झरी पर्न थालेपछि रोकिएको रोपाइँ सुचारु
२४ साउन २०८०
•
४ मिनेट पाठ
झरी पर्न थालेपछि रोकिएको रोपाइँ सुचारु
वर्षा भएको दाउ छोप्दै रातदिन गरेर रोपाँई सकेको खेत । तस्विरः महेश्वर
सिँचाई असुविधाले रोपाइँ गर्न नपाइरहेका उदयपुरका किसान अघिल्लो बिहानदेखि वर्षा भएसँगै धान रोप्ने चटारोमा छन्। 




पानी अभावमा असार तेस्रो सातादेखि तिर रोपिएका रोपो सरेर हरियो भईसक्दासम्म आधाउधि खेत भने बाँझै थियो। बाँझो खेतमा आइतबार रातिदेखि वर्षा सुरु भएसँगै किसानहरु रोपाँईको दाउ छोपेका हुन्।

दुई दिन अघिसम्म बाँझो जमिन अहिले रोपोले भरिँदै गएको छ। समयमा पानी नपर्दा हुर्किसकेको ब्याड (धानको बिउ) तह लगाउन पनि रातदिन नभनी रोपाँई गर्नु परेको गाईघाटकी किसान फुलकुमारी चौधरीले बत्ताइन्।

दुई बिगाहा जमिनमा खेती लगाउँदै आएकी फुलकुमारीका अनुसार पहिलो चरणको वर्षामा १० कठ्ठामा रोपाँई नसक्दै खेत सुकेपछि रोपाँई रोकिएको थियो। असार दोस्रो सातातिर पहिलो चरण रोपाँई गर्दागर्दै पानी पर्न छाडेपछि उनको खेत त्यत्तिकै छाड्नु परेको थियो। 

एकातिर ब्याड छिप्पिँदै थियो, अर्कातिर रोपाइँको सिजन (बेला) धर्किँदै जाँदा ५७ वर्षीय चौधरीलाई निन्द्रा लाग्नै छाडेको थियो। आफ्नो खेतमा सिँचाई कुलो नभएकाले आकाशे पानीको भरमा बर्सेनि धान खेती गर्दै आएकी उनी आइतबार रातिदेखि पानी पर्न थालेदेखि नै खेत चाहार्न थालेकी थिइन्। सोमबार बिहान हल्का जमेको पानीमा आली बाउसे गर्दै धान रोप्न थालेकी उनको खेत अव ३/४ कठ्ठा मात्र रोप्न बाँकी छ।

‘बल्ल वर्षा हुन थालेको छ, यही बेला रोपाँई गरेन भने धान फल्दैन, त्यसैले छोरा बुहारी र छिमेकी बोलाएर काममा धुराउँदै (काममा जुटाउँदै) छु’ राति अबेरसम्म रोपाई गरेर घर फर्कँदै गरेकी चौधरीले खुसी हुँदै भनिन् ‘अब भोलीसम्ममा त मेरो सबै खेतमा धान रोपी सक्छु। त्यसपछि पानी रोकिए पनि हुन्छ।’

आइतबार रातिदेखि लगातार पानी परिरहेकाले यो बेला किसानले धमाधम रोपाँई गरिरहेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। ज्ञान केन्द्रकी बागबानी शाखा अधिकृत अनु बिसीका अनुसार गएको बुधबारसम्म ७२ प्रतिशत रोपाँई भएको छ।

उनका अनुसार हरेक बुधबार साँझसम्म जिल्लाको कृषि प्रगति विवरण संकलन गरेर बिहीबार दिउँसोसम्ममा मन्त्रालय र विभागमा जानकारी गराउनु पर्ने निर्देशन छ। जस अनुसार यो साता वर्षा भइरहेकाले अब ८० प्रतिशत हाराहारी रोपाँई भइसकेको अनुमान गर्न सकिने उनले बत्ताइन्।

३ दिनयता निरन्तर वर्षा भइरहेकाले यो बीचमा १० प्रतिशत रोपाँई पक्कै भएको अनुमान गरिए पनि तथ्यांक संकलन नगरेसम्म कति प्रतिशत रोपाँई भयो भन्ने कुरा यकिन भन्न नसकिने बिसीले बत्ताइन्। जिल्लाका ८ वटै स्थानीय तहका कृषि शाखासँग हरेक बुधबार साँझसम्मको रिपोर्ट बिहीबार बिहान लिने गरिएकोमा आउँदो बिहीबार मात्र पछिल्लो अपडेट दिन सकिने उनको भनाई छ।

भित्री मधेस, तराई, खोँच र पहाडी भेगको मिश्रित भूभाग समेटिएको उदयपुरमा खेतीयोग्य जमिनको क्षेत्रफल १३ हजार ५ सय ८० हेक्टर रहेको छ। जसमध्ये गत बुधबारसम्ममा ९ हजार ७ सय ७७.६ हेक्टर जमिनमा रोपाँई भइसकेको अधिकृत बिसीले बत्ताइन्। यसरी नै २/३ दिन थप वर्षा भयो भने यस वर्षको रोपाँई साउन मसान्तअघि नै सकिने उनको अनुमान छ। समयमा पर्याप्त पानी नपर्दा रोपाँई गर्न ढिला भए पनि पछिल्लो वर्षाले साउनभित्रै सकिने अनुमान गर्न सकिने उनले बत्ताइन्।

कृषि ज्ञान केन्द्र प्रमुख योगेन्त्द्र यादवले असार सुरुदेखि सुरु गरेर साउन पहिलो साताभित्र रोपाँई सक्नुपर्नेमा यस वर्ष ढिला वर्षा भएका कारण रोपाँई पनि ढिला भएको बताए। सुरुमै वर्षा ढिला भएर असार १५ पछि मात्र रोपाँई सुरु भएकोमा निरन्तर वर्षा नहुँदा झण्डै १५ दिन रोपाँई रोकिन पुगे पनि पछिल्लो वर्षाले फेरि सुचारु भएको यादवले बताए।

यो वर्षाले रोपाँई सकिने अनुमान गरिएको भन्दै उनले केही ढिला भए पनि रोपाँई सकिने तरखरमा पुगेको हाकिम यादव बताउँछन्। उनका अनुसार उदयपुरमा सिँचाई सुविधा भएको जमिन थोरै छ भने आकाशे पानीको भर रोपाँई गर्नुपर्ने जमिन निकै छ। सिँचाई पुगेको खेतमा पनि कुलो मुहानमा प्रशस्त पानीको स्रोत हुनका लागि वर्षा हुनैपर्छ।

समयमा पर्याप्त वर्षा भएन भने खोलामा पानी पर्याप्त नहुने र त्यसले कुलो नचल्ने भएकाले सिँचाई पुगेको खेतमा पनि रोपाँई नहुने प्रमुख यादवले बताए।

‘आकाशे पानीकै भरमा रोपाँई गर्ने खेतमा समयमा वर्षा नहुँदा यस्तो भएको हो’ यादवले भने ‘सिँचाई पुगेका खेतमा चाहिँ कुलो नचल्दा रोपाँई ढिला भयो।’

उदयपुरमा बर्खे र चैते धानको खेती गर्ने गरिएको छ। मंसिरमा पाक्ने बर्खे धान गत वर्ष ५३ हजार ५ सय २४ मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्यांकले देखाएको छ। त्यस्तै चैते धान १ हजार ५ सय ५४ हेक्टर क्षेत्रफल जमिनमा लगाउँदा ७ हजार १ सय ५३ मेट्रिक टन फलेको थियो।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
४९ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस