एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति भएको छ। बुधबार बिहान १ बजेतिर विराटनगर महानगरपालिका–१४ मा रहेको प्लाष्टिक उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार सुयश प्याकुरेलको एमएम प्लाष्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको हो। उनले इन्भटरको ब्याट्री सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
प्लाष्टिकका बोतल, डब्बालगायत विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको उद्योगको भुईँ तलमा रहेको ‘युपिएस रूम’ मा आगलागी भएकाे एसपी पोखरेलले जानकारी दिए।
२ वटा युपिएस, २ सय वटा ब्याट्री, एसी, इन्भटर, केबललगायत जलेर नष्ट भई काम नलाग्ने अवस्थामा रहेको उद्योगी प्याकुरेलले जानकारी दिए। उद्योगको भवनमा आंशिक क्षति पुगेको छ।
ब्याट्री पड्किएर आगलागी हुँदा करिब ३ करोड रुपैयाँको क्षति भएको र आगोले उद्योगका कच्चा पदार्थ र तयारी वस्तुमा भने क्षति नपुगेको प्याकुरेलले बताए।
विराटनगर महानगरपालिकाका २ वटा दमकल र नेपाल प्रहरीको सहयोगमा २ घण्टामा आगो नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।