जिल्ला अदालत ताप्लेजुङमा ७० प्रतिशत मुद्दा फर्स्योट
०१ साउन २०८०
•
३ मिनेट पाठ
जिल्ला अदालत ताप्लेजुङमा ७० प्रतिशत मुद्दा फर्स्योट
जिल्ला अदालत ताप्लेजुङले आर्थिक वर्ष २०७९/८० मा ७० प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ। 




जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले आव २०७९/८० मा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सहितका कार्यक्रम रहे पनि मुद्दा फर्स्योटमा लक्ष्य अनुसारको प्रगति हासिल हुन सकेको जानकारी दिए।

आव २०७९/८० मै जिल्ला न्यायाधीश निर्मला योङ्याको कार्यालयगत चीन भ्रमण समेत रहेको थियो। अदालतले ७०.१५ प्रतिशत मुद्दाको फर्स्योट गरेको जनाएको छ। आव २०७९/८० मा अदालतले ७० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेको थियो। श्रेष्तेदार रेग्मीका अनुसार आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका १ सय १० थान तथा आव २०७९/८० मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५९ थान गरी ४ सय ६९ थान मुद्दा रहेका थिए।

अदालतले ३ सय २९ थान मुद्दा फर्स्योट गरेको छ। चालू आव २०८०।८१ का लागि १ सय ४० थान मुद्दा जिम्मेवारी सरी आएका छन्। अदालतले २ वर्ष नाघेको १ थान, १८ महिना देखि २ वर्ष भित्रको १५ थान, ६ महिना देखि १ वर्ष भित्रको ८२ थान तथा ६ महिना भित्रका १ सय ५५ थान मुद्दा फर्स्योट गरेको जनाएको छ।

अहिले अदालतमा २ वर्ष नाघेका मुद्दा शून्यमा झरेका छन्। श्रेष्तेदार रेग्मीका अनुसार १८ महिना देखि २ वर्ष भित्रका २ थान, १ वर्ष देखि १८ महिना भित्रका १६ थान, ६ महिना देखि १ वर्ष भित्रका १९ थान र ६ महिना भित्रका १ सय ३ थान मुद्दा रहेका छन्।

फैसला कार्यान्वयनमा ७५ प्रतिशत सफलता

ताप्लेजुङ जिल्ला अदालतले फैसला कार्यान्वयनतफ तथ्याङ्कगत हिसाबले ७५ प्रतिशत सफलता हाता लागेको जनाएको छ।

फैसलाले स्थापित गरेका अदालतको तहशिल शाखाबाट प्रचलन गराउने कार्यलाई फैसला कार्यान्वयन भनिन्छ। व्यक्तिका प्रदत्त हक अधिकारमा कसैबाट आघात परेको अवस्थामा फैसलाको माध्यमबाट त्यस्ता हक अधिकार पुनर्स्थापित गरिन्छ।

फैसलाले मुद्दाका पक्षको हक अधिकारको उद्घोषण मात्र गर्ने भएकोले फैसला कार्यान्वयन पछि मात्र न्याय पाएको अनुभूत हुन्छ। ताप्लेजुङ जिल्ला अदालतका तहशिलदार सूर्यप्रसाद दाहालका अनुसार अदालतको तहशिलदार शाखामा आव २०७९/८० का लागि १ सय थान मुद्दाको फैसला कार्यान्वयनको जिम्मेवारी थियो।

आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका ५३ थान तथा नयाँ लगतको रुपमा दर्ता भएका ४७ थान मुद्दाको फैसला कार्यान्वयनको जिम्मेवारी रहेकोमा तहशिलदार शाखाबाट ७५ थान मुद्दाको फैसला कार्यान्वयन जिम्मेवारी सकिएको छ।

चालू आवका लागि २५ थान मुद्दाको फैसला कार्यान्वयन जिम्मेवारी सरी आएको समेत तहशिलदार दाहालले जानकारी दिए। लेनदेनबाट फैसला भएबमोजिम बिगो भराउने, अंश सम्बन्धी मुद्दा अनुसार बण्डा छुट्याउने, क्षतिपूर्ति भराउने र माना चामल भराउने जस्ता फैसलाको कार्यान्वयन तहशिल शाखबाट हुने गर्छ।

यस्तो छ जरिवाना र कैद सजाय असुलीको अवस्था

जिल्ला अदालत ताप्लेजुङले अहिले सम्म दोषी ठहर भएकाहरुबाट ४ करोड ५२ लाख ५२ हजार १ सय रुपैयाँ असुल हुनुपर्ने गरी फैसला गरेको छ।

फैसलाले ठहरे अनुसारको असुली रकम भने एक करोड भन्दा कम रहेको छ। तहशिलदार दाहालका अनुसार फैसलाले ठहरे अनुसार असुली हुनुपर्नेमध्ये आव २०७९/८० सम्ममा ९८ लाख १ हजार ३ सय ८५ रुपैयाँ मात्र असुली भएको छ। उता, अदालतले आव २०७९/८० सम्ममा १ हजार ५ सय वर्ष २ महिना ३ दिन कैद सजाय भुक्तान हुनुपर्ने गरी सजाय तोकिएकोमा प्रतिवादीहरूबाट आव २०७९।८० सम्ममा ३ सय ८७ वर्ष ३ महिना २५ दिन मात्र भुक्तान भएको छ।
अर्को समाचार
ताप्लेजुङमा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट
०३ साउन २०८१
•
१ मिनेट पाठ
ताप्लेजुङमा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट
ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ।




जिल्ला अदालतका सूचना अधिकारी तथा इजलास अधिकृत विष्णुकुमार राईका अनुसार अदालतले ७० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेकोमा ७४ प्रतिशत मुद्दा फर्स्योट गरेको हो।

‘आव २०८०/८१ मा दर्ता भएका मुद्दा बढी फर्स्योट भए’ राईले भने। आव २०७९/८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मुद्दाको फर्स्योट सक्ने अदालतको लक्ष्य भने पूरा भएन।

जिम्मेवारी सरी आएका मध्ये आव २०८०/८१ मा कूल १ सय २४ थान मुद्दा फर्स्योट भई आव २०७९/८० का १६ थान मुद्दा चालू आव २०८१/८२ का लागि जिम्मेवारी सरी आएका छन्।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार(उपसचिव)मनोज बरालका अनुसार जिम्मेवारी सरी आएका १ सय ४० सहित आव २०८०/८१ मा कूल ४ सय ९५ थान मुद्दा रहेकोमा ३ सय ६८ थान मुद्दा फर्स्योट भएको छ।

आव २०८०/८१ मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५५ थान मुद्दामध्ये २ सय ४४ थान तथा फर्स्योट भई १ सय ११ थान तथा आव २०७९/८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मध्ये १६ थान मुद्दा गरी चालू आवमा १ सय २७ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन्।

श्रेष्तेदार बरालका अनुसार अदालतमा अहिले २ बर्ष नाघेका ३ थान मुद्दा छन्। यस्तै १८ महिना देखि २ बर्ष भित्रका ९ थान,१२ महिना देखि १८ महिना भित्रका ४ थान,६ महिना देखि १२ महिना भित्रका ३१ थान र ६ महिना भित्रका ८० थान मुद्दा रहेका छन्। 
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १० घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस