‘विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन पनि लैगिंकमैत्री वातावरण नीति चाहिन्छ’
३० साउन २०८०
•
३ मिनेट पाठ
‘विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन पनि लैगिंकमैत्री वातावरण नीति चाहिन्छ’
नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनका लागि व्यापारमा पनि लैगिंकमैत्री तथा उत्तरदायी नीति र कार्यक्रम अघि सार्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।




राजधानीमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियन (इयु) को नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) को सी ट्रेड इनिसियटिभ्स्को संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमका वक्ताहरूले नेपाल विकासोन्मुक मुलुकमा अघि बढ्नका लागि पनि लैगिंकमैत्री व्यापार नीति अघि सार्नुपर्ने  बताएका हुन।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका एसोसिएट इकोनोमिक अफियर्स अफिसर जेम अर्बाेले नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुखमा अघि बढ्न पनि नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताइन्।

‘नीति निर्माताहरूले व्यापार नीतिमा लैङ्गिकताको मुख्य भूमिकामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भनिन् ‘व्यापार सम्बन्धित नीतिमा पनि लैगिंक समानताका विषयवस्तुलाई समेट्न आवश्यक छ।’

आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले भिडियो सम्मेलमार्फत सम्बोधन गर्दै लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति कार्यान्वयन नगरेसम्म महिलाको सशक्त उपस्थिति गराउन नसक्ने बताइन्।

‘महिलाहरुको व्यापार व्यवसायमा हस्तक्षेपकारी भूमिकामा नआएसम्म अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन,’ उनले भनिन् ‘सर्वप्रथम त तथ्यांक संकलनमा ध्यान दिनुपर्ने हुन्छ। अर्काेतर्फ सरकारले पनि महिलालाई सहयोगी खालका कार्यक्रम पनि अघि सार्नुपर्ने हुन्छ।’

उपकार्यकारी निर्देशक टेम्बोले महिलाहरुलाई शिक्षा तथा सशक्तीकरणको मार्फत नै व्यापारिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुर्‍याउनुपर्ने बताइन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले व्यापार नीतिहरुमा पनि लैगिंक मुलप्रवाहीकरणका विषयवस्तुलाई समेटेर अघि बढ्नुपर्ने बताए।

‘सरकारले पनि नेपालको व्यापार तथा अन्य कार्यक्रमका पनि लैगिंकमैत्री वातावरण तयार गर्ने प्रयास गर्दै आइरहेको छ,’ उनले भने ‘सरकारले सार्वजनिक स्रोतसाधनमा पनि महिलाहरुको पनि उत्तिकै सहभागिता गराउन आवश्यक देखिन्छ।’

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालको नीति अघि सार्ने बताए। सहसचिव कार्कीले यस्ता खालका अध्ययनले दिएका सुझावलाई सरकारले आगामी दिनमा नीतिगत व्यवस्था गर्न पनि सहज हुने धारणा व्यक्त गरे।

महिला उद्यमी महासंघका प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुका लागि सरकारले बिना धितो ऋण दिने व्यवस्था गर्नुपर्ने बताइन्।

‘अहिले महिला उद्यमीहरुले कुनै पनि व्यापार व्यवसाय गर्नका लागि सहज रुपमा कर्जा प्राप्त गर्न सकिरहेका छैनन्,’ उनले भनिन् ‘सहरी तथा ग्रामीण क्षेत्रका महिलाले केही उद्यम गर्न पनि आवश्यक पर्ने कर्जा सजिलोसँग प्राप्त गर्न सकिरहेका छैनन्। त्यसैले सरकारले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि बिना धितो ऋण उपलब्ध गराउनुपर्ने आवश्यकता भइसकेको छ।’

प्रथम उपाध्यक्ष ज्ञवालीले सरकारले विशेष नीति ल्याएर महिला उद्यमीलाई लक्षित गरेर बिना धितो कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

युकेएफसिडिओका डेभलपमेन्ट निर्देशक पिप्पा बर्डले महिलालाई व्यापार तथा व्यवसायमा अग्रसर गराउन सकेको खण्डमा घरेलु हिंस्साबाट जोगाउन सकिने बताइन्।

‘महिलालाई उद्यमशीलतातर्फ अग्रसर गराउन सक्ने भने हो भने महिलामाथि हुँदै आएका विभिन्न खालका समस्या पनि निराकरण गर्न सकिन्छ।’
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
११ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
यो पनि पढौँ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस