सोमबार दिउँसोदेखि निरन्तर रुपमा परेको पानीले सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ। मंगलबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ६९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ।
मंगलबार बिहानदेखि निरन्तर रुपमा पानीको बहाव बढिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार पानीको बहाव बढिरहँदा अहिले ५६ वटा ढोकामध्ये २४ वटा खुल्ला गरिएको छ। आवश्यकता अनुसार पानीको बहाव बढेमा अरू ढोका खोलिने कोशी ब्यारेज कन्ट्रोल रुमले जनायो।
सप्तकोशीमा पानीको बहाव बढिरहेपनि अहिलेसम्म पूर्वी तटबन्ध क्षेत्रमा भने कुनै खतरा देखिएको छैन्। पानीको बहाव घटबढ हुँदा पूर्वी तटबन्ध क्षेत्रमा थप खतरा गर्छ।
खतराको तह पार गरेसँगै कोशी ब्यारेजको पश्चिम र पूर्वतर्फ रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ। कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भार वहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।
कोशी ब्यारेजको कुल भार वहन क्षमता ९ लाख क्युसेक छ। पछिल्लो २० वर्षयताको तथ्याङ्क हेर्दा सप्तकोशीमा चार लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन। सन् २००० देखि अहिलेसम्म चार लाख क्यूसेकभन्दा माथि पानी नबढेको कोशी ब्यारेज कन्ट्रोल रुमको रेकर्डमा छ।
सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पुगेको थियो।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चार वटा मानववस्तीमा पसेको थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।
२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काउँदै धार परिवर्तन गरेकोमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो।