जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा गाउँका धर्मराज कुमाइ उमेरले ६३ वर्ष पुगे। उमेरले पाको भए पनि उनी फुर्तिलो देखिन्छन्। कुमाइ हिँडडुल, घुमफिर गर्न खुब मन पराउँछन्। आफ्ना दौंतरी उमेरका साथीहरूलाई भेट्न अचेल कुमाइ चन्दननाथ नगरपालिका-५ रानीपोखरी नजिकै अवस्थित ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा पुग्ने गर्छन्।
परिवारमा श्रीमती सहित छोरा बुहारी र नातिनातिनी छन्। सबैको आफ्नै दैनिकी छ। काममा व्यस्त हुन्छन्। उनको कुरा सुनेर बस्ने फुर्सद कसैको हुँदैन्।
सरकारले दिने सामाजिक सुरक्षा भत्ताले गर्दा पनि परिवारको बोझ नबनेको कुमाइ बाउँछन्।
उनले भने, 'सामाजिक सुरक्षा भत्ताले परिवारको आर्थिक भार घट्टेको छ। सरकारले दिएको सामाजिक सुरक्षा भत्ताका कारण खर्च गर्न, घुमफिर गर्न कसैलाई पैसा मागी रहन पर्दैन। ज्येष्ठ नागरिकहरूले आफ्नो इच्छाले खान, खर्च गर्न पाइरहेका छन्।'
चन्दननाथ नगरपालिका १० बोहोरा गाउँका धनमल कामी ७३ वर्ष पुगे। उनी बिहानको खाना खाएपछि दिउँसो ज्येष्ठ नागरिक संघमा आएर समय बिताउँछन्।
घरमा एक्लै बस्न मन लाग्दैन। सबै परिवार काममा जान्छन्। यता आए एक्लोपनको महसुस हुँदैन। मजाले टिभी हेरिन्छ,साथीहरू संग रमाइलो कुराकानी हुन्छ, धनमल भन्छन्।
चन्दननाथ नगरपालिका -७ मिचा गाउँका भैर बहादुर कुवर उमेरले ८२ वर्ष पुगे। उनी पनि दिउँसो ज्येष्ठ नागरिक संघमै आइपुग्छन्। पहिले शीतल तथा घाम ताप्नको लागि चौताराहरूमा जाने गरेको बताउँदै पछिल्लो समय चौताराहरु नभएकोमा उनी चिन्ता व्यक्त गर्छन।
'हाम्रो पालामा पहिले खबर गर्ने (रैवार) भन्नुपर्ने थियो, त्यो खवर पुर्याउन पनि समय लाग्थ्यो, टाढा खबर भन्न (रैवार) कागजका चिठी र हुलाक बाट पठाउनु पर्थ्यो,त्यो पनि समयमै पुग्दैन थियो, अहिले प्रविधिको विकासले तुरुन्तै पुग्छ,अहिले हुलाकको समय गयो, अहिले त नयाँ प्रविधि भन्छन् हातमा मोबाइल चलाउँछन्। टिभी हेर्छन्,रेडियो सुन्छन्',संघमा भएका ज्येष्ठ नागरिकहरु भन्छन्।
ज्येष्ठ नागरिकहरू कार्यालयमा नियमित आएर रमाइलो गर्छन्,कसैले बासुरी (मुरली) बजाउँछन्। कोही तवेला,कसैले मादल,कसैले खैजडी त कोही हार्मोनियम बजाउने गर्छन्। देश विदेशको ताजा समाचार पनि टिभीमा हेर्छन्। विहान ११ बजे आउने र बेलुका ४ बजे आ-आफ्नो घर जान्छन्।
जेष्ठ नागरिक संघ कर्णाली प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको हो। २०७६ साउन १ गतेदेखि दिवा सेवा सञ्चालनमा आएको हो।