इलाममा सबैभन्दा बढी जनसंख्या राई जातिको रहेको र नेपालीलाई मातृभाषाका रूपमा प्रयोग गर्नेको संख्या सबैभन्दा धेरै पाइएको छ।
२०७८ सालको जनगणना अनुसार इलाममा कम्तीमा ८२ जातजाति र कम्तीमा ५८ मातृभाषा प्रयोग हुने गरेको पनि पाइएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ७९ हजार ५ सय ३४ रहेकामा राईको संख्या सबैभन्दा बढी ५८ हजार १ सय १३ छ।
दोस्रो स्थानमा रहेको याक्थुङ लिम्बूको ४५ हजार ७, तेस्रोमा रहेको क्षेत्रीको ३८ हजार ८ सय ५६, ब्राह्मणको ३५ हजार ५ सय ६९, तामाङको १९ हजार ७ सय ४६, मगर १४ हजार ५ सय ५१, नेवार १० हजार ५ सय २, विश्वकर्मा ९ हजार ७ सय ८३, गुरुङको जनसंख्या ८ हजार ५ सय ८ छ । परियारको जनसंख्या ४ हजार १ सय ३०, सुनुवार ३ हजार ९ सय ४२ र शेर्पाको ३ हजार ४ सय २३ छ।
यस्तै, जिल्लामा मातृभाषाका रूपमा भने सबैभन्दा बढी नेपाली भाषा प्रयोग हुने गरेको छ। यहाँका १ लाख ५१ हजार ७ सय ६९ जनाले नेपालीलाई मातृभाषा बनाएको जनगणनाको तथ्यांक छ।
नेपालीपछि याक्थुङ लिम्बू भाषा प्रयोग गर्नेको संख्या ३८ हजार २ सय २९, बान्तवा भाषा बोल्ने २१ हजार ६५, राई भाषा १३ हजार ४ सय ५१, तामाङ भाषा १२ हजार ७ सय ८९, मगरधुत ९ हजार ८ सय ३१, चाम्लिङ ३ हजार ५ सय १३ र नेपाल भाषा २ हजार ७ सय ९७ जनाले प्रयोग गरिरहेको पाइएको छ।