चेक बाउन्स मुद्दाका आरोपीले जिल्ला प्रशासन कार्यालय मोरङ परिषरमा विष सेवन गरेका छन्। चेक बाउन्स मुद्दामा फरार रहेका मोरङको कटहरी गाउँपालिका–३ का ३२ वर्षीय विनित सोनारले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङको परिषरमा विष सेवन गरेका हुन् । लामो समयदेखि फरार रहेका सोनार प्रशासन कार्यालय पुगेको खबर पाएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो ।
आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाउनसाथ गोजीमै बोकेको कीटनाशक विषादी सेवन गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेपछि सोनारलाई तत्काल प्रहरीले उद्दार गरेर उपचारका लागि कोशी अस्पताल लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको डिएसपी दाहालले बताए ।
माटोको ठेक्कापट्टा गर्दै आएका सोनारविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा चेक बाउन्सका २ वटा अलग अलग मुद्दा दर्ता भएको छ । विराटनगर–१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले गत जेठ २२ गते चेक बाउन्समा सोनारविरुद्ध निवेदन दिएका थिए । भुजेलले २ लाख र ढकालले ६ लाख रकम निवेदनमा उल्लेख गरेका छन् ।
गत वैशाख २९ गते र असार १ गते छुट्टछुट्टै निवेदनका आधारमा अलग अलग मितिमा अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको हो । त्यसपछि सोनार फरार थिए । अदालतबाट अनुमित लिइएको भए पनि सोनार पक्राउ परेका थिएनन् । फरार रहेका सोनारलाई पक्राउ गर्नु अघि नै विष सेवन गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘चेक बाउन्स कसुरमा पक्राउ गर्नु अघि नै विष सेवन गरेपछि हाल उनी अस्पतालमा उपचार गराइ रहेका छन् । यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’
यसरी पुगे सोनार प्रशासन कार्यालय
अनुचित लेनदनमा फसाएकाले मिटरब्याजबाट पीडित भएको भनेर विनित सोनारकी श्रीमती रीता सोनारले गत असारमा डाक्टर नितेष तिवारीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएकी थिइन् । प्रशासनले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । दुवै पक्ष आइतबार छलफलमा सहभागी भएका थिए ।
छलफलमा सहमति नजुटेपछि सहमतिका लागि ५ दिनको समय थप गरिएको थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई ५ दिनभित्र सहमति गर्नु नत्र कानुन अनुसार अघि बढ्नुपर्छ भनेर पठाइएको थियो । तर, कार्यकक्षबाट बाहिर निस्किएपछि विष सेवन गरेको जानकारी आएको साहले बताए ।
गाडी किन्ने भनेर सोनारले १५ लाख रूपैयाँ लिएको दाबी डाक्टर तिवारीले दाबी गर्दै आएका छन् । तर, सोनार ७ लाख मात्रै लिएको बताउँदै आएका छन् । दुवै पक्षको आआफ्नै हिसाबको मौखिक दाबी मात्रै छ । लेनदेन कागजपत्र वा लिखित प्रमाण केही पनि छैन,’ सहायक प्रजिअ साहले भने ।
सोनारको विराटनगर–७ स्थित आरके चिल्ड्रेन अस्पताल अगाडि चियाको पसल थियो । पसल चलाउने क्रममा उनले डाक्टर तिवारीसँग ४ वर्षअघि ७ लाख लिएको दाबी गरेका छन् । १५ लाख तिरिसक्दा पनि अझै १२ लाख बाँकी रहेको भनेर तनाव दिन थालेपछि अनुचित लेनदेनमा उजुरी दिनु परेको सोनारले बताउँदै आएका छन् ।
डाक्टरसँग ऋण लिएका बेला हस्ताक्षर गरेर आफूले खाली चेक दिएको सोनारले बताएका छन् । त्यही चेक बाउन्स गराएर हैरानी दिएको उनको दाबी छ । तर, डाक्टर तिवारीले भने आफूले नगद दिएर चेक लिएको बताएको प्रशासनले जनाएको छ । तिवारीले विनितका भाइ अजितलाई १५ लाख रकम दिएपनि रकम फिर्ता नपाएको बताउँदै आएका छन् । प्रशासनमा छलफल गरेर बाहिर निस्किँदै गरेका सोनारलाई पक्राउ गर्न प्रहरी पुगेको थियो ।