सुनसरीको बराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य सामूहिक राष्ट्रिय गान गाउनुपर्ने नियम बनाएका छन्।
कर्मचारीहरुले बिहान १० बज्नुभन्दा केही समय अघि नै आएर ठीक १० बजे सामूहिक रुपमा राष्ट्रिय गान गाएर अनि मात्र आफ्नो फाटमा जानुपर्ने नियम लागू गरिएको हो।
बराहक्षेत्र नगरपालिका सूचना अधिकारी गौरी रायका अनुसार कर्मचारीहरुलाई ठीक समयमा कार्यालय आउने, कार्यालय पोशाकमा आउन प्रोत्साहन गर्न र कार्यालयको नियमित कामसँगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पूर्ण रुपमा जिम्मेवार बनाउन राष्ट्रिय गान गाउनुपर्ने नियम लागू गरिएको हो। यो नियम बुधबारदेखि लागू लगिएको हो।
‘यो नियम कुनै नौलो होइन, तर हरेक कर्मचारीहरुले राष्ट्रिय गान गाएर आफ्नो फाटमा जिम्मेवारी लिन पुगेपछि राष्ट्रप्रति भाव जागेर सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरु उत्साहित हुन्छन भन्ने मान्यता छ,’ सूचना अधिकारी रायले नागरिकसँग भने, ‘यसरी हरेक दिन राष्ट्रिय गान गाउँदा हरेक कर्मचारीमा राम्रो आचरण पनि बस्छ।’ यो नियम नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य लागू हुनेछ।
बराहक्षेत्र नगरपालिका र वडा कार्यालयमा गरि दुई सय ५० हाराहारी कर्मचारी रहेका छन्। सूचना अधिकारी रायले अहिले सुरुवातमा नगरपालिकामा अनिवार्य लागू गरिएपनि वडा कार्यालयमा भने पत्रचार गरि सकिएको छैन्। तर, वडा कार्यालयका कर्मचारीहरुले पनि राष्ट्रिय गान गाएर मात्र आफ्नो जिम्मेवारी सम्हाल्न सक्नेछन्।