राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाको मुद्दामा फैसलाको पूर्ण पाठ नआउँदै कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीलाई दिएको आम माफीमा सर्वोच्च अदालतले प्रश्न उठाएको छ। सर्वोच्चले बुधबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै प्रश्न उठाएको हो।
राष्ट्रपतिले उनलाई आममाफीको फैसला दिएपछि डिल्लीबजार कारागारमा रहेका रेसम चौधरी छुटिसकेका छन्। सर्वोच्च अदालतले गत २०८० जेठ २ गते चौधरीको मुद्दामा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले फैसला सुनाएको थियो। त्यसको पूर्ण पाठ बुधवार साँझ मात्र आएको हो ।
तर बुधबार सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा टीकापुर घटनामा रेसम चौधरीको संलग्नतालाई लिएर गम्भीर प्रश्न उठाइएको छ । जन्मकैद आममाफी गर्ने सरकारी निर्णयप्रति सर्वोच्चले आपत्ति जनाएको छ।
सर्वोच्चको फैसलाको पूर्ण पाठमा भनिएको छ “फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीति अन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्यमान्यता र कानुनी व्यवस्था समेतको उल्लङ्घन र उपहास हुने गरी माफी मिनाहा दिने समेतको कार्य गर्नु, मुलुकको संविधान कानुन र न्यायको मान्य सिद्धान्त समेतको हाकाहाकी विपरीत हुने देखिन्छ।”
सर्वोच्चको फैसलामा रेसम चौधरीको मुद्दामा राजनीतिको पछ्यौरी ओढेको पनि आरोप लगाइएको छ। राजनीतिक सौदाबाजी वा अन्य कुनै कारणबाट राजनीतिक पछ्यौरीले छोपी विषयवस्तुलाई दिशान्तर गरी कसरजन्य कार्यको कारबाही प्रक्रियालाई न्यायिक निष्कर्षमा पुर्याउन अवरोध सिर्जना गरिएमा फौजदारी न्यायमा गम्भीर विचलन पैदा हुने सर्वोच्चले व्याख्या गरेको छ।
सर्वोच्चले सो घटनालाई ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ।
निर्दोष र निहत्थाको अकारण र सामूहिक ज्यान लिनेजस्तो कार्यलाई राजनीतिक वा अन्य कुनै बाहना वा आवरणमा कसुरदारले उन्मुक्ति पाउन सक्ने मानिएमा संवैधानिक शासन व्यवस्था अन्तर्गत नागरिकको जिउ, धन, स्वतन्त्रताको संरक्षण गर्ने प्रमुख दायित्व भएको राज्य आफ्नो कर्तव्यबाट च्युत हुने पनि फैसलामा भनिएको छ।
“यसले पीडित झन् पीडित हुने र पीडक रवाफका साथ खुला हिँड्न पाउने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुनजान्छ,” पूर्ण पाठमा भनिएको छ। चौधरीलाई माफी दिने जस्ता ‘घटना’ले मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने र आवाजविहीन, निर्बल तथा निरीह नागरिकको जिउ ज्यान सधैँ जोखिममा रहने सर्वोच्चको फैसलामा भनिएको छ।
'रगतमा लत्पतिएका हातहरुले राजनितिक संरक्षण प्राप्त गरेमा मुलुकको फौजदारी कानुनले निषेध गरेका अपराधिक कार्य गरेका व्यक्ति नै ठुल्ठुलो आवाजका साथ निष्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुन जान्छ,' फैसलामा भनिएको छ, 'अपराधको राजनितिकरणले प्रचलित फौजदारी कानुनले निषेध गरेका जघन्य फौजदारी कसुरलाई समेत राजनितिक रंग दिएर राज्यशक्तिमा पहुँच पुर्याउन सक्ने कसुरदारलाई फौजदारी दायित्वबाट उन्मिुक्ति प्रदान गर्ने कुचेष्टा गरेको छ।'
रेशम चौधरीकै नेतृत्वमा भएको टिकापुर घटनालाई सर्वोच्चले पनि ‘क्रूर र अमानवीय तरिकाले ज्यान मारेको’ भनेर व्याख्या गरिदिएपछि सजाय माफी हुने निर्णय फेरि उल्टिने सम्भावना रहेको छ।
चौधरी रिहा भएपछि उनी विरुद्ध घटनाका मृतक परिवारले हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसको फैसलाका क्रममा अहिलेको पूर्ण पाठ नजिरको रूपमा हुनसक्ने र रेशम चौधरीको आममाफीको सरकारी निर्णय ब्यूतिन सक्ने कानूनवीदहरुले बताइरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ व्यवस्थामा टेकेर आममाफीको दिएका हुन। धारा २७६ भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’
संविधानले कानुन अनुसार मात्रै माफी मिनाहा र मुल्तबीको विषय औँल्याएको छ । त्यसका लागि मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था छ । जस अनुसार, अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुलतबी राख, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिन सक्नेछ ।
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।
जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।
मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।
घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।
जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।
यसैगरी, तेस्रोमा प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।
यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।
महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।
बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।
त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।
काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।
हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।
जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।
घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।
स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।
घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।
उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।
जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।
घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...