भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन्।
बिहीबार राति ठुलो वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन्। पहिरोमा परि बेपत्ता भएका नेपालीहरु मध्य जुम्लाको एकै परिवारका ७ जना समेत रहेका छन्। उनीहरु सबै पातारासी गाउँपालिका–३ का निवासी हुन्।
बेपत्ता हुनेहरुमा चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमती २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साइँली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षीया वकिल बोहरा रहेका छन्। सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत र ४४ वर्षीय बम बोहोरा पनि पहिरोमा बेपत्ता भएका छन्।
यस्तै पातारासी गाउँपालिका-२ पेरेगाउँका धनराज बुढा, चन्द्र कामी र उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले जानकारी दिए। यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे मार्फत गृह मन्त्रालय हुँदै राजदूतावाससम्म उद्धारका लागि पहल गरिएको बताए।