मकै बेचेर जीवन निर्वाह
०४ साउन २०८०
•
३ मिनेट पाठ
मकै बेचेर जीवन निर्वाह
कैलालीको टीकापुर नगरपालिका–१ भुपू कमैया शिविरका कलैया थारुका दिन मजदुरी गरेरै बित्दै आएको छ। दिनभर मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी एक वर्षभन्दा बढी समयदेखि आफ्नै काममा व्यस्त छन्। कामको खोजीमा दौडधूपमा रहेका कलैयाले पछिल्लो समय सडक छेउमा मकै पोलेर बिक्री गरेर जीविका चलाउँदै आएकी हुन।




अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती  दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ। श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छीन। ‘केही गरेर खानलाई आफूसँग तागतभन्दा अरु कुनै सीप छैन। खेतीपाती गर्न जग्गा छैन’, कलैया भन्छिन, ‘अरुको बारीबाट मकै खरिद गरी पोलेर बिक्री गर्ने गरेका छौँ। त्यसैबाट आएको पैसाले घर खर्च चलाउन थालेका  छौँ।’ त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्म कमाई हुने कलैया बताउँछिन।

एकतापुर शिविरकी कल्याणी चौधरीको दिन पनि यसैगरी बजारका चोकचोकमा मकै बेचेरै बित्ने गरेको छ। खाना खाएर मकैको कट्ठा बोकेर टीकापुर पुग्ने उनले तीन वर्षदेखि मकै बिक्री गर्दै आएकी हुन। अहिले मकैको याम भएकाले  कल्याणीलाई पोलेको मकै बिक्रीमा समस्या छैन।‘ज्यालादारीमा भने बेलामा काम पाइँदैन। पाएको काममा पनि कमाईभन्दा बढी वचन सुन्नुपर्ने।’ कल्याणी भन्छिन, ‘त्योभन्दा काँचो मकै ल्याएर पोलेर बिक्री गर्दा राम्रो। कमाई पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने।’ उनी  आफूसँग खेती गर्नका लागि जग्गा नभएकाले अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउँछिन।

टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा नेपाल आर्मीमा छन्। श्रीमान् पनि भारतमा कमाउन गएका छन। उनलाई कसैको कमाई खाएर बस्ने रहर छैन। आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जिवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्छिन। ‘आफूसँग काम गर्ने तागत छ। किन अरुको भरोसामा बाँच्नु। आफ्नै कमाइले जीवन चलाउन मैले जानेकी छु’, उनी भन्छिन, ‘आफ्नो कामबाट सन्तुष्ट छु। वार्षिक रु पाँचदेखि रु छ लाखसम्म कमाइ हुन्छ।’

सञ्जिवनीले पाँच कट्ठा जग्गामा मकैखेती गरेकी छिन। आफैँले फलाएको मकै ल्याएर उनी  बजारमा बिक्री गर्ने गर्दछिन। ‘पोलेर बिक्री गर्नकै लागि पाँच कट्ठामा मकैखेती गरेकी छु। त्यहीँ मकै ल्याएर आगोमा पोलेर बिक्री गर्दै आएकी छु’, उनी भन्छिन, ‘एक याममा मकै बेचेर रु ५० हजारदेखि रु ६० हजारसम्म कमाइ हुन्छ। अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुने गर्छ।’ तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्ने गरेको सञ्जिवनी बताउँछिन।

यतिबेला गर्मी सुरु भइसकेको छ। बजारका विभिन्न ठाउँमा रुखमुनि शिथिलतामा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन्। पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। कतिपयले मकैखेती आफैँ गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर रु २० देखि रु २५ सम्मँमा सजिलै बिक्री गर्ने गरेका छन्। विपन्न परिवारका पुरुष कमाउनका लागि बाहिर जाने र महिलाले भने गाउँमै अर्थोपार्जन गर्दै आएका छन्। काम नभएको समयमा भने अन्य किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्नेलगायतका काममा व्यस्त हुने गरेका छन्।

टीकापुर नगरपालिका वडा नं ३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्छन। श्रीमान् श्रीमती दुवै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोलेर बिक्री गर्ने गर्दछन। ज्यालादारी गरेर जीवन निर्वाह गर्दै उनी  चार वर्षदेखि यो बेला बजारमा मकै बेच्ने गर्दै आएका छन। ‘थोरै मेहनतमा राम्रो आम्दानी हुने  गरेको छ। मकै बेचेर केही महिनासम्मका लागि  घर खर्च र अहिलेका लागि छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ’, राधेश्याम भन्छन, ‘गर्मीयाममा मजदुरी गरेर जिविका चलाउन पनि मुस्किल हुन्छ। मजदुरी गर्नुभन्दा यो बेला मकै बेच्नु राम्रो छ।”
अर्को समाचार
मकै बेचेर जीवन निर्वाह
०४ कार्तिक २०८१
•
२ मिनेट पाठ
मकै बेचेर जीवन निर्वाह
इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताइन्। राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन्।




दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन्। उनले पोलेको सानो मकै घोगा रु २० र ठूलो मकै रु ४० सम्ममा बिक्री गर्दै आएकी छिन्।

उनले भनिन्, ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु।’

दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन्। ‘महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ’, उनले भनिन्।

इटहरी–२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छिन्। उनले भनिन्, ‘बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ। तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु।’

मकै प्रतिघोगा रु १० देखि रु १५ मा खरिद गरेर रु २० देखि रु ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन्। फुर्सदको समयमा उहाँले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन्।

उनले भनिन्, ‘बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु। बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु। महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु।’

इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन्। उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छिन्।

मण्डलले भनिन्, ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ।’ महिनामा रु २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन्।

इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन्। पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ। रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस