कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’
२८ साउन २०८०
•
६ मिनेट पाठ
कर्णालीको काल बन्दै  ‘अप्रेसन आवर’
मुगुको ताल्चा विमानस्थलमा जहाज नपाएपछि अलपत्र बिरामी । फाइल तस्बिर: नागरिक
न चामल छ न नुन छ न छ पानी बत्ती




चिलगाडी नि आउन छोड्यो हाम्मा दुःख कति ?

नेता गया काठमाडौंमा, जनता कठै काँ जान

उब्जनी हुँदैन भौती, भोकमरीमा क्या खान ?

मुगुका पत्रकार कविराज कार्कीले जिल्लाको अहिलेको अवस्था समेटिएको देउडा गीत फेसबुकमार्फत सार्वजनिक गरे। कार्कीले लेखेजस्तै अहिले कर्णालीमा खाद्य संस्थानका गोदाम रित्तिएका छन्। काठमाडौंमा सुनका कुरा भइरहँदा कर्णालीमा नुन नपाएर आन्दोलन गरिरहनुपरेको यथार्थता छ। राज्यले कर्णालीलाई अनुदानका नाममा मागिखाने बनाएको छ। त्यसकारण भएका पाखाबारीमा पनि उब्जनी गरिन्न।  

यहीबेला सरकारले कर्णालीमा हवाई उडान ‘बन्द’ गरिदियो। कर्णालीको भौगोलिक विकटता र अवस्था नबुझेर काठमाडौंले नियम लादिदिँदा कर्णाली अहिले छटपटाएको छ। साउन १५ गतेदेखि लागु भएको ‘अप्रेसन आवर’ले कर्णालीले कति दुःख र क्षति बेहोरिरहेको छ भन्ने जान्न हुम्लाका यी दुई घटना काफी छन्।  

हुम्लाको सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीले झाडापखालाले थलिएका सात महिने छोरा रोहितलाई जिल्ला अस्पतालमा भर्ना गरे। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले आइसियुमा राखेर उपचार गर्नुपर्ने भन्दै सुुविधासम्पन्न अस्पताल पु¥याउन सुझाए। राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको छैन। यहाँको एक मात्र विकल्प हवाई सेवा हो। सरकारको नयाँ नियमले अहिले १२ बजेपछि सिमकोट विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर उड्न पाउँदैनन्। थप उपचारका लागि नेपालगन्ज वा सुर्खेत ल्याउने विकल्प सकिएपछि कालीबहादुरले बिरामी छोरालाई घर पु¥याए। बुधबार उनको  मृत्यु भयो।

सिमकोटकै सुरज सुनारका ६ महिने छोरा इमरानको पनि जहाज नचल्दा साउन १८ गते मृत्यु भयो। उनी पनि झाडापखालाले थलिएका थिए। ६ महिने बालकको उपचार आइसियुमा राखेर गर्नुपर्ने थियो। त्यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। त्यहाँका डाक्टर कैलाश लामाका अनुसार सुविधा सम्पन्न ठाउँमा समयमै दुवै बालकलाई लगिएको भए बाँच्ने सम्भावना धेरै थियो। ‘अभिभावकले अस्पताल पु¥याउनेबित्तिकै हामीले चेकजाँच गरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनू भनेर रेफर गरिसकेका थियौं,’ उनले भने, ‘जहाज नचल्दा दुई बालकले ज्यान गुमाउनुप¥यो।’

डा. लामाले जहाज नचलेर उपचार अभावमा बालकहरूको मृत्यु हुँदा अत्यन्तै दुःख लागेको बताए। ‘जहाज नपाएर एक बालकको अस्पतालको बेडमै मृत्यु भयो, अर्का बालकको घरमा लगेपछि मृत्यु भयो,’ उनले भने, ‘आफ्ना सन्तानलाई उपचार गराउन नपाउँदाको पीडा बाबुआमालाई कति होला ?’ उनले जहाज कुर्दाकुर्दै मृत्यु हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए।  

विमान नचल्दा र समयमै विमानको टिकट नपाउँदा आफूले छोरो गुमाएको सुनारले बताए। छोरालाई नेपालगन्ज लान विभिन्न एयरलाइन्सका कार्यालयमा धाए पनि टिकट नपाएको उनले बताए। ‘पहिलेजस्तो दिउँसो जहाज आउँदैनन्, १२ बजेअघि कहिलेकाहीँ आउने जहाजको टिकट पाइँदैन,’ उनले भने, ‘छोरालाई समयमै अस्पताल पु¥याइदिएको भए बचाउन सकिन्थ्यो कि ?’  सिमकोट विमानस्थल १० बजेअघिसम्म कुहिरोले ढाकिएको हुन्छ। १२ बजेपछि सरकारले विमान चलाउन दिँदैन। साबिकको कर्णालीका पाँच जिल्लामध्ये चार जिल्लामा नियमित हवाई उडान हुन्थे।  कालिकोटको सुनथराली विमानस्थल तयार भए पनि सञ्चालनमा आएको छैन। हुम्लाको सिमकोट विमानस्थल, मुगुको गमगढी विमानस्थल, डोल्पाको दुनै विमानस्थल र जुम्लाको जुम्ला विमानस्थलमा बेलुका ५ बजेसम्म जहाज चल्थे। हेलिकोप्टर त अझै ढिलो समयसम्म सञ्चालन हुन्थे।

