मापदण्ड विपरीत खोलामा अवैध रुपमा उत्खननमा प्रयोग गरिएका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार मिथिला नगरपालिका-१० रातु खोलाबाट अवैध उत्खननमा प्रयोग गरिएका पाँच सवारी प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय ढलकेवर, प्रहरी चौकी लालगढ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार यी सवारीका चालकहरुले जथाभाबी खोलामा उत्खनन गरेका थिए। नियन्त्रण लिइएका उक्त सवारी साधनहरुलाई स्थानीय तह वा जिल्ला विकास समन्वय समितिमा पठाउने तयारी भइरहेको उनले जनाए।
उनका अनुसार ती सवारीहरुलाई आगामी दिनहरूमा मापदण्ड विपरीत खोला उत्खननमा प्रयोग नगर्ने सर्त जरिवाना लिएर छोडिने छ। प्रहरीले प्र २–०२–००१ त ०२१२, प्र २–०२–००१ त ७१३, ज १ त ८५७८, ज २ त ४१९ र ना ५ त ८६९२ नियन्त्रणमा लिएको हो।
यसअघि प्रहरीले गत असार ३० गते पनि ६ वटा ट्याक्टर क्षिरेश्वरनाथ नगरपालिका ७ औरही खोलाबाट नियन्त्रण लिएको थियो।