जुम्लाका गाउँमा करदाता शिक्षा दिन थालिएको छ। आन्तरिक राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले करदाता शिक्षा दिन थालेका हुन्। सरकारले राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै व्यवसाय नवीकरण गर्ने उद्देश्यले करदाता शिक्षा दिन लागिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ।
पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी सहितको टोलीले कर शिक्षा दिँदै आएको छ।
टोलीले पछिल्लो समयमा पातारासी गाउँपालिकाको लासी र उर्थु बजारमा अनुगमन गरेर व्यापारीलाई करदाता शिक्षा दिएको छ। लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदाता शिक्षा तथा जनचेतना दिइएको हो।कर अधिकृत खेमराज उपाध्यायले व्यवसायी सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुपर्ने बताए।
उनले पसल वा होटलमा पान नम्बर अनिवार्य रुपमा टास्न समेत अपिल गरे।कर अधिकृत उपाध्यायले व्यवसाय दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेमा कानुन बमोजिम ठूलो अप्ठ्यारो हुने भन्दै पान वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका वारेमा स्पष्ट परेका थिए।उनले भने सरकारलाई तिर्नुपर्ने कर तिर्ने व्यक्ति सचेत र सभ्य नागरिक भएको आभास हुने बताए। बिल कहिले पनि खाली नदिन सचेत गराउँदै खाली बिल दिएर बिलको दुरुपयोग गर्दा कानुनी कारबाहीको जटिलता व्यहोर्नुपर्ने जनाए।
गाउँपालिकाका बजारसँगै जुम्लाको सदरमुकाम खलंगा, कालिकोट र मुगुमासमेत करदाता शिक्षा दिएको छ। यता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले म्याद गुज्रेका सामग्रीले मानिसको स्वास्थ्यमा नकारात्मक असर पुरयाउने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने ओैल्याए। पसलमा एक भन्दा बढी सामग्री एकै स्थानमा राख्न नमिल्ने टिप्पणी गरे। उनका अनुसार मदिरा सँगै अन्य किराना राख्न मिल्दैन, मदिरा राख्दा अनिवार्यरुपमा अन्तशुल्कमा दर्ता हुनुपर्ने कानुनमा स्पष्ट लेखिएको छ। उक्त टोलीले पातारासी गाउँपालिका-५ मा रहेको लासी बजार र (६ वडामा अवस्थित उर्थु बजार अनुगमन पनि गरेको थियो । बजार अनुगमनमा म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको थियो । २८ वटा पसलमा अनुगमन गरिएकोमा २ हजार ६ सय ५० रुपैयाँ बराबरको सामानसमेत नष्ट गरिएको थियो ।