मिटरब्याजले लियो सोनारको ज्यान, न्यायको पर्खाइमा पीडित परिवार
१८ साउन २०८०
•
४ मिनेट पाठ
मिटरब्याजले लियो सोनारको ज्यान, न्यायको पर्खाइमा पीडित परिवार
मिटरब्याजी साहुले दिएको तनाव खप्न नसकेर मृत्युको बाटो रोजेका मोरङ कटहरी गाउँपालिका–३ का विनित सोनारका परिवारले न्यायको माग गरेका छन्। साउन १७ गते विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले न्यायको माग गरेका हुन्।




साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङको परिषसरभित्रै विष सेवन गरेका ३२ वर्षीय सोनारको उपचारका क्रममा मृत्यु भयो। उनका बुवा राजकुमार सोनारले मिटरब्याजी साहुको अत्यधिक दबाबका कारण मृत्यु भएको आरोप लगाउँदै छोराको न्यायको माग गरे।

उनले भने, ‘सरकारले छोरालाई न्याय दियोस्।’ बुवा राजकुमारले आफ्नो छोरा जस्ता थुप्रै युवाहरु मिटरब्याजबाट पीडित भएको हुनाले उनीहरुले पनि छोराको जस्तो मृत्युको बाटो नरोज्ने वातावरण बनाउन दोषीलाई कडा कारबाही हुनुपर्ने बताए।

मृतककी आमा गीतादेवी सोनारले प्रशासन कार्यालयमा छलफल गरी समाधान खोज्ने क्रममै रहेका बेला प्रहरीले विना कारण पक्राउ गर्न खोज्दा घटना भएको बताइन्। उनका अनुसार मिटरब्याजका विषयमा साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल राखिएको थियो।

‘म र बुहारी पनि गएका थियौं। अरु छोराहरुका साथै धेरै मानिसहरु छलफलका लागि पुगेका थिए। त्यहाँ छलफलबाट केही नभएपछि ७ दिनको समय दिएर बोलाएको थियो। ७ दिनभित्र दुवै जना शान्त र ठण्डा दिमागले सोच्नु र आउनु सिडिओ साहेबले भन्नु भयो,’ गीतादेवीले भनिन् ‘सहमति नभएपछि घर फर्कने लागेका थियौं। त्यही बेला हामी पुलिस हौं। पक्राउ गर्न आएका हौं। केही सादा पोशासका मानिसहरुले भने। त्यसपछि तान्दै प्रशासन कार्यालयको परिषरभित्र लगे। भित्रै प्रहरीको भ्यानमा बसाएर लगे। पछि के खायो भन्दै अस्पताल लगेको हामीलाई प्रहरीले जानकारी गरायो।’

प्रहरीले पक्राउ गरेपछि गोजीबाट मोबाइल फोन चाहिँ लग्ने, गोजीमै भएका विष चाहिँ नभेट्ने कुरा पत्याउन नसकिने उनले बताइन्।

‘पुलिसले भ्यानमा उसको गोजीबाट मोबाइल खोस्यो। उसको गोजीमा के थियो थिएन हेर्नुपर्छ कि पर्दैन ? मोबाइल निकाल्न सक्नेले उसको गोजीमा भएका अरु चिज निकाल्नु पर्दैन?’ उनले भनिन्।

घरमा कमाउने मान्छे नै नभएपछि उनका साना छोराछोरीको पालनपोषणमै समस्या भएको उनले बताइन्। आमा गीतादेवीले मिटरब्याजी साहुसँगै प्रहरी पनि मिलेको हुन सक्ने आशङ्का गरिन्।

उनले भनिन्, ‘प्रहरीको गाडीमा राख्दासम्म केही नभएको मान्छे, एक्कासि विष खाएर अस्पताल नै भर्ना गर्नु अवस्था कसरी सिर्जना भयो ?’ गीतादेवी घटना शङ्कास्पद भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिन्।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मिटरब्याजका विषयमा छलफलपछि कार्यालय परिषरबाट बाहिरिएपछि घटना भएको बताए। सिडिओ यादवका अनुसार घटना हुनसाथ तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नभएपछि नोबेल लगियो।

‘मिटरब्याजीका पीडितहरुलाई बोलाएर छलफलबाट उहाँहरुले न्याय पाउनुहोस् भन्ने हाम्रो उद्देश्य हो। छलफलका क्रममा विष सेवन गरेको होइन,’ सिडिओ यादवले भने। 

उनले मिटरब्याज पीडित र साहु दुवै पक्षलाई छलफल गराउने तथा सहमतिको काम मात्रै गर्ने। कसैलाई धरपडक गर्ने काम नगर्ने स्पष्ट पारे।

‘मिटरब्याज सम्बन्धी ५० प्रतिशतभन्दा बढी छलफलबाटै समाधान गरिएकाले हाम्रो उद्देश्य भनेको पीडितलाई संरक्षण गर्ने नै हो,’ सिडिओ यादवले भने।

पीडितका परिवारले साहुविरुद्ध ‘कर्तव्य ज्यान’ कसुरमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पुप्पु नायकले बिहीबार कर्तव्य ज्यानमा जाहेरी परेको बताए।

विराटनगर–८ स्थित आरेके चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेष तिवारीसहित २ जनाविरुद्ध जाहेरी परेको हो। प्रवक्ता नायकका अनुसार जाहेरीका आधारमा डाक्टर तिवारीलाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थपेर घटनाको अनुसन्धान थालेको बताए। अर्का आरोपी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतक विनितका श्रीमती रिताका साथै ७ वर्षीय छोरी टिंकलकुमारी र डेढ वर्षका देवांसु सोनार छोरा छन्।

मृतक विनितकी श्रीमती रिताले डाक्टर तिवारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा असारमा उजुरी दिएकी थिइन्। उजुरीपछि जिल्ला प्रशासनले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो। दुई पक्षबीच लेनदेनको कुनै पनि कागजात छैन। पीडितले आफूले ७ लाख रुपैयाँ ऋण लिएको दाबी गरेका थिए भने डाक्टर तिवारीले १५ लाख रुपैयाँ दिएको दाबी गरेपछि विवाद भएको थियो।

लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए। ऋण लिँदा ग्यारेन्टीका लागि दिएको ब्लाङ्क चेकमा डाक्टर तिवारीले आफूखुसी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए।

सोनारले विराटनगर–८ स्थित आरके चिल्ड्रेन अस्पताल अगाडि चियानास्ताको पसल सञ्चालन गरेका समयमा डाक्टर तिवारीसँग चिनजान भएको थियो।

डाक्टर तिवारीसँग ४ वर्षअघि ७ लाख ऋण लिएको सोनारको दाबी छ। उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए। अझै १२ लाख तिर्न बाँकी देखाइएको भन्दै मिटरब्याजको उजुरी दिएका थिए।

प्रशासन कार्यालय पुगेर फर्कने क्रममा सोनारलाई चेक बाउन्स आरोप मुद्दामा पक्राउ गर्न प्रहरी पुगेको थियो। विनितविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगर–१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले जेठ २२ गते चेक बाउन्समा उजुरी दिएका थिए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस