ताप्लेजुङमा शनिबारबाट लाखे नाचको प्रारम्भ गरिएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाजको भिन्तुना डाँडा जौवारी स्थल भवनबाट लाखे नाच प्रारम्भ भएको समाजका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए।
फुङलिङ नगरप्रमुख अमिर मादेनले कार्यक्रम शुभारम्भ गरेका छन्। विधिवत् रुपमा भीमसेन पूजा गरी लाखे नाच प्रारम्भ गरिएको समाजका पूर्व जिल्ला अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। फुङलिङ नगर उप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, ताप्लेजुङस्थित नेपाली सेनाको भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटी, समाजका पूर्व अध्यक्षहरुको सहितको उपस्थितिमा लाखे नाच प्रारम्भ भएको हो।
समाजका उपाध्यक्ष अम्बिका राज भण्डारीले संस्कृति र परम्पराको संरक्षणमा समाज र आबद्ध सदस्यहरुको क्रियाशीलता जारी रहने बत्ताइन्।
लाखे नाचको शुभारम्भका बेला नेपाल भाषा तथा सांस्कृतिक समाजमा आबद्ध महिलाहरुले धिमे बाजा समेत बजाएका थिए। समाजले धिमे बाजाको संरक्षण र प्रवर्द्धनका लागि प्रशिक्षण नै चलाएको थियो।
लाखे नाच प्रारम्भ भएको दिनलाई गथा मुंग, गठ्या मंगल वा घण्टा कर्ण जस्ता उपमा समेत दिने प्रचलन रहेको छ। लाखेको मुकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य नै लाखे नाच हो। कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिएको किंवदन्ती रहेको छ।
राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने प्रचलन रहेको छ। लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ। भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच राति देखाइने पुरानो कथन रहेको छ।