सरकारले नयाँ नियम लागु गरेसँगै दुनै र गमगढी विमानस्थलमा विमान देखिएका छैनन्। मुगुको छायानाथ रारा नगरपालिकाकी दुर्गा लावट ६ महिनादेखि थलिएकी छन्। जिल्ला अस्पताल मुगुले उनलाई थप उपचारका लागि काठमाडौं जान भनेको छ। दुर्गाका बुवा रामलालले चिलगाडी (जहाज) नआउँदा छोरीलाई ‘ठुलो अस्पताल’ लान नपाएको बताए। ‘यहाँका डाक्टरले तल (काठमाडौं) लैजाऊ भनेका छन्,’ उनले भने, ‘चिलगाडी आउँदैन, बर्खा लागेकाले गाडी पनि आउँदैन, मेरी छोरी अकालमै मर्ने हो कि भन्ने चिन्ता छ।’ उनले चिलगाडी आइदिए एक घण्टामै छोरीलाई नेपालगन्ज पुर्‍याउन सकिने बताए।

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागु हुने गरेर हिमाली तथा पहाडी क्षेत्रका २९ विमानस्थलमा बिहान ६ बजेदेखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। यसको प्रत्यक्ष मार अहिले कर्णालीका नागरिकहरू परिरहेका छन्। नागरिक उड्डयन प्राधिकरणका कर्णालीका जिल्लामा कार्यरत कर्मचारी मात्रै होइन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूले पनि विमान उडानको तालिका परिवर्तन गर्न लिखित पत्र नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला मन्त्रालयलाई पठाएका छन्। ‘कर्णालीका सन्दर्भमा यो अव्यावहारिक निर्णय भयो, सच्याइनुपर्छ भनेका छौं,’ हुम्लाका प्रजिअ श्रीनाथ पौडेलले भने, ‘सडक नै नभएको जिल्लामा ६–१२ बजेसम्म मात्रै विमान चला भन्नु व्यावहारिक मानिँदैन।’ उनले विमान नचल्दा बिरामी, विद्यार्थीलगायत मर्कामा परेको बताए।

बर्खाको समय भएकाले मुगु विमानस्थल बिहान १० बजेसम्म खुल्दैन। कुहिरोले ढाकिएको बेला विमान आउने कुरा भएन। दिउँसो मौसम सफा हुन्छ तर विमान आउँदैन। ‘अप्रेसन आवरमा यहाँको मौसम खुलेको हुँदैन,’ ताल्चा विमानस्थल प्रमुख रोमन भट्टराईले भने, ‘दिउँसो मौसम सफा हुन्छ, अप्रेसन आवरका कारण विमान आउँदैनन्।’ उनले कर्णालीका सन्दर्भमा यो व्यावहारिक नभएको बताए। ‘हामीले कर्णालीको अवस्था, यहाँका जनताका गुनासा केन्द्रीय कार्यालयमा टिपाएका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यसको जवाफ आएको छैन।’

महानिर्देशकले मानेनन् मन्त्री भेट्न

१२ बजेपछि जहाज र हेलिकोप्टर नचल्दा कर्णालीका नागरिकहरूले सास्ती भोग्न थालेपछि यसबारे कुरा गर्न कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी काठमाडौं गए। कर्णालीमा हवाई उडानमा लागेको नयाँ नियमले पारेको असर, नागरिकले खेप्नुपरेको सास्ती र कर्णालीको भूगोल र मौसमबारे जानकारी दिन नागरिक उड्डयन कार्यालय पुगेका उनलाई महानिर्देशक प्रदीप अधिकारीले भेट्न मानेनन्।

‘सुरुमा फोनबाटै कुरा गर्न खोजेको थिएँ, फोन उठेन,’ मन्त्री बिसीले भने, ‘भेट्न जाँदा पनि भेट पाइनँ।’उनले अप्रेसन आवर अव्यावहारिक भएको बताए। बिसीका अनुसार घाँसे मैदान हुँदा लागु भएको निर्णयलाई अहिले आएर फेरि लागु गर्नु जनतालाई दुःख दिने नियत मात्रै भएको हो। ‘उतिबेला विमानस्थलहरू साना थिए, घाँसे मैदान थिए, थोरै हावा चल्दा, पानी पर्दा दुर्घटनाको डर हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेलाको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउनु भनेको जनतालाई सरासर दुःख दिने काम मात्रै हो।’ हिमाली तथा पहाडी क्षेत्रका सबै विमानस्थलहरू कालोपत्रे भइसकेका छन्। रन–वे पनि पहिलेको तुलनामा विस्तार गरिएका छन्। मुगुका कार्कीले जहाज नआउँदाको पीडा र यसले भोलिका दिनमा ल्याउन सक्ने समस्याको संकेत गरेको गीतको तल हुम्लाका भक्त शाहीले कमेन्ट गरेका छन्,

राज्य सत्ता उनैको हो कर्णालीको हैन

दुःख पीडा सिरानी छन्, कहिल्यै मनको भैन

हुन पनि हवाई सुरक्षाका नाममा गरिएको निर्णय कार्यान्वयनअघि कर्णालीलाई एकपटक सोधेको भए, यहाँको भौगोलिक र मौसमको अवस्थाको राम्रोसँग अध्ययन गरेको भए कर्णालीले अहिले पाउँदै आएको दुःख पाउने थिएन।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस