशासन कमजोर बनेको संकेत गर्छ। महालेखाले औंल्याएका र दिएका सुझावलाई सरकारी निकायहरूले गम्भीर रूपमा लिनुपर्ने पण्डितको भनाइ छ। आर्थिक वर्षको सुरुमै रकम दिने र बेलैमा फछ्र्याैट गर्ने परिपाटी बसाउने हो भने बेरुजु कम गर्न सकिने उनले बताए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस