अविरल वर्षाले पहिरो खस्दा हुम्लाको सर्केगाड गाउँपालिकामा ठुलो भौतिक क्षति भएको छ। शुक्रबार रातिको वर्षाले सर्केगाड गाउँपालिका–२ को रिप, वडा नं. ३ को उनापानी र वडा नं. ८ को राहादेउमा भौतिक क्षति पुर्याएको छ।
‘अहिलेसम्म मानवीय क्षति नभए पनि ठुलो भौतिक क्षति पुगेको छ,’ वडा नं. २ का वडाध्यक्ष शिद्ध कार्कीले भने, ‘बाटो, बिजुली, खानेपानी, सञ्चारलगायतका सबै सेवाहरुबाट हामी बञ्चित भएका छौं।’ सिपगाड तर्नका लागि बनाइएका तीन वटा काठे पुल बाढी–पहिरोले बगाएको छ।
तातोपानी लघु जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले क्षति पुर्याएको छ भने तातोपानीका कुण्डहरु पुरिएका छन्। रिपमा २३० घरधुरी छन्। गाउँमाथिको ठुलो पहाड वर्षाले चिरा परेकाले कति बेला गाउँ पुर्ने हो भन्ने चिन्ता भइरहेको अध्यक्ष कार्कीले बताए।
‘राति घरमा बस्न सक्ने अवस्था छैन, गाउँको दुवैतर्फको भाग बाढीले बगाएको छ,’ उनले भने, ‘गाउँमाथिको डाँडो चिराचिरा परेकाले कति बेला खस्ने हो पत्तो छैन।
उनले पूरै गाउँलाई अन्यत्र सार्ने तयारी भइरहे पनि राहत सामाग्रीको अभावले समस्या ल्याएको बताए।
‘२३० घरधुरी सार्नका लागि आवश्यक पाल, लत्ताकपडा चाहिन्छ,’ उनले भने, ‘तत्काल कहीँबाट आउने सम्भावना नभएकाले बस्ती खार्ने विषयमा अन्यौलमा छौं।’ राहादेउमा पनि काठे पुल, पानी घट्टहरु बगाएको छ।
पहिरोले पुर्याएको क्षतिको अनुगमन गर्न र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि सदरमुकाम सिमकोट र सर्केगाडबाट शनिबार बिहान हिँडेको प्रहरी टोली घटनास्थलमा पुगेको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले गाउँको दुईतर्फबाट गएको पहिरोले मानिसहरु थुनिएको बताए।
‘प्रहरी टोली पुगिसकेको छ, सशस्त्र र नेपाली सेनाको टोली पनि पुग्दैछ,’ उनले भने, ‘सुरक्षा संयन्त्रले उनीहरुलाई सुरक्षित गाउँमा ल्याउने तयारी गरिरहेको छ।’
डिआइजी ढकालका अनुसार पानी नरोकिए गाउँ नै पहिरोले लिन सक्ने जोखिम भएकाले स्थानीयहरूलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ।