मध्यबर्खामा पनि खोला दोहन
०८ साउन २०८०
•
१ मिनेट पाठ
मध्यबर्खामा पनि खोला दोहन
बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ। 




बडिगाड खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ निकाल्ने गरेको पाइएपछि बडिगाड गाउँपालिकाले यसमा रोक लगाएको हो।

नदीजन्य उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदीबाट बालुवा, गिटी र ढुङ्गा निकाल्न नपाइने र स्थानीय तहले पनि उक्त समयमा ठेक्का लगाउन नपाइने व्यवस्था छ।

बडिगाड गाउँपालिका भएर बग्ने उक्त खोलाबाट नदीजन्य पदार्थ निकालेर राखिएको पाइएपछि पालिकाले सो कार्य तत्कालै रोक्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए। उनले निर्देशन विरुद्धमा गएर दोहन नरोकिए पालिकाले कारबाही गर्ने चेतावनीसमेत दिए।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले अवैधरुपमा निकालिएको नदीजन्य पदार्थलाई जफत गर्ने तयारी थालेको छ। 'नदी किनार तथा सडक छेउमै बालुवा निकालिएको देखिएको छ, बर्खामा नदीबाट नदीजन्य पदार्थ निकाल्दा वातावरणीय प्रभावमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाएका छौँ', उनले भने, 'अवैधरुपमा गरिने कार्यलाई पालिकाले कारबाही गर्नेछ, पालिकाले सरकारी नियमअनुसार नदीजन्य पदार्थको ठेक्का लगाउँदै आइरहेको छ।'

बर्खायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको र यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यसरी गैरकानुनी कार्य तुरुन्त रोक्न गाउँपालिकाले सूचना नै जारी गरेर रोक लगाएको अध्यक्ष थापाले बताए। स्थानीय तहभित्र रहेका प्राकृतिक सम्पदा एवं नदीजन्य पदार्थको सङ्कलन तथा बिक्रीवितरण वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा ठेक्का आह्वानमार्फत हुने भए पनि बर्खाको समयमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था रहेको उनले जानकारी दिए। रासस
अर्को समाचार
खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु
०८ वैशाख २०८१
•
१ मिनेट पाठ
खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु
गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ।




माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बडिगाड खोलामा बल्छी प्रयोग गरेर माछा मार्ने क्रममा उनी खोलामा खेसेको हुन सक्ने प्रहरीले जनाएको छ। मियाँ शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए।

साँझ अबेरसम्म घर नफर्किएपछि घरपरिवार र प्रहरीले खोजतलास गर्दा खोला किनारमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी) शंकर पोखरेलले जानकारी दिए।

शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस