यहाँ सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ज्यान गुमाउनेमा सर्लाहीका ४५ वर्षीय रमेश सुवेदी रहेका छन्।
प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको सडक भएर कटारीतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ९१११ नम्बरको मोटरसाइकल उदयपुरगढी गाउँपालिका ५ स्थित सडकमा दुर्घटनामा पर्दा सुवेदी घाइते भएका थिए।
राति करिब ८ः०० बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सुवेदीको उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा ल्याइएकोमा उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो।
प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिचनन्दन चौधरीका अनुसार सुवेदी मोटरसाइकलको पछाडि सवार थिए। चालक सप्तरीका ४५ वर्षीय उपेन्द्र यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।