एक बर्षमा ६ सय २२ मातृ मृत्यु, कुन जिल्लामा कति ?(सूचीसहित)
१९ साउन २०८०
•
४ मिनेट पाठ
एक बर्षमा ६ सय २२ मातृ मृत्यु, कुन जिल्लामा कति ?(सूचीसहित)
नेपालमा एकबर्षको अवधिमा ६ सय २२ जनाको मातृ मृत्यु भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुसंगको सहकार्यमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।




जनस्वास्थ्य सरोकार नेपालले नेपाल मातृ मृत्यु अध्ययन २०७८ को प्रतिबेदन देशभरका स्वास्थ्य कार्यालयहरुमा पठाएको छ। प्रतिबेदन अनुसार सबैभन्दा बढी मातृ मृत्युको संख्या लुम्बिनी प्रदेशमा देखिएको छ। लुम्बिनीमा मातृ मृत्यु संख्या १ सय ५८ रहेको छ। त्यसपछि मधेस प्रदेशमा १ सय ३५ जना, कोशी प्रदेशमा १ सय १ जना,बागमती प्रदेशमा ६९ जना,सुदुरपश्चिम प्रदेशमा ६० जना,कर्णाली प्रदेशमा ५४ जना र गण्डकी प्रदेशमा ४५ जनाको मातृ मृत्यु भएको अध्ययन प्रतिबेदनले देखाएको छ। यो २०७८ साल मंसिर ९ भन्दा अगाडि विगत १२ महिनाको तथ्याङ्क हो। प्रतिबेदन अनुसार नेपालमा कूल ६ सय २२ जनाको मातृ मृत्यु पत्ता लागेकोमा ११ जनाको मृत्युको जानकारी केहि अपुग रहेकोले मृत्युको कारण बिश्लेषण गर्न प्रतिबेदनमा ६ सय ११ जनाको मातृ मृत्युलाई आधार मानिएको प्रतिबेदनमा उल्लेख गरिएको छ।  

तर मातृ मृत्युको अनुपातका लागि भने ६ सय २२ मातृ मृत्युलाई नै आधार मानिएको छ। अध्ययन अनुसार नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तश्राव र उच्च रक्तचाप जस्ता रोकथाम गर्न सकिने समस्याका कारणले हुने गरेको देखिएको छ। अध्ययनका क्रममा मातृ मृत्यु निम्त्याउने तीन ढिलाई औंल्याउँदै ढिलाई अन्त्यका आधार समेत केलाईएको छ। स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र प्रेषण संयन्त्रमा सुधार गर्न,आपतकालिन यातायात व्यवस्थापनलाई बलियो बनाउन अध्ययन टोलीले सम्वन्धित पक्षलाई सुझाव दिएको छ। अध्ययन प्रतिबेदन अनुसार मातृ मृत्यु भएका कूल संख्यामध्ये गर्भावस्थामा १ सय ९९ जनाको,प्रसव अवस्थामा ३६ जनाको र सुत्केरी अवस्थामा ३ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै ३ सय ४६ जनाको स्वास्थ्य संस्थामा,२ सय ६५ जनाको गैर स्वास्थ्य संस्थामा र २ सय ३० जनाको सामान्य प्रसुति अवस्थामा ज्यान गएको छ। समयावधि भन्दा ज्यादै ढिलो र घरमा सुत्केरी हुन समस्या परेको तथा बिरामका कारण अन्तिम अवस्था पुगेपछि मात्र स्वास्थ्य संस्था लैजाने गलत प्रवृतिका कारण पनि मातृ मृत्युको संख्या बढी हुने गरेको अध्ययन प्रतिबेदनमा उल्लेख छ।  

