लिलामका लागि सार्वजनिक आवह्वान गर्दा पनि बिक्री नभएपछि डिभिजन वन कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको पन्ध्रसय भन्दा बढी क्युबिक फिट काठ मक्किएर जाने अवस्थामा पुगेको छ।
काठ सहित नियन्त्रणमा लिएको एउटा ट्रयाक्टर समेत डिभिजन वन कार्यालयमा अलपत्र अवस्थामा छ । डिभिजन वन कार्यालयका नायव सुब्बा युवराज पौडेलका अनुसार १ हजार ४७६।६१ क्युविक फिट उतिस प्रजातिको गोलिया र ३९।६ क्युविक फिट सालको काठ गरी कूल १ हजार ५१६।२१ क्युविक फिट काठ लिलाम हुन सकेन । उनका अनुसार लिलामीका लागि कार्यालयले दुईपटक सार्वजनिक सूचना आवह्वान गरिसकेको छ। तर, लिलामी प्रकृयामा कोहि पनि सहभागी नभएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०७९/८० मा भने डिभिजन वन कार्यालयले चाँप, कटुस, साल,जामुन, अस्मा, लप्सी, चिलाउने, उतिस र लाँकुरी प्रजातिका २ हजार २७१.५३ क्युविक फिट काठ भने लिलामी गर्न सकेको थियो । काठ गन्ती र परिमाण निर्धारणमा सरकारले हुबर सूत्र प्रयोग गर्ने गरेको छ। वन पैदावारको स्थानीय बजारमा भने यो प्रकृयामा क्वाटरगथ सूत्र प्रयोग गरिन्छ। हुबर सूत्र प्रयोग गर्दा क्वाटरगथ सूत्र भन्दा करिव २७ प्रतिशत बढी काठको परिमाण देखिन आउने भएकोले सरकारी लिलामीको प्रकृयामा कमैमात्र वन पैदावार व्यवसायी सहभागी हुने गरेको स्रोतको दावी छ। सरकारी दररेट अनुसार ‘ए’ग्रेडको उतिसको काठ प्रति क्युविक फिट ३ सय रुपैयाँ र ‘बि’ग्रेडको प्रति क्युविक फिट २ सय रुपैयाँ निर्धारण गरिएको छ।
यस बाहेक १३ प्रतिशतका दरले तिर्नुपर्ने मूल्य अभिबृद्धि कर वापतको रकम र प्रदेश सेवा शुल्क समेतको रकमका कारण काठ लिलामी प्रकृयामा कमैमात्र वन पैदावार व्यवसायी सहभागी हुने गरेको स्रोतले बतायो । डिभिजन वन कार्यालयका अनुसार काठको प्रजाति अनुसार प्रदेश सेवा शुल्क समेत फरक–फरक छ। उतिस प्रजातिको काठको प्रदेश सेवा शुल्क २ रुपैयाँ क्युविक फिट र सालको ५ रुपैयाँ क्युविक फिट रहेको छ। डिभिजन वन कार्यालयका नायव सुब्बा पौडेलले लिलामी प्रकृयामा वन पैदावार व्यवसायी सहभागी नभएको अवस्था बारे आफुहरुले माथिल्लो निकायमा समेत जानकारी गराएको बताए। वन कार्यालयले काठ लिलामीका लागि तेस्रो पटक सार्वजनिक आवह्वान गर्ने तयारी भईरहेको समेत जानकारी दिएको छ।