'ल आयो १ सय रुपैयाँ मानोमै शुद्ध बेसार' नुवाकोटको विदुर नगरपालिका- ३ देविघाटका चतुरे रोका जुम्ला बजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्।
ग्राहक बोलाउँदा उनको घाटी मात्रै सुक्दैन, गोजीभरी पैसा पनि हुन्छ। उनी विहान देखि बेलुका ५ बजेसम्म जुम्लाबजारका विभिन्न चोकचोकमा भेटिन्छन्। कहिले एयरपोर्ट,बिजयनगर,बालमन्दिर,बसपार्क लगायतका ठाउँमा बेसार बेच्दै गरेको अवस्थामा फेला पर्छन्।
'ल आयो १ सय रुपैयाँ मानो,४ सय रुपैयाँ केजी घर आगन र बजारमै सस्तो र सुलभ मुल्यमा' भन्दै कराइ रहने रोकाको आवाजले विहान,दिउँसो र बेलुका बजार गुन्जयमान हुन्छ। रोका व्यावसायिक रुपमा बेसार खेती गर्ने सफल कृषक भएककाे दाबी गर्छन्। करिब १२ वर्षदेखि उनी निरन्तर बेसार खेतीमा जुटेको बताए।
उनले विगत ६ वर्ष देखि जुम्ला बजारमा बेसार बेच्दै आएको सुनाए। 'बेसार खेती गर्ने समयमा नुवाकोट जान्छु, बेच्ने समयमा जुम्ला ल्याएर आउछु', रोकाले भने, 'आफैंले खेती गरेर बेच्न जुम्लाबजारसम्म आफैं आएको हुँ'। बेसार बेचेरै उनले एक छोरी र एक छोरालाई उच्च शिक्षा पढ्दैछन। बेसार व्यापारबाट मासिक ४० हजार अनिवार्य हुन्छ। घरमा दुई बुढाबुढी एक छोरी र एक छोरा छौँ,घर खर्च लत्ताकपडा र पढ्ने लेख्नेसंगै राम्रो बचत पनि भइरहेको छ।
वार्षिक ४ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले सुनाए।पैसा कामाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन, उनले भने,'परम्परागत खेती गर्दा खान लगाउन समेत धौधौ हुन्थ्यो, बेसार खेतीले दैनिक जीवनयापन सहज भएको छ।'आफ्नो घरको २५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा बेसार खेती गरेको उनले बताए। बेसार खेतीका लागि ठूलो जनशक्ति र सीप आवश्यक नपर्ने भन्दै सहज रुपमा आम्दानी गर्न सकिने जनाए। बेसार बारीमा लगाएको करिब सात महिनामा खन्न र बजार लैजान योग्य हुन्छ। बेसार खेतीका लागि सिँचाइको खासै आवश्यक पर्दैन। अन्य बाली उब्जनी नहुने बाझो पाखोमा बेसार लगाएर सदुपयोग गर्न सकिन्छ। मिहेनत अनुसारको आम्दानी हुन्छ।
'यतिबेला बेसार बेच्न भ्याइनभ्याइ छ, शरीरभर पहेलपुर भएर बिक्री गर्नुपर्छ, बेलुका आम्दानी हेर्दा मन खुसी हुन्छ।' ३७ वर्षिय रोकाले भने, 'आफू पढ्न नसकेकामा त्यति चिन्ता छैन। मैले ४ कक्षामात्रै पढेको छु, आफूले पढ्न नसके पनि छोराछोरीलाई उच्च शिक्षा दिएर राम्रो भविष्य बनाउन सकिन्छ भन्ने लागेको छ।'
मिहेनत र परिश्रम गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले व्यावसायिक बेसार खेती सुरु गरेपछि साहुँ महाजनकोमा काम गर्नुपर्ने बाध्यता पनि हटेको छ। विगत सम्झदै उनी भन्छन्,'मैले अरुको लेबर काम गर्न छाडेर बेसार खेती गर्न थालेको हुँ, यसमै खुसी छुँ।' गहुँ, मकै, कोदोजस्ता बाली लगाउँदा मिहेनत उठाउनै मुस्किल हुने उनको बुझाइ छ। रोका भन्छन्,'बेसार बेच्नकै लागि धादिङ तनहुँ,गोर्खा,कास्की पवर्त म्यादी लगायतका दर्जनौं जिल्ला पुगेको सुनाउँछन्।'