दुई जिल्लामा मातृ मृत्यु शुन्य, सबैभन्दा बढी मृत्यु बाँकेमा  

अध्ययन अवधिमा मुस्ताङ र रसुवामा मातृ मृत्यु शुन्य देखिएको छ। सबैभन्दा बढी मातृ मृत्यु बाँकेमा ३६ जना देखिएको छ। सबैभन्दा कम मातृ मृत्यु जुम्ला, रुकुम पूर्व, मनाङ, म्याग्दी र दोलखामा १–१ जना देखिएको छ। प्रदेशगत रुपमा हेर्ने हो भने कोशी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु झापामा २७ जना देखिएको छ। यो प्रदेशमा सबैभन्दा कम मातृ मृत्यु ताप्लेजुङ, संखुवासभा,सोलुखुम्बु, भोजपुर, धनकुटा र तेह्रथुममा २–२ जना देखिएको छ। यो प्रदेशको पहाडी जिल्लामा सबैभन्दा बढी इलाममा ११ जना र पाँचथरमा ७ जना देखिएको छ।  भने मोरङमा १८ जना,सुनसरीमा १६ जना र उदयपुरमा ४ जनाको मातृ मृत्यु भएको छ।

मधेस प्रदेशमा सबैभन्दा बढी सर्लाहीमा २८ जनाको मृत्यु भएको छ । सबैभन्दा कम महोत्तरीमा ९ जनाको मृत्यु भएको छ। यो प्रदेशका जिल्लाहरुमध्ये सप्तरीमा १५ जना, सिराहमा १६ जना, धनुषामा १९ जना, रौतहटमा २३ जना, बारामा ११ जना र पर्सामा १४ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा १८ जनाको मृत्यु भएको छ। सबैभन्दा कम दोलखामा १ जनाको मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोकमा ४ जना,धादिङमा ६ जना,नुवाकोटमा ३ जना, भक्तपुरमा २ जना, ललितपुरमा ८ जना, काभ्रेपलाञ्चोकमा ४ जना, रामेछापमा २ जना, सिन्धुलीमा ८ जना, मकवानपुरमा ७ जना र चितवनमा ६ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीमा १३ जनाको मृत्यु भएको छ।  

सबैभन्दा कम मनाङ र म्याग्दीमा १–१ जना तथा गोरखामा ४ जना,लमजुङमा ३ जना,तनहुँमा ५ जना,नवलपरासी पूर्वमा ४ जना,स्याङ्जामा ६ जना,पर्वतमा ५ जना र बाग्लुङमा ३ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बाँकेमा ३६ जनाको मृत्यु भएको छ । सबैभन्दा कम रुकुम पूर्वमा १ जनाको मृत्यु भएको छ। यो प्रदेशमा रोल्पा र प्युठानमा ६–६ जना,गुल्मीमा ७ जना,अर्घाखाँची र पाल्पामा ४–४ जना,पश्चिम नवलपरासीमा ७ जना, रुपन्देहीमा ३० जना, कपिलवस्तुमा २८ जना, दाङमा १५ जना र बर्दियामा १४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी सुर्खेतमा १० जनाको मृत्यु भएको छ। सबैभन्दा कम जुम्लामा १ जनाको मृत्यु भएको छ। यो प्रदेशका डोल्पामा ३,मुगुमा २,हुम्लामा ४, कालिकोट र सल्यानमा ८–८ तथा दैलेख, जाजरकोट र रुकुम पश्चिममा ६–६ जनाको मृत्यु भएको छ।  

सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा १८ जनाको मृत्यु भएको छ। यो प्रदेशमा सबैभन्दा कम बाजुरा र दार्चुलामा २–२ जनाको मृत्यु भएको छ। यो प्रदेशका बझाङमा ३ जना, बैतडीमा ८ जना, डडेल्धुरामा ६ जना, डोटीमा ४ जना,अछाममा ७ जना र कञ्चनपुरमा १० जनाको मृत्यु भएको अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ । पन्ध्रौं योजना एवम् दिगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु अनुपात प्रतिलाख जीवित जन्ममा ७० पु¥याउने लक्ष्य राखेको छ ।  
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
१ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
यो पनि पढौँ